Dictionary

All Word

73701 रती ना. हे. रत्ती।
73702 रती पनि क्रि.वि. थोरै पनि।
73703 रतीभर क्रि.वि. अलिकति मात्रामा पनि; थोरै पनि; किञ्चित् पनि।
73704 रतुली वि. रातो रङको; रातो वर्णको (बाख्रो )।
73705 रतुवा१ वि. १. रातो वर्णको; रातो खालको। ना.
73706 रतुवा१ वि. २. रातो वर्णको मात्र हुने मृगको एक जात; रातो मृग।
73707 रतुवा१ वि. ३. सात माई नदीमध्येकी एक माईनदी; रतुवामाई।
73708 रतुवा२ वि. रतिएको; पूरै लहसिएको; सधिएको; आत्मीय भएको।
73709 रतेउली/रतेली ना. १. बिहाका दिन दुलाहा अन्भाइसकेपछि दुलाहाका घरमा आइमाईहरू भेला भएर रातभर गरिने, स्त्रीपुरुषका बिचको प्रेमालापमा आधारित नाचगान, अभिनय आदिको रमाइलो; रत्यौली।
73710 रतेउली/रतेली ना. २. दुलही भित्र्याउने दिन दुलाहातर्फबाट खुवाइने भोज; रतेली भोज।
73711 रतेउली/रतेली भोज ना. बिहेका दिन दुलाहाका घरमा रात बिताउनेको सम्मानमा सबैलाई खुवाइने भोज।
73712 रतौँधी ना. रात परेपछि आँखा नदेख्ने रोग; रतन्धो।
73713 रत्तिनु अ.क्रि. १. आकर्षित हुनु; लहसिनु; रतिनु।
73714 रत्तिनु अ.क्रि. २. प्रेममा फस्नु; अनुरक्त हुनु।
73715 रत्तिनु अ.क्रि. ३. कसैका वशमा बस्न रमाउनु; सधिनु।
73716 रत्तिनु अ.क्रि. ४. आत्मीय हुनु।
73717 रत्ती ना. १. लाल; रती; रातीगेडी; लालगेडी। क्रि.वि.
73718 रत्ती ना. २. अलिकति; अत्यन्त थोरै। (उदा.- अँ मैले भनेको रत्ती मान्दैन)।
73719 रत्न ना. १. गहना, आभूषण, श्रीपेचजस्ता अलङ्कारमा जडिने बहुमूल्य पत्थर; हीरा, पन्ना, माणिक, आदिको पत्थर; मोती, माणिक्य, वैदूर्य, गोमेद, हीरा, मुगा, पद्मराग, पन्ना र नीलमणिसमेतका प्रसिद्ध नवरत्न; जवाहिरात। वि.
73720 रत्न ना. २. सर्वोत्तम; सर्वश्रेष्ठ; उत्कृष्ट।
73721 रत्नकान्ति ना. रत्नको शोभा; रत्नको छवि।
73722 रत्नगर्भ वि. रत्नको जस्तो शोभा वा कान्ति भएको।
73723 रत्नगर्भा ना. पृथ्वी, धरती।
73724 रत्नगन्धी ना. शिरीषका जस्ता ससाना पात हुने, रहरलाग्दा राता रङका फूल लाग्ने, कोसाका भित्र फल फल्ने एक वृक्षविशेष; पात र बोक्राबाट पेटको रोग र फूलबाट दम, ब्रोङ्काइटिस र औलो ज्वराको आयुर्वेदिक औषधी बन्ने सोही वृक्ष; कृष्णाचुर।
73725 रत्नपाणि ना. बौद्धधर्मअनुसार रत्नसम्भवका छोरा; पाँच बोधिसत्त्वमध्ये एक।
73726 रत्नसम्भव ना. पञ्च ध्यानी बुद्धमध्येका एक; बौद्धिक स्तूपचैत्य आदिका दक्षिणपट्टि राखिने देवता; रत्नपाणिका पिता।
73727 रत्नाउलो ना. चार हजार फिटभन्दा अग्लो ठाउँका चिस्यान र मलिला ठाउँमा उम्रने, पानका आकारका हल्का हरियो रङका पात हुने, रातो डाँठ हुने, घाँसका रूपमा प्रयोग गर्दा गाईबस्तुको दुध पघ्रने भुईँघाँस।
73728 रत्नाकर ना. १. विभिन्न बहुमूल्य रत्नको खानी मानिने ठाउँ।
73729 रत्नाकर ना. २. समुद्र; सागर।
73730 रत्नाकर ना. ३. खानी।
73731 रत्नाकर ना. ४. पुराणका अनुसार बाल्मीकि ॠषिको ॠषि हुनुभन्दा पहिलेको नाम।
73732 रत्नावली ना. १. बहुमूल्य रत्नहरू जडिएको माला; रत्नको हार।
73733 रत्नावली ना. २. अलङ्कारशास्त्रअनुसार कुनै प्रसङ्गमा प्रकृतिको क्रमिक विषयको उल्लेख हुँदा पर्ने अलङ्कार; अर्थालङ्कारको एक भेद।
73734 रत्नि ना. वास्तु तथा मूर्तिकलामा एक्काइस अमल बराबरको नापो बुझाउन प्रयोग हुने शब्द।
73735 रत्नौलो ना. रत्नाउलो।
73736 रत्याइ ना. १. रतिने भाव, क्रिया वा प्रक्रिया। [रत्याउ+आइ]
73737 रत्याइ ना. २. रत्याउने भाव, क्रिया वा प्रक्रिया।
73738 रत्याइनु क.क्रि. रतिने तुल्याउनु।
73739 रत्याउनु स.क्रि. / प्रे.क्रि. रतिने तुल्याइनु; अनुरक्त पार्नु; लहस्याउनु।
73740 रत्याहट ना. रत्याइ।
73741 रत्याहा वि. १. रत्याउने।
73742 रत्याहा वि. २. रतिने।
73743 रत्यौली ना. रतेउली; रतेली।
73744 रथ ना. १. प्राचीन कालमा घोडाले तानेर हिँडाउने चारपाङ्ग्रे सवारीसाधन वा वाहन।
73745 रथ ना. २. अचेल देउ-देउताको यात्रामा प्रयोग गरिने, मान्छेबाट तानिने त्यस्तै साधन।
73746 रथ ना. ३. झाँकी आदिमा हिँडाउनका लागि सिँगारेर घर वा मन्दिरजस्तो रूपमा परिणत गरिएको मोटर, ट्रक आदि।
73747 रथ ना. ४. अचेलका आधुनिक वाहनमध्ये गोरुगाडा, बग्गी, टाँगा आदि।
73748 रथ ना. ५. शरीर; देह।
73749 रथ ना. ६. गोडा; खुट्टा।
73750 रथधूली ना. १. रथ, टाँगा, एक्का आदिका पाङ्ग्राले उडाएको धुलाको कण।