Dictionary

All Word

74501 राजबेली ना. भोर्लाका आकारका चोसा परेका पात हुने, पातबाट नराम्रो गन्ध आउने, प्याजी रङ्ग मिश्रित फूलबाट सुगन्ध आउने, सेता टीका परेका छिर्के डाँठ हुने एक प्रकारको लहरो; त्यसै बोटको फूल वा पात।
74502 राजभक्त १. राज्यको भक्त; देशभक्त।
74503 राजभक्त २. राजाको भक्ति गर्ने; राजाको सेवक।
74504 राजभवन ना. १. राजा बस्ने दरबार; राजदरबार; राजगृह।
74505 राजभवन ना. २. राष्ट्रको सर्वोच्च शासक बस्ने घर; राष्ट्राध्यक्षभवन।
74506 राजभार ना. १. राज्यको अभिभारा; जागिर वा पदवी।
74507 राजभार ना. २. सरकारी जागिर; राजपाट।
74508 राजभारा ना. राजभार; जागिर।
74509 राजभाषा ना. राष्ट्रको प्रशासनिक कामकाज वा लेखापढीका निमित्त प्रयोग गरिने भाषा; राज्यभाषा।
74510 राजभोग ना. १. भात खान उत्तम मानिने, बास्नादार चामल हुने एक जातको धान।
74511 राजभोग ना. २. हलुवाईले तयार गर्ने एक प्रकारको मिठाई।
74512 राजभोज ना. १. राजकीय स्तरमा प्रबन्ध गरिएको भोज।
74513 राजभोज ना. २. विशिष्ट अतिथिको सम्मानमा आयोजना गरिने सरकारी भोज।
74514 राजमण्डूक ना. १. ठुलो जातको पानीभ्यागुतो; पाहा; ब्याङ।
74515 राजमण्डूक ना. २. राजदरबारको मात्र आश्रय लिएर बाहिरी दुनियाँसित केही सरोकार नराख्ने व्यक्ति; राजाका निम्ति ज्यादै ठुलो भार बन्न पुगेको नामर्द व्यक्ति।
74516 राजमहल ना. राजामहाराजाहरूको भवन; राजदरबार।
74517 राजमहिषी ना. सत्तासीन राजाकी जेठी धर्मपत्नी; पटरानी; राजपत्नी; महारानी।
74518 राजमाता ना. १. राजाकी आमा।
74519 राजमाता ना. २. नेपाल अधिराज्यका श्री ५ महाराजाधिराज सरकारका मुमा।
74520 राजमार्ग ना. १. फराकिलो र लामो पक्की सडक; मूल सडक; राजपथ।
74521 राजमार्ग ना. २. टाढाटाढासम्म जाने पक्की सडक।
74522 राजमुकुट ना. गद्दीनसिन राजाले शिरमा लगाउने शिरपेच; श्रीपेच।
74523 राजमुद्रा ना. १. हे. लालमोहर।
74524 राजमुद्रा ना. २. सरकारी छाप।
74525 राजयोग ना. १. फलित ज्योतिषअनुसार राज्यको सुख र अधिकार प्राप्त गर्न पाउने ग्रहगतिको एक योग।
74526 राजयोग ना. २. पतञ्जलिको योगशास्त्रमा वर्णन गरिएको एक योगदर्शन।
74527 राजरक्षक वि. राजाका वरिपरि रहेर अङ्गको रक्षा गर्ने व्यक्ति; अठपहरिया; बडीगार्ड; ए.डी.सी.।
74528 राजराज ना. १. राजाहरूको राजा; सम्राट्; बादशाह।
74529 राजराज ना. २. कुबेर।
74530 राजराज ना. ३. चन्द्रमा।
74531 राजराजेश्वर ना. १. बादशाह; सम्राट्; राजराज।
74532 राजराजेश्वर ना. २. राजन्य।
74533 राजराजेश्वरी ना. १. रणबहादुर शाहकी महारानी राजेश्वरीका स्मृतिमा स्थापना गरिएकी एक देवी।
74534 राजराजेश्वरी ना. २. राजराजेश्वरकी पत्नी।
74535 राजरोग ना. १. हे. क्षयरोग।
74536 राजरोगी वि. राजरोगले ग्रस्त।
74537 राजर्षि ना. १. राजाका वंशमा उत्पन्न भएका महर्षि; क्षत्रिय कुलमा उत्पन्न भएका ऋषि।
74538 राजर्षि ना. २. राजा पनि ॠषि पनि भएको व्यक्ति (उदा.- जनक)।
74539 राजर्षि ना. ३. राजपाट छोडेर ॠषि बनेको व्यक्ति (उदा.- विश्वामित्र)।
74540 राजलक्षण ना. सामुद्रिक शास्त्रका अनुसार राजा हुने वा राजासमानको हुने लक्षण वा चिह्न; राजचिह्न। (उदा.- मैयाँसँग भेट्ने ती युवक राजलक्षणले युक्त भएका देखिन्थे।)
74541 राजलक्ष्मी ना. १. राजा वा राष्ट्रको वैभव तथा शक्ति वा गौरव; राजश्री।
74542 राजलक्ष्मी ना. २. राष्ट्रकी अधिष्ठात्री देवी।
74543 राजलवट ना. नेवार समुदायको एक उपाधि वा थर।
74544 राजलिपि ना. कुनै देशको सरकारी कार्य, अदालत आदिमा लेखापढीको माध्यम भएर चलेको लिपि।
74545 राजवंश ना. राजाको पहिलेदेखि चलिआएको वंश वा खानदान; राजाका सन्तान; राजकुल; राजघराना।
74546 राजवंशी वि. १. राजवंशमा उत्पन्न भएको।
74547 राजवंशी वि. २. राजवंशसम्बन्धी; राजवंशको। ना.
74548 राजवंशी वि. ३. नेपालीको एक थर; नेपालको झापा र मोरङमा बस्ने एक जाति।
74549 राजवस्त्र ना. राजाहरूले विशेष अवसरमा बाहिरपट्टि पहिरने एक प्रकारको खुकुलो वस्त्र।
74550 राजविद्या ना. राज्यको संरक्षण, सुदृढता तथा शासन-व्यवस्थासम्बन्धी कुशलता प्राप्त गर्ने विद्या; राजनीति।