Dictionary

All Word

74551 राजविद्रोह ना. राजा वा राज्यप्रति गरिने विप्लव; राजद्रोह।
74552 राजविद्रोही वि. राजविद्रोह गर्ने; राजद्रोही।
74553 राजविराज ना. सगरमाथा अञ्चलको सदर मुकाम र पूर्वी तराईको एक मुख्य वाणिज्यकेन्द्र।
74554 राजवृक्ष ना. चिल्ला लामा पात हुने, छिनछिनेका जस्ता पहेँला झुप्पादार फूल फुल्ने, अनेक औषधीका निम्ति उपयुक्त एक वृक्ष वा त्यसैका गुलिया, बाटुला, काला चक्की हुने लौरीदार फल; अमलतास; बन्दरलौरी।
74555 राजवैद्य ना. १. उच्चस्तरको वैद्य
74556 राजवैद्य ना. २. राजदरबारमा औषधीउपचार गर्ने प्रमुख वैद्य।
74557 राजश्री ना. राजा वा राज्यको शोभा तथा वैभव।
74558 राजसंरक्षक ना. राजतन्त्रात्मक मुलुकमा राजाको नाबालक अवस्था वा लामो समयसम्मको अस्वस्थतामा राज्यको रेखदेख, व्यवस्था, सञ्चालन आदिको भार लिने व्यक्ति।
74559 राजस ना. १. मनको कुनै किसिमको आवेग वा क्रोध; रजोगुण।
74560 राजस ना. २. राजाको पद वा सिंहासन।
74561 राजस ना. ३. राज्यको शासन गर्ने अधिकार। वि.
74562 राजस ना. ४. रजोगुणबाट उत्पन्न; रजोगुणी।
74563 राजसत्ता ना. १. राज्यको शक्ति वा सामर्थ्ययुक्त स्वामित्व; प्रभुसत्ता; राज्याधिकार।
74564 राजसत्ता ना. २. राजतन्त्र।
74565 राजसत्तात्मक वि. राज्यको शासनप्रणाली, सिद्धान्त आदिमा राजाको सत्ता प्रधान रूपमा रहेको।
74566 राजसदन ना. राजदरबार; राजप्रासाद; राजभवन।
74567 राजसभा ना. राजाहरूको वा राजाको उपस्थिति भएको भाइभारदारहरूसहितका गण्यमान्य व्यक्तिहरूको सभा; भारदारीसभा।
74568 राजसिंहासन ना. राजतन्त्रात्मक मुलुकमा कुनै विशेष अवसरमा राजा बस्ने आसन; राजगद्दी।
74569 राजसी वि. १. राजाहरूलाई सुहाउने वा राजाहरूको जस्तो; राजोचित।
74570 राजसी वि. २. रजोगुणसम्बन्धी; रजोगुणको।
74571 राजसेवक ना. १. राज्यको सेवा गर्ने व्यक्ति; राजकर्मचारी।
74572 राजसेवक ना. २. राजाको सेवक।
74573 राजसेवा ना. १. सरकारी विभिन्न पदमा बहाल रहेर गरिने राज्यको सेवा वा नोकरी।
74574 राजसेवा ना. २. राजाको सेवा।
74575 राजस्व ना. मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन।
74576 राजस्व न्यायालय वि. राजस्वसम्बन्धी सिलसिलामा उठेका मुद्दामामिलाको कारबाई गर्ने अदालत।
74577 राजहंस ना. खुट्टा र चुच्चो रातो हुने ठुलोखाले एक जातको हाँस; रजहाँस। स्त्री. राजहंसी।
74578 राज हुनु अ.क्रि. आसन ग्रहण गर्नु; बस्नु (विशिष्ट आदरार्थी प्रयोगमा)। (उदा.- जुवाइँ साहेब, यता राज होस्।)
74579 राजा ना. १. राजतन्त्रात्मक मुलुकमा वंशपरम्पराअनुसार उत्तराधिकार प्राप्त हुने तथा त्यहाँको शासन सञ्चालन गर्ने प्रमुख शासक।
74580 राजा ना. २. बालकप्रति स्नेह जनाउने शब्द। वि.
74581 राजा ना. ३. प्रमुख; विशेष।
74582 राजाङ्क ना. राजचिह्न; सरकारी छाप।
74583 राजाज्ञा ना. राजाबाट भएको आज्ञा वा हुकुम।
74584 राजाधिदेव ना. राजा वा प्रमुख शासकलाई निजी खर्चका निम्ति सरकारी कोषबाट दिइने रकम।
74585 राजाम्र ना. राजआँप।
74586 राजाश्रित वि. राजाको आश्रयमा बाँचेको; राजाबाट आश्रित।
74587 राजिका ना. ठुला पात हुने, तरकारी खानमा प्रसिद्ध सागविशेष; रायो; रायोको साग।
74588 राजी ना. १. कुनै कुरामा जनाइने सहमति; मन्जुरी। वि.
74589 राजी ना. २. मानेको; मन्जुर; सहमत।
74590 राजीखुसी ना. १. मनोमानसँग गरिएको मन्जुरी र प्रसन्नता; खुसीराजी।
74591 राजीनामा ना. १. आफ्नो हकमा रहेको घर-जग्गा आदि बिक्री गरेर खुसीसाथ छोड्ने काम वा सो छोड्दा ऐननियमअनुसार लेखिदिने कागत।
74592 राजीनामा ना. २. कुनै पनि कर्मचारी वा सङ्घसंस्थाका सदस्यहरूले अशक्तता वा परिस्थिति देखाई आफू रहेको पद, अधिकार आदि छोड्ने काम; त्यसरी छोड्दा सम्बन्धित अड्डामा प्रस्तुत गर्ने त्यागपत्र; इस्तिफा।
74593 राजीबाजी ना. परस्परमा प्रसन्नतापूर्वक भएको मन्जुरी; राजीखुसी।
74594 राजु वि. राजी।
74595 राजेन्द्र ना. राजाहरूका पनि राजा; राजाधिराज।
74596 राजेन्द्र वीरविक्रम शाह ना. वि. सं. १८७० मा जन्मी १८७३ मा राजगद्दीमा बस्ने र वि. सं. १९३८ मा दिवङ्गत भएका नेपालका शाहवंशीय पाँचौँ राजा।
74597 राजै ना. लोकव्यवहारमा राजा वा प्रिय व्यक्तिलाई सम्बोधन गरिने शब्द। (उदा.- कहिले भेट होला है राजै, यो जिन्दगानीमा। माधव घिमिरे।)
74598 राजोपकरण ना. राजाका झन्डा, छत्र, चमर, दण्ड आदि चिह्न; राजचिह्न।
74599 राज्ञी ना. १. बडामहारानी; पट्टमहिषी।
74600 राज्ञी ना. २. राजसिंहासनमा बसेकी स्त्री।