Dictionary

All Word

74451 राजनीति ना. ३. राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त।
74452 राजनीतिक वि. राजनीतिसँग सम्बन्ध भएको; राजनीतिसम्बन्धी; राजनीतिको; राजनैतिक।
74453 राजनीतिक कारबाई ना. राजनीतिक अनुशासनको वा आचरणको सम्बन्धमा गरिने कारबाई।
74454 राजनीतिक दल ना. राजनीतिक उद्देश्यको परिपूर्तिका निम्ति तयार गरिएको पार्टी वा सङ्गठन; राजनीतिक सङ्घ।
74455 राजनीतिक बन्दी ना. राजनीतिक मुद्दामा पक्राउ परेको कैदी; राजकाज अपराधमा परेको कसुरदार।
74456 राजनीतिक भूगोल ना. राजनीतिक क्षेत्र, सीमा, जिल्ला आदिका सङ्केतलाई प्रस्ट्याउने भूगोल।
74457 राजनीतिज्ञ वि. राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने; राजनीतिशास्त्रको ज्ञाता; राजनीति बुझेको; कूटनीति जानेको।
74458 राजनीतिपीडित वि. १. राजनीतिमा लाग्नाले आर्थिक अवस्था गिरेको वा टाट उल्टेको। ना.
74459 राजनीतिपीडित वि. २. आर्थिक दृष्टिले कमजोर भएको राजनीतिक व्यक्ति।
74460 राजनीतिशास्त्र ना. राजनीतिका दर्शन र सिद्धान्तबारे सम्पूर्ण कुराहरूको व्याख्या, विवेचना, मूल्याङ्कन आदि गरिने सामाजिक विज्ञान; राजनीति-विज्ञान।
74461 राजनीतीकरण ना. औपचारिक रूपले नै राजनीतिक रूप दिने काम; अन्य घटना वा व्यवहारलाई राजनीतिक रङमा मुछ्ने काम।
74462 राजनैतिक वि. हे. राजनीतिक।
74463 राजन्य ना. १. राजा (सम्मानका अर्थमा)।
74464 राजन्य ना. २. क्षत्रिय।
74465 राजपक्षी/राजपन्छी ना. चमेरोसँग मिल्दोजुल्दो रातमा डुल्ने एक पक्षी।
74466 राजपगरी ना. १. राजाबाट प्राप्त भएको सम्मान; राजाबाट दिइएको मानपदवी।
74467 राजपगरी ना. २. राजाले दिएको शिरपोस।
74468 राजपण्डित ना. राजदरबारका पण्डित; राजालाई कथा, पुराण आदि श्रवण गराउने पण्डित; दरबारका कथावाचक।
74469 राजपत्नी ना. राजाकी धर्मपत्नी; राजमहिषी; रानी।
74470 राजपत्र ना. सरकारी सूचना, अध्यादेश, परिपत्र, संशोधित कानुनका बुँदाहरू, सरुवाबढुवा आदिका सम्पूर्ण कुरा औपचारिक तथा आधिकारिक रूपमा छापिने पत्र; गजेट।
74471 राजपत्र अनङ्कित वि. १. नाम, पद, सरुवा, बढुवा, निवृत्ति आदिको उल्लेख गजेटमा नहुने स्तरको (नन्ग्याजेटेड)। ना.
74472 राजपत्र अनङ्कित वि. २. नायब सुब्बा र त्यसदेखि तलका पदको कर्मचारी।
74473 राजपत्राङ्कित वि. १. नियुक्ति, सरुवा, बढुवा, छुट्टी आदिमा र निवृत्तिमा बस्दासमेत राजपत्रमा सूचना प्रकाशित हुने पदको (गजेटेड); गजेटमा उल्लेख हुने।
74474 राजपत्राङ्कित वि. २. सरकारी कर्मचारीहरूमा शाखाप्रमुख र सोभन्दा माथिका पदको; नायबसुब्बाभन्दा माथिका पदको।
74475 राजपथ ना. १. ठुलठुला सवारीका साधन चल्न सक्ने, कालोपत्र छापेको सडक; पक्की सडक।
74476 राजपथ ना. २. मूल सडक; राजमार्ग।
74477 राजपथिक वि. १. राजमार्ग भएर यात्रा गर्ने। ना.
74478 राजपथिक वि. २. राजमार्गको यात्री।
74479 राजपद ना. १. राजा आसीन हुने स्थान; राजाको प्रतिष्ठा; राजाको पद।
74480 राजपद ना. २. राजाले दिएको पद; सरकारी जागिर।
74481 राजपद्धति ना. राजकाज सञ्चालन गर्ने पद्धति; देशको राजनीतिक प्रणाली; राजनीति; राष्ट्रको संवैधानिक व्यवस्था।
74482 राजपरिवार ना. राजाका जहान वा परिवार।
74483 राजपरिषद् ना. राजाका शासनकालमा राजाकै अधीनमा गठन हुने विशेष अधिकारसम्पन्न सभा।
74484 राजपलाँस ना. कोइरालाका जस्तै आकारका फुस्रा र खस्रा पात हुने, खैरा र लाम्चा फूल फुल्ने एक जातको पलाँस।
74485 राजपाट ना. राज्यसञ्चालनका सम्पूर्ण कामकारबाई; राजकाज।
74486 राजपाल ना. १. राज्यको हेरचाह गर्ने व्यक्ति।
74487 राजपाल ना. २. राजा वा राष्ट्रपति अथवा राष्ट्राध्यक्षको प्रान्तीय प्रतिनिधि; राज्यपाल।
74488 राजपुत्र ना. राजामहाराजाको पुत्र; राजकुमार; रौतेलो।
74489 राजपुत्री ना. राजामहाराजाकी छोरी; राजकुमारी; रौतेली।
74490 राजपुरुष ना. १. सरकारी सेवामा नियुक्त भएको मान्छे; राजकर्मचारी।
74491 राजपुरुष ना. २. राजाको भित्रिया कर्मचारी।
74492 राजपुरोहित ना. राजा वा राजपरिवारको निश्चित पुरोहित; राजाको कर्मकाण्डी पुरोहित।
74493 राजपूत ना. १. भारतीय जातिको ठकुरी।
74494 राजपूत ना. २. ठकुरी।
74495 राजप्रतिनिधि ना. १. राष्ट्रप्रमुखका बदलामा काम गर्ने व्यक्ति।
74496 राजप्रतिनिधि ना. २. सरकारको वारिसका रूपमा नियुक्त भएको प्रतिनिधि।
74497 राजप्रासाद ना. राजभवन; राजदरबार।
74498 राजप्रासाद दीर्घ सेवा पट्ट ना. पहिले राजप्रासादमा अविच्छिन्न रूपले पच्चिस वर्षको सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने गरिएको एक पदक।
74499 राजप्रासाद सेवा पदक ना. पहिले राजप्रासादमा अविच्छिन्न रूपले पन्ध्र वर्षसम्म सेवा गर्ने, तत्कालीन शाही नेपाली सेनाका व्यक्तिलाई प्रदान गर्ने गरिएको पदक।
74500 राजबन्दी ना. राजकाज अपराधअन्तर्गत कैद परेको व्यक्ति; राजनीतिक बन्दी।