Dictionary

All Word

74001 रस ना. ६. अमरता प्रदान गर्ने सुधा; अमृत।
74002 रस ना. ७. रक्सी; मदिरा।
74003 रस ना. ८. प्राणीले खाएको भोजन पाचनथैलीमा पुगी रगत बन्नुभन्दा पहिले बन्ने तरल पदार्थ; शरीरका सप्त धातुमध्ये एक।
74004 रस ना. ९. जल; पानी। १०. तरल पदार्थ; पन्यालो वस्तु; द्रव।
74005 रस ना. ११. पानीमा घोलिएको चिनी, मिस्री, नुन आदिको घोल; मिश्रित झोल।
74006 रस ना. १२. खाद्य वस्तु जिभ्रामा पर्दा जिभ्राले अनुभव गर्ने अमिलो, नुनिलो, पिरो, गुलियो, टर्रो, तितोसमेत छ प्रकारको स्वाद; षड्रस; रसनेन्द्रियले प्राप्त गर्ने आस्वाद।
74007 रस ना. १३. साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, बीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस।
74008 रस ना. १४. कुनै वस्तुको सारतत्त्व; मुख्यतत्त्व।
74009 रस ना. १५. आयुर्वेदीय पद्धतिअनुसार विभिन्न धातुहरूको भस्म बनाएर तयार गरिएको औषधी; रसादि।
74010 रस ना. १६. पारो।
74011 रस ना. १७. सिम्रिक।
74012 रस ना. १८. कामव्यवहारमा रसबस गर्ने व्यक्तिले पाउने आकर्षण; आन्तरिक रुचि।
74013 रस ना. १९. कुनै कार्य गर्दा मिल्ने आत्मसन्तुष्टि। २०. रसरङ्ग; रासक्रीडा; केलि।
74014 रस ना. २१. गणितज्योतिषमा ६ अङ्कको नाम; ६ अङ्कलाई बुझाउने शब्द।
74015 रस ना. २२. वास्तु तथा मूर्तिकलाअनुसार ६ अमलको नापोलाई बुझाउने शब्द।
74016 रसकपुर ना. आयुर्वेदमा प्रयोग हुने एक सेतो धातु।
74017 रसकेलि ना. १. आमोदप्रमोद।
74018 रसकेलि ना. २. रसरङ्ग।
74019 रसकेलि ना. ३. मोजमज्जा।
74020 रसकेसर ना. कपुर; कर्पूर।
74021 रसक्रीडा ना. रसकेलि।
74022 रसगरी ना. बेसारका जस्ता पात, तन्किएका काण्ड, दशदेखि तिस सेन्टिमिटर लामा, मालाआकारका पात हुने र पातकै टुप्पामा सेतो गुलाफी फूल फुल्ने, हिमालयतिर पाइने, आयुर्वेदमा गाईबस्तुका औषधीको रूपमा प्रयोग गरिने, अदुवाका समूहको एक बुटी।
74023 रसगर्गी ना. जरामा आलु जस्तै दाना लाग्ने, संयुक्त पात हुने, लहरामा बास्नायुक्त मसिना फूल फुल्ने र राता फल लाग्ने, आयुर्वेदका अनुसार काण्डको उपयोग दाँत दुख्दा र जराको उपयोग टाउको दुख्दा हुने एक लहरो।
74024 रसगर्भ ना. रसाञ्जन।
74025 रसगोला ना. दूध फटाएको छोक्रालाई गोलगोल पारी चिनीको चास्नीमा डुबाई बनाइने मिठाई; रसबरी।
74026 रसज्ञ वि. १. साहित्य वा आयुर्वेदमा वर्णन भएअनुसार रसको मर्मलाई फेला पारी पारख गर्न जान्ने; रसको महत्त्वलाई बुझ्ने।
74027 रसज्ञ वि. २. कला र साहित्यको मूल्यलाई हृदयदेखि कदर गर्न जान्ने; रसिक।
74028 रसद ना. १. कुनै समूह, संस्था, सेना आदिका निमित्त व्यवस्था गरिने खाद्य सामग्री; रासन; अन्नपात; अनाज।
74029 रसद ना. २. सिधा; रसोद।
74030 रसपानी ना. खाने कुरा र पानी; अन्नपानी; खाद्यान्न र पेय जल।
74031 रसदार वि. एकदमै रसयुक्त; रसैरस भएको; रसिलो।
74032 रसधयेँरो ना. टोकरीटोकरी परेका राता फूल फुल्ने, फुस्रा हरिया रङका लाम्चा, मसिना पात हुने, बुटाबुटी परेका मसिना रुख हुने, प्रायः चार हजार फिटभन्दा कम उचाइमा मात्र हुने, प्रशस्त गुलियो रस भए पनि सीताको रगत ठानी मौरी बस्तैन भनी लोकले विश्वास गरिएको एक पोथ्रो।
74033 रसधातु ना. १. शरीरमा रहेका सात धातुमध्येको एक धातु वा जलीयतत्त्व।
74034 रसधातु ना. २. पारो।
74035 रसन ना. जिब्राले छोएर स्वाद विचार गर्ने कार्य; चखाइ।
74036 रसना ना. १. खाएका वस्तुको मिठोनमिठो, तितोपिरो आदि स्वाद थाहा पाउने अङ्ग; जिब्रो।
74037 रसना ना. २. रसको अनुभव; रसास्वादन।
74038 रसनीय वि. चाख्न योग्य; रस लिन योग्य।
74039 रसनेन्द्रिय ना. स्वाद लिने ज्ञानेन्द्रिय; जिब्रो।
74040 रसप्राधान्यवाद ना. पूर्वीय काव्यशास्त्रका अनुसार शृङ्गार आदि रसलाई काव्यको आत्मा मान्ने र गुण, अलङ्कार आदिलाई बाहिरी तत्त्व मात्र मान्ने एक सिद्धान्त।
74041 रसबरी ना. रसभरी; रसगोला।
74042 रसबस ना. १. कुनै आकर्षणद्वारा जन्मिने अनुराग; प्रेम; आत्मीयता।
74043 रसबस ना. २. बसाउठी; बसउठ; भेटघाट; मेलमिलाप; हिमचिम।
74044 रसभरी ना. रसबरी; रसगोला (मिठाई)।
74045 रसम ना. १. चालचलन; रीतिस्थिति।
74046 रसम ना. २. परिपाटी।
74047 रसमरिवाज ना. परम्परागत चालचलन; रीतिस्थितिको प्रचलन; बुढीरूढि।
74048 रसमाधुरी ना. रसभरीमा दही राखेर बनाइएको एक प्रकारको मिठाई।
74049 रसमैत्री ना. १. दुई रसको उपयुक्त मेल; गुलियो, अमिलो, पिरो आदि नबाझ्ने रसको मिलाप।
74050 रसमैत्री ना. २. परस्परमा विरोध नपर्ने रसको मिश्रण।