Dictionary

All Word

74401 राजखानी ना. १. बोका, थुमा, बनेल आदि जन्तुहरूका भाले जातिको अण्डकोष।
74402 राजखानी ना. २. त्यस्ता भाले जातिलाई काटी पकाउन वा पोल्न निकालिएको अण्डकोष।
74403 राजखानी ना. ३. अण्डकोष।
74404 राजगद्दी ना. १. राजाको गद्दी; राजसिंहासन।
74405 राजगद्दी ना. २. राज्याधिकार।
74406 राजगुठी ना. १. विभिन्न देवदेवी, धर्मशाला, पुल आदिमा पूजाअर्चना, सह्यारसम्भार, सुरक्षा आदिका निम्ति सरकारले आफ्ना तर्फबाट केही चलअचल सम्पत्ति एकैमुष्ट जम्मा पारी स्थापना गरिएको गुठी।
74407 राजगुठी ना. २. राजाहरूले धर्मकार्यका निमित्त राखेको गुठी।
74408 राजगुरु ना. १. राजालाई मन्त्रदान गर्ने गुरु; राजाका गायत्रीगुरु।
74409 राजगुरु ना. २. राजाको धार्मिक कार्य गराउन औपचारिक रूपमा नियुक्त भएका गुरु।
74410 राजगुरु ना. ३. राज्यको धर्मसम्बन्धी विषयमा सर्वोच्च मान्यताप्राप्त व्यक्ति।
74411 राजगुह्य ना. अत्यन्त रहस्यपूर्ण ज्ञान; गोप्यतम मन्त्र।
74412 राजगृह ना. राजामहाराजहरूको दरबार; राजप्रासाद; राजमहल।
74413 राजघराना ना. १. राजामहाराजाको वंशपरम्परा; राजाका सन्तान-दरसन्तान; राजाको वंश।
74414 राजघराना ना. २. राजपरिवार।
74415 राजघरानिया वि. राजाको वंशपरम्पराको; राजपरिवारको; राजकुलको।
74416 राजचिह्न ना. राजाका अङ्गमा रहने चिह्न; राजत्वका छाता, चमर, झन्डा, दण्डा, खड्ग, श्रीपेच आदि चिह्न।
74417 राजज्योतिषी ना. राजपरिवारमा ज्योतिषसम्बन्धी सबै काम गर्ने व्यक्ति; राजदरबारको निश्चित ज्योतिषी।
74418 राजतन्त्र ना. राजा सर्वेसर्वा भई देशको शासनव्यवस्था सञ्चालित हुने पद्धति; राष्ट्रको सर्वोच्च प्रशासक राजा नै हुने शासनतन्त्र।
74419 राजतन्त्रवाद ना. राजतन्त्र नै देशका निम्ति लाभदायक हुन्छ भन्ने सिद्धान्त।
74420 राजतन्त्रवादी वि. राजतन्त्रवादको अनुयायी।
74421 राजतन्त्रात्मक वि. राजतन्त्रका सिद्धान्तले निर्देश गरेअनुसारको; राजतन्त्रसम्बन्धी।
74422 राजतान्त्रिक वि. राजतन्त्रात्मक।
74423 राजतिलक ना. १. पहिलोपल्ट राज्यसिंहासनमा बस्ता राजालाई विधिपूर्वक प्रदान गरिने तिलक, टीका, प्रसाद आदि।
74424 राजतिलक ना. २. राज्यारोहण।
74425 राजतिलक ना. ३. राज्यारोहण-समारोह।
74426 राजतेज ना. १. सत्ताको प्रभाव वा तेज।
74427 राजतेज ना. २. राजाको प्रभाव वा तेज।
74428 राजत्व ना. १. राजाकीय विशेषता वा लक्षण; राजाको गुण वा भाव।
74429 राजदण्ड ना. १. राजाका साथमा हुने राजचिह्नस्वरूप दण्ड।
74430 राजदण्ड ना. २. राजाका आदेशअनुसार वा राज्यविधानअनुसार दिइने सजाय; सरकारले दिने दण्ड।
74431 राजदण्ड ना. ३. महाअपराधीलाई दिइने दण्ड।
74432 राजदण्ड ना. ४. ठुलो सजाय।
74433 राजदन्त ना. सामुन्नेका तल दुई र माथि दुई गरी जम्मा चार दाँत।
74434 राजदया ना. १. मृत्युदण्डको सजाय पाउने गरी फैसला भएका अभियुक्तलाई राजा, राष्ट्रपति वा सर्वोच्च शासकले दिने क्षमा; सजायको आंशिक वा पूर्ण माफी।
74435 राजदया ना. २. राजाद्वारा दिइने अभयदान।
74436 राजदरबार ना. १. राजा- महाराजाहरूको निवासगृह; राजप्रासाद; राजगृह।
74437 राजदूत ना. १. एक मित्रराष्ट्रको प्रतिनिधि भएर अर्को मित्रराष्ट्रमा आवासीय वा अनावासीय स्तरमा खटिएको व्यक्ति।
74438 राजदूत ना. २. प्राचीन कालमा एक राजाको सन्देश अर्को राजाकहाँ पुर्‍याउने दूत।
74439 राजद्रोह ना. १. वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि; राष्ट्रप्रतिको अहित हुने नियतको काम।
74440 राजद्रोह ना. २. सरकार, देश वा संविधानका विरुद्ध गरिएको विद्रोह।
74441 राजद्रोहात्मक वि. राजद्रोहसम्बन्धी; राजद्रोहको।
74442 राजद्रोही वि. १. राजद्रोह गर्ने; बागी; बागियान। ना.
74443 राजद्रोही वि. २. राजद्रोह गर्ने व्यक्ति।
74444 राजद्वार ना. १. राजदरबारको ढोका; राष्ट्रपति-भवनको द्वार; सरकारको दैलो।
74445 राजद्वार ना. २. राजदरबार।
74446 राजधर्म ना. १. राजा वा सरकारको कर्तव्य।
74447 राजधर्म ना. २. देशको शान्तिसुव्यवस्था, प्रजाको सुखसमृद्धि आदिलाई लिएर राजा वा सरकारले गर्ने कार्य वा उपभोग गर्ने अधिकार।
74448 राजधानी ना. जुनसुकै देशको राजा, राष्ट्राध्यक्ष वा सरकारको प्रमुख कार्यालय रहेको ठाउँ; राष्ट्रको सम्पूर्ण प्रशासन सञ्चालन गर्ने सदर मुकाम; देशको केन्द्रीय सदर मुकाम।
74449 राजनीति ना. १. प्रजाको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति।
74450 राजनीति ना. २. राज्यको शासन-व्यवस्थासम्बन्धी नीति; राज्य-सञ्चालन-प्रणाली।