Dictionary

All Word

74251 राइफाँडो ना. ३. गोबर, फोहर, हिलो आदि गिलो वा लेदो वस्तु कुल्चेर जथाभावी टेक्दा हुने फोहोर।
74252 राइफाँडो ना. ४. रायो पकाएको फाँडो (निन्दार्थमा)।
74253 राइबाघ ना. १. ठुलो जातको बाघ; पाटे बाघ (रायल-बङ्गाल-टाइगर)। वि.
74254 राइबाघ ना. २. भयङ्कर वा ठुलो; डँडाक; ढड्डु।
74255 राइबाघा वि. १. बघिनीको जस्तो दुच्छर स्वभावकी; राकस्नी; मापाकी; राइबघिनी। ना.
74256 राइबाघा वि. २. बाघजस्ती भयङ्कर वा उग्र स्वभावकी आइमाई।
74257 राइबाघा वि. ३. ठुलो जातकी बघिनी।
74258 राइबाघे वि. राइबाघको जस्तो कडा आनीबानी भएको; मापाको; दुच्छर स्वभावको; डँडाक।
74259 राइरत्ती वि. १. भएभरको; अलिकति पनि नछोडिएको; सम्पूर्ण। क्रि.वि.
74260 राइरत्ती वि. २. थोर पनि; ज्यादै कम मात्रामा पनि; रायोको दानु अथवा रत्ती वा लालगेडीको दानुजति पनि।
74261 राई१ ना. गहुँको एक जात; मुडुलो गहुँ; मुडुली गहुँ; मुरली गहुँ।
74262 राई२ ना. हिमाली भेगमा पाइने एक जातको च्याङ्ग्रो।
74263 राई३ ना. १. प्राचीन नेपाली भाषामा राजालाई (विशेषतः कर्णाली प्रदेशका) बुझाउने शब्द।
74264 राई३ ना. २. नेपालको एक जाति; किराँती।
74265 राई३ ना. ३. प्राचीन कालमा मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी।
74266 राई३ ना. ४. रायो।
74267 राई३ ना. ५. पिप्लाको साग।
74268 राईकुरा ना. राईभाषा।
74269 राईगँडेरो ना. कालीगण्डकीतिर पाइने ठुलो जातको गँडेरो।
74270 राईजाति ना. राई।
74271 राईपगरी ना. मर्यादाका लागि राईलाई दिइने वा दिइएको पगरी; राईको मानमर्यादाको पगरी।
74272 राईभाषा ना. राईजातिले बोल्ने अनेकौँ भाषाहरूमध्ये कुनै एक।
74273 राउटे ना. नेपालको सुदूर पश्चिमाञ्चलको, फिरन्ता व्यवसाय भएको सिकारजीवी एक जाति; काठका भाँडाहरू बनाई जीवन वृत्ति चलाउने र जङ्गलमा बस्ने एक जाति।
74274 राउटे कुरा ना. राउटे जातिको भाषा।
74275 राउटे जाति ना. राउटे।
74276 राउटे संस्कृति ना. राउटे जातिको, अझै गुफामा आश्रित संस्कृति।
74277 राउटे सभ्यता ना. राउटे जातिको अझै कृषि-व्यवसायमा रतिई नसकेको आदिम सभ्यता।
74278 राउत ना. नेपाली क्षत्रीको एक थर। स्त्री. राउत्नी; रौतिनी।
74279 राउल ना. नेपाली क्षेत्रीको एक थर। स्त्री. राउल्नी।
74280 राकस ना. १. राक्षस; राच्छेस।
74281 राकस ना. २. दुष्ट स्वभाव भएको व्यक्ति वा प्राणी। वि.
74282 राकस ना. ३. दुष्ट; निठुरी।
74283 राकसनी/राकस्नी ना. १. राक्षस स्त्री; दानवी।
74284 राकसनी/राकस्नी ना. २. दुष्ट स्वभाव भएकी आइमाई; साह्रै मापाकी स्वास्नीमान्छे; दुष्टा स्त्री।
74285 राकसनी/राकस्नी ना. ३. असाधारण साहस र काम गर्ने शक्ति भएकी आइमाई। वि.
74286 राकसनी/राकस्नी ना. ४. अति दुष्टा; दयामाया कत्ति पनि नभएकी; साह्रै क्रूर वा निष्ठुर स्वभावकी।
74287 राका ना. १. पूर्णिमाको रात; पूर्णिमा।
74288 राका ना. २. अङ्गिरा ॠषिका चार छोरीमध्ये एक।
74289 राका ना. ३. बृहस्पति ॠषिकी भगिनी; अग्नि, बृहस्पति, उतथ्य र संवर्तका चार भगिनी-अनुमती, राका, कुहु र सिनीवालीमध्ये एक।
74290 राक्षस ना. १. प्राचीन युगदेखि नै मान्छेका प्रतिपक्षी मानिएका असुरजाति; राकस।
74291 राक्षस ना. २. पुराण आदिका अनुसार नरभक्षी जाति। वि.
74292 राक्षस ना. ३. दुष्ट; क्रूर; दुच्छर।
74293 राक्षस विवाह ना. युद्ध नगरीकनै सुटुक्क कन्या लुटेर ल्याई गरिने विवाह; स्मृतिले बताएका विभिन्न प्रकारका विवाहमध्ये एक।
74294 राक्षसी ना. १. राक्षसजातिकी स्त्री; स्त्री राक्षस।
74295 राक्षसी ना. २. दुष्ट स्वभाव भएकी आइमाई; दुच्छर स्वास्नीमान्छे। वि.
74296 राक्षसी ना. ३. राक्षससम्बन्धी; आसुरी।
74297 राक्षसी ना. ४. राक्षस झैँ निष्ठुर स्वभावकी।
74298 राक्षसी ना. ५. राक्षसजस्तो डरलाग्दो; विकट (कर्म)।
74299 राक्षसी माया ना. आसुरी माया; छलछाम।
74300 राक्षसी विवाह ना. राक्षसविवाह।