Dictionary

All Word

74201 राँके ना. ३. बोटबिरुवाका पातहरू डढेर राता हुने एक रोग; रतङ्गे। वि.
74202 राँके ना. ४. राँकोसम्बन्धी; राँकोवाला।
74203 राँकेबतास ना. तातो हावा; पश्चिमी हावा; लु।
74204 राँकेभूत ना. अँधेरी रातमा राँकोका रूपमा देखिन्छ भनेर लोकले मानेको एक भूत।
74205 राँकेहावा ना. राँके बतास।
74206 राँको ना. १. आगाको मुस्लो; अत्यन्त हुरहुराउँदो ज्वाला।
74207 राँको ना. २. बाँसका भाटा वा काठ चिरेर मुठीभर पारी सल्काइने र रातमा हिँड्दा उज्यालोका लागि प्रयोग गरिने पुल्ठो; मसाल; झर।
74208 राँको ना. ३. असह्य गर्मीको ताप।
74209 राँको ना. ४. ज्वराको ताप; भुङ्ग्रो।
74210 राँकोमुस्लो ना. १. राँको र मुस्लो।
74211 राँकोमुस्लो ना. २. आगोको विकराल रूपको बलाइ; दनदनाहट।
74212 राँक्किनु अ.क्रि. राँकिनु।
74213 राँग ना. हे. राङ (धातु)।
74214 राँगो ना. भैँसीको भाले; जोत्न वा बिजनका लागि पालिएको भाले भैँसी; महिष।
74215 राँटा ना. हे. राँटो।
74216 राँटाराँटी ना. खेतका मसिना रुम्टारुम्टी; मसिना फोगटाफोगटी।
74217 राँटे वि. राँटैराँटा पारेर जोतखन गरेको; राँटा भएको।
74218 राँटो ना. १. खनजोत गर्दा कतैकतै खन्न वा जोत्न छुटपुट भएको बाँझो जमिन; रहाँटो।
74219 राँटो ना. २. लिपपोत गर्दा बिचमा छुटेर पोतिएको ठाउँ; टाटो।
74220 राँड ना. १. पोइ मरेर विधवा भएकी आइमाई; राँडी।
74221 राँड ना. २. रन्डी; वेश्या।
74222 राँड ना. ३. स्त्रीजातिलाई गाली गर्दा प्रयोग गरिने शब्द।
74223 राँडभाँड ना. १. जथाभावीका लाजभाँड कुरा; भाँडभैलो; अश्लील गाली।
74224 राँडभाँड ना. २. राँडी र भाँड।
74225 राँडभाँड ना. ३. भाँड झैँ छाडा भएको राँडसमुदाय। वि.
74226 राँडभाँड ना. ४. छाडा; अश्लील।
74227 राँडाराँडी ना. १. विधुर र विधवा।
74228 राँडाराँडी ना. २. केटाकेटी (स्नेहपूर्वक गाली गर्दा)।
74229 राँडाराँडी ना. ३. मोरामोरी (गालीको अर्थमा)।
74230 राँडी ना. १. पतिको देहान्त भएपछिकी पत्नी; विधवा।
74231 राँडी ना. २. आइमाईलाई गाली गर्दा प्रयोग हुने शब्द; राँड; फुँडी। वि.
74232 राँडी ना. ३. लोग्ने मरेकी; पोइ मरेकी।
74233 राँडीको छोरो ना. १. बाबुको ठेगान नभएको छोरो, वेश्यापुत्र।
74234 राँडीको छोरो ना. २. लोग्नेमानिसलाई गाली गर्दा प्रयोग हुने शब्द।
74235 राँडीफुँडी ना. १. सहाय वा संरक्षक नभएकी आइमाई; निस्सहाय नारी।
74236 राँडीफुँडी ना. २. राँडी (निन्दार्थमा)।
74237 राँडीमासु ना. विधवाका शरीरमा लागेको मासु; पोइको मृत्युपछि स्वास्नीका जिउमा बढेर आएको मासु; राँडो मासु। राँडीलाई पोतेको रहर (उखान)।
74238 राँडो ना. १. स्वास्नी मरिसकेको पुरुष; पत्नी बितिसकेको व्यक्ति; विधुर। वि.
74239 राँडो ना. २. स्वास्नी मरेको; विधुर।
74240 राँध्नु स.क्रि. कुनै वस्तु पकाउनु; पकाउनुपर्ने काम गर्नु; बनाइतुल्याइ गर्नु; रिँध्नु।
74241 राँधिनु अ.क्रि. १. खुबसँग पाक्नु; बेसरी पाक्नु। क.क्रि.
74242 राँधिनु अ.क्रि. २. राँध्ने काम गरिनु; रँधाइमा पारिनु।
74243 राँबो/राँभो ना. काठ ताछ्ता सम्म्याएर चिल्लो पार्ने हतियार; रामो।
74244 राइँदाइँ/राइँफाइँ ना. १. कुनै कामकुरामा हुने आफ्नै सामर्थ्यपूर्ण ढलीमली; रजाइँ; सम्पूर्ण अधिकार।
74245 राइँदाइँ/राइँफाइँ ना. २. हैहुकुम।
74246 राइटर ना. नयाँ प्रशासनव्यवस्थाभन्दा पहिलेको बहिदारभन्दा माथि मुखियाभन्दा तलको पद वा उक्त पदको कर्मचारी।
74247 राइता/राइतो ना. नुन र मरमसला मिलाई दहीको लेदोमा चोपेर तयार गरिएको बुनियाँको अचार; पिँधेको रायोको धुलो र मरमसला मिलाएर बनाइएको दहीको लेदो।
74248 राइफल ना. सिसाका मसिना दश, पन्ध्र, बिस वा अनेक गोलीहरू अटाउने र पड्केर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्ने आधुनिक बन्दुक।
74249 राइफाँडो ना. १. परस्परको झैझगडा; आपसको विवाद।
74250 राइफाँडो ना. २. कुनै वस्तु वा सरसामानको जथाभावी प्रयोग।