Dictionary

All Word

74151 रहनु अ.क्रि. ४. कुनै वस्तुको अवशेष बच्नु; बाँकी हुनु; बच्नु।
74152 रहनु अ.क्रि. ५. जहाँको तहाँ छुट्नु; छोडिनु।
74153 रहकुल ना. कुनै समूहको हिसाबबाट बाँकी रहेको अंश; अवशेष; बचेखुचेको वस्तु।
74154 रहजन ना. एकलास परेको बाटो ढुकेर बटुवाहरू लुट्ने डाँकू; एकान्तमा ढुकेर डाँका गर्ने चोर।
74155 रहजनी ना. बाटाघाटाको एकान्त ठाउँमा ढुकी मौका पारेर डाँका गर्ने काम; डकैती।
74156 रहन ना. रहाइ; बसाइ (समासको आरम्भमा मात्र, जस्तै- रहनसहन)।
74157 रहनसहन ना. १. लवाइ, खवाइ, व्यवहार, परम्परा आदिको ढाँचाकाँचा।
74158 रहनसहन ना. २. जीवननिर्वाह गर्ने पद्धति।
74159 रहनी ना. १. रहने वा रोकिने ठाउँ; गति अवरोध हुने स्थल।
74160 रहनी ना. २. कसैको मन राख्ने व्यवहार; चित्त बुझाउने कुरो।
74161 रहनी ना. ३. कवितामा निश्चित ठाउँमा रहने विश्राम; यति; अडान।
74162 रहनी ना. ४. गीत वा सङ्गीतको क्रमशः दोहरिइरहने अंश; टेक; स्थायी।
74163 रहनी ना. ५. थेगो।
74164 रहर१ ना. १. शिरीषका जस्ता पात हुने, बढीमा चार मिटर लामो, एकै साल मात्र रहने बुटो हुने, पहेँला फूल फुल्ने र एकै भेट्नामा चारपाँचवटा कोसा लाग्ने, एक कोसामा दशबाह्रवटा दाना लाग्ने, दालजातको एक अन्न।
74165 रहर१ ना. २. यसै कोसाका फललाई दलेर दाल खान बनाइएको छाँटा।
74166 रहर२ ना. कुनै काम वा ज्ञानार्जन आदि गर्न जाग्ने उत्कट इच्छा; उत्कण्ठा; चाख; चाह; आकाङ्क्षा।
74167 रहरलाग्दी वि. अभिरुचि बढाउने खालकी; मन पर्ने किसिमकी; राम्री (स्त्री)।
74168 रहरलाग्दो वि. अभिरुचि वा आकर्षण जगाउने खालको; मनपर्दो।
74169 रहरी ना. रहर (दाल र बोट)।
74170 रहरे वि. रहर गर्ने; अत्यन्त इच्छा गर्ने; रौसे।
74171 रहरेको खहरे पदा. अनावश्यक कुराको रहर गर्ने अचाडु व्यक्ति।
74172 रहल वि. रहेको; बचेको; बचेखुचेको; उब्रेको।
74173 रहलपहल वि. १. बाँकी रहेको; बचेखुचेको। ना.
74174 रहलपहल वि. २. उभ्रिएको वस्तु; निथारपिथार; जुठोपुरो।
74175 रहस्य ना. १. प्रकृतिका जुनसुकै पक्षमा भित्र छिपेर रहेको गाँठी कुरो; मूल तत्त्व; गुप्त तत्त्व; गुप्त भेद; गुह्य; गोप्य तत्त्व।
74176 रहस्य ना. २. मर्म; भित्री आशय।
74177 रहस्य ना. ३. दार्शनिक दृष्टिले दुर्बोध वस्तुको प्रत्यक्षीकरण गर्न प्रयास गरिने सार वस्तु; दुर्बोध तत्त्व। वि.
74178 रहस्य ना. ४. गुप्त; छिपेको।
74179 रहस्यवाद ना. प्रत्यक्ष वस्तुलाई परिचालन गर्ने तत्त्वका रूपमा भित्री तहमा रहेका शक्तिलाई स्विकार्ने सिद्धान्त।
74180 रहस्यवादी वि. रहस्यवादको अनुसरण गर्ने; रहस्यवादको समर्थक।
74181 रहाँटे ना. १. रँगटे कमिलो।
74182 रहाँटे ना. २. चर्खे पिङ।
74183 रहाँटो ना. राँटो।
74184 रहाइ ना. रहने भाव, क्रिया वा प्रक्रिया।
74185 रहाइनु क.क्रि. रहन लाइनु; बसाइनु।
74186 रहाउनु प्रे. क्रि. रहन लाउनु; रहने पार्नु; बसाउनु।
74187 रहित वि. १. कुनै पदका पछिल्तिर लागी अभाव, हीन, विनाजस्ता अर्थ बुझाउने उत्तरपद (जस्तै- दयारहित, गुणरहित, धर्मरहित दि)।
74188 रहित वि. २. विहीन; वञ्चित (उनी सबै गुणबाट रहित छन्)।
74189 रहितत्व ना. हीनता; अभाव।
74190 रहिनु अ.क्रि. रहने होइनु; बसिनु।
74191 रहु ना. एक जातको माछाविशेष; रोहित; रोहु।
74192 रहेपहेको वि. बचेखुचेको; बाँकीसेकी; सिलोबालो; रहलपहल।
74193 राँकिनु अ.क्रि. १. रिसले राँकोजस्तो हुनु; जङ्गिएर आगो हुनु।
74194 राँकिनु अ.क्रि. २. प्रकाशयुक्त हुनु; जाज्वल्यमान हुनु।
74195 राँकिनु अ.क्रि. ३. तागत भरिएर रनक्क हुनु; खुब मोटाउनु।
74196 राँकिनु अ.क्रि. ४. घाउखटिरा आदि सुन्निएर एकदमै टनटनाउनु।
74197 राँकी ना. नेपालका रैथाने मुसलमान व्यापारीहरूको नाम।
74198 राँकीबजार ना. काठमाडौँ इन्द्रचोकस्थित चुरा, पोते आदि व्यापार गर्ने सानो बजार; मुसलमानको बजार।
74199 राँके ना. १. श्रावणसङ्क्रान्तिका भोलिपल्टको दिन; सो दिन खास गरी तामाङ, मगर, राई, लिम्बू आदिले मनाउने चाडपर्व र मेला।
74200 राँके ना. २. तातो किसिमको हावा; लू।