Dictionary

All Word

73751 रथधूली ना. २. परमाणुको आठ गुना बराबरको नापो।
73752 रथयात्रा ना. देवदेवीका प्रतिमा वा मान्य व्यक्तिलाई रथमा राखी टोल, नगर वा निर्दिष्ट ठाउँमा घुमाई मनाइने उत्सव।
73753 रथवान् ना. रथचालक।
73754 रथाङ्ग ना. १. रथ, मोटर गाडा, एक्का आदि यानसाधनको चक्का; पाङ्ग्रो।
73755 रथाङ्ग ना. २. चक्र।
73756 रथाङ्ग ना. ३. चक्रवाक पक्षी; चखेवा। (जस्तै- चखेवाचखेवीका जोडी रथाङ्गदम्पती हुन्)।
73757 रथी वि. १. रथमा चढ्ने; रथारोही। ना.
73758 रथी वि. २. युद्धमा ठुलो वीरताको प्रदर्शन गर्ने वीर; योद्धा।
73759 रथी वि. ३. लेफ्टनेन्ट जनरल।
73760 रथोद्धता ना. छन्दशास्त्रका लक्षणअनुसार प्रत्येक चरणमा क्रमशः रगण, नगण, रगण र लघु तथा गुरु मात्रा हुने, एघार अक्षरको एक वार्णिक छन्द।
73761 रथ्या ना. यान चल्न सक्ने सडक; मोटर दोहोरो आवतजावत गर्न सक्ने बाटो; राजमार्ग।
73762 रद ना. १. दन्त; दाँत।
73763 रद ना. २. ज्योतिषशास्त्रमा ३२ को अङ्कलाई बुझाउने शब्द।
73764 रदच्छद ना. दाँतबाहिर आवरणका रूपमा रहने अङ्ग; ओष्ठ; ओठ।
73765 रदपट ना. ओठ; रदच्छद।
73766 रदलबदल ना. कसैलाई पूरै रद्द गर्ने र कसैलाई केही परिवर्तन गरी मिलाउने काम; केही हेरफेरका साथ मिलाउने काम; अदलबदल।
73767 रद्द१ वि. १. आनन्द वा खुसीले मस्त; उन्मादले मत्त; मुग्ध; मक्ख।
73768 रद्द१ वि. २. प्रसन्न; हर्षित; प्रफुल्ल।
73769 रद्द१ वि. ३. अनुरक्त; आसक्त।
73770 रद्द१ वि. ४. आश्चर्यले युक्त भएको; विस्मित; चकित।
73771 रद्द२ वि. १. बिकम्मा; काम नलाग्ने।
73772 रद्द२ वि. २. खारेज गरिएको। ना.
73773 रद्द२ वि. ३. खारिज गर्ने काम; डिसमिस; खारेजी।
73774 रद्दी वि. काम नदिने अवस्थाको; बिकामे; गएगुज्रेको।
73775 रद्दीको टोकरी ना. घर, कार्यालय वा कतै पनि फोहोरमैला जतासुकै नछरियोस् र एकै ठाउँमा जम्मा होस् भनी राखिएको, बेत, बाँस, टिन आदिको टोकरी; काम नलाग्ने कागत तथा कसिङ्गर हाल्ने टोकरी।
73776 रनक ना. १. कुनै कुरा वा कारणबाट मनमा उठ्ने उत्तेजना; रिस; झोक; झ्वाँक; झनक।
73777 रनक ना. २. सनक।
73778 रनक ना. ३. रन्को; रन्काइ।
73779 रनक्क क्रि.वि. १. एकैपल्ट उत्तेजनामा पुगेर रिसाउने गरी; रिसले रन्किने, सन्किने वा झन्किने गरी; झनक्क।
73780 रनक्क क्रि.वि. २. तात्ने किसिमले; निकै जोसिएर।
73781 रनघ्वाँक वि. १. बडेमाको; अजङको; घ्वाँके।
73782 रनघ्वाँक वि. २. हलक्क बढेर मोटाएको।
73783 रनबन क्रि.वि. वनैभरि; सारा जङ्गलमा।
73784 रनभुल्ल ना. १. के कसो गर्ने भन्ने निर्णय लिन नसकी रल्लिएर भुलभुलैयामा पर्ने स्थिति।२. त्यस प्रकारको भुलभुलैया। वि.
73785 रनभुल्ल ना. ३. त्यसरी भुलभुलैयामा परेको। क्रि.वि.
73786 रनभुल्ल ना. ४. त्यसरी भुलभुलैयामा पर्ने गरी।
73787 रनभुल्लिनु अ.क्रि. रनभुल्ल हुनु; रनभुल्लमा पर्नु।
73788 रनभुल्ल्याइँ ना. रनभुल्ल हुने वा रनभुल्लिने पन वा अवस्था।
73789 रनाहा ना. १. मनमा पर्ने असह्य ताप; आन्तरिक वेदना।
73790 रनाहा ना. २. रिसले उत्पन्न भएको छटपटी; अत्यन्त ठुलो झोक।
73791 रनाहा ना. ३. रिँगटा; चक्कर।
73792 रनाहा ना. ४. रिसको भाव; आवेग; उत्तेजना।
73793 रनिङ सिल्ड ना. आलोपालो गरी विजयी खेलाडीहरूले प्राप्त गरून् भनी राखिएको सिल्ड।
73794 रनिवास ना. दरबारका रानीहरूको आवासगृह; अन्तःपुरका सुन्दरीहरूको निवास; खोपी।
73795 रन्कनु अ.क्रि. १. उत्तेजित अवस्थामा पुगेर रिसाउनु; अनायास झोक्किनु।
73796 रन्कनु अ.क्रि. २. अत्यन्त तातो हुनु; तात्नु।
73797 रन्कनु अ.क्रि. ३. बज्ने धातुमा आवाज आउने गरी आघात लाग्नु।
73798 रन्कनु अ.क्रि. ४. त्यस्तो आघात लागी धातुहरू बज्नु।
73799 रन्काइ ना. रन्किने वा तात्ने क्रियाप्रक्रिया; रिसले वा तापले चरम अवस्थामा पुग्ने किसिम वा क्रिया।
73800 रन्काइनु क.क्रि. रन्कने वा तात्ने गराइनु; तताइनु।