Dictionary

All Word

74651 राते२ ना. २. रतुवा (मृग)। वि.
74652 राते२ ना. ४. रातो भएको; रातो रङको।
74653 रातेघाँस ना. खरपाखामा उम्रने टुप्पामा छाताजस्तो भएको एक प्रकारको घाँस।
74654 रातेमृग ना. स्तनधारी समूहमा पर्ने, रातोरातो खालको, भालेमा कस्तूरी मृगको जस्तै दाह्रा निस्कने र सानो सिङ हुने, भुक्तै हिँड्ने एक जातको मृग।
74655 रातो वि. १. सिन्दूर, रगत आदिको जस्तो रङ्ग भएको; रक्त; लाल। स्त्री. राती। ना.
74656 रातो वि. २. रगतजस्तो रङ; लाल।
74657 रातो अचानु ना. १. कुनै काम फत्ते गरेबापत लिम्बू आदि जातिले आफ्नो सभामा कुखुरो काटेर भए पनि रगतले अचानु रातो पार्ने काम।
74658 रातो अचानु ना. २. त्यस्तो सभा टुङ्गिएपछिको भोज।
74659 रातो उखु ना. गाढा रातो रङको डाँठ हुने एक जातको उखु।
74660 रातो कमिलो ना. टोक्ने र पिसाब गर्ने काम एकै चोटि गर्ने मसिनु खालको कमिलो।
74661 रातो गेवँरा ना. रातो डाँठ हुने गेवँरा उखुको एक जात।
74662 रातो चारपाटे ना. साधारण हरिया डल्ला तर तिखा टुप्पा भएको पात हुने निलो गुलाफी वा बैजनी रङको फूल फुल्ने एक जातको अग्लो बुटीवशेष।
74663 रातोचुच्चे काग ना. जिउ कालो भई चुच्चो र खुट्टा रातो हुने, गाउँहुँदी आएर चारा खोजी खाने, जमातमा र एक्लै पनि हिँड्ने काग जस्तै चरो।
74664 रातो च्याउ ना. जमिनमा उम्रने छाताको आकार र सिन्दूरजस्तो रङ भएको खान हुने एक च्याउ।
74665 रातो जाँड ना. नेवारजातिका विभिन्न पूजा-आजामा चाहिने, हकुवा चामलको खाजाद्वारा तयार पारिएको, धेरै समयसम्म राख्न सकिने र पुरानो हुँदै जाने, रातो रङ भएको विशेष जाँड (ह्याउँथो)। (यस्तो जाँड बनाउने घ्याम्पो रहेको घरमा चट्याङ पर्दैन भन्ने जनविश्वास छ र यो जाँड रजस्वला, पाठेघर आदिको स्त्रीरोगमा औषधीका रूपमा पनि प्रयोग गरिन्छ।)
74666 रातो टाटो ना. सूर्य; घाम (उदय र अस्तमा)।
74667 रातोडाँठे घाँस ना. साधारण हरिया डाँठ भएका वा नभएका मालाकार पात हुने, टुप्पामा सेता फूल फुल्ने, हिमालमा हुने एक जातको बुटी।
74668 रातोदिन क्रि.वि. जत्तिखेर पनि; रात र दिनभरि; रातदिन; हरबखत; अहोरात्र।
74669 रातो पानीबेत ना. ठुला रुखमा जेलिएर रहने, डाँठ र पातमा ससाना काँडा हुने, प्रायः सुक्खा ठाउँमा पाइने पानीबेतमध्ये कमसल खालको बेत; कुखुरे बेत।
74670 रातो पान्डा ना. हिमाली भेगतिर पाइने, घरबिरालोजत्रै कालो पेट र रातो भुवादारी जिउ भएको मांसाहारी समूहमा पर्ने तर शाकाहारी एक जन्तु।
74671 रातोपिरो वि. हृष्टपुष्ट र गालामा रगत चढेको; भरभराउँदो र मनपर्दो। स्त्री. रातीपिरी।
74672 रातो बलु ना. ठुला पात हुने र राता फूल फुल्ने एक जातको बलु।
74673 रातो मत्स्येन्द्रनाथ ना. ललितपुरमा बुङमतीदेखि रथ तानेर जाउलाखेलसम्म ल्याई प्रतिवर्ष प्रसिद्ध ऐतिहासिक भोटो देखाउने जात्रा गरिने एक देवता।
74674 रातो मन्सरा ना. बोक्रा रातो हुने मझौला खालको एक जातको धान वा त्यसैको चामल।
74675 रातो माटो ना. घर लिपपोत गरिने रातो रङगको एक प्रकारको माटो।
74676 रातो मार्सी ना. मार्सी जातको रातो रङ हुने धान वा त्यसैको चामल; रक्तशाली; जाडेमार्सी।
74677 रातो मुख ना. रिसाउँदा वा लाज मान्दा हुने मुखको रातो वर्ण।
74678 रातो मुनियाँ ना. रातो रङ्ग भएको सानो मुनियाँ चरो।
74679 रातो सिमी ना. रातोरातो गेडा हुने सिमीको एक जात।
74680 रात्तै निपा. उदेक, आश्चर्य आदि जनाउँदा प्रयुक्त हुने शब्द। (उदा.- तिमीले भन्दैमा कहाँ मान्छु र रात्तै।)
74681 रात्रि ना. १. रात; रजनी; निशा। चर- वि.
74682 रात्रि ना. १. राती हिँड्ने।
74683 रात्रि ना. २. निशाचर; राक्षस।
74684 रात्रि पाठशाला ना. प्रायः प्रौढहरूलाई पढाइने, राति कक्षा चल्ने विद्यालय।
74685 रात्रिभोज ना. विशिष्ट वा आमन्त्रित अतिथिहरूलाई राती दिइने औपचारिक भोज; रातको भोजन।
74686 रात्र्यन्ध वि. राती आँखा नदेख्ने रोग लागेको; रतौंधी रोग लागेको।
74687 राधा ना. १. महाभारतकालीन वृषभानुकी छोरी र कृष्णकी प्रियतमा; राधिका।
74688 राधा ना. २. महाभारतका प्रसिद्ध योद्धा कर्णलाई पाल्ने एक स्त्री।
74689 राधा ना. ३. वैशाख पूर्णिमा।
74690 राधा ना. ४. विशाखा नक्षत्र।
74691 राधा ना. ५. समृद्धि।
74692 राधिका ना. कृष्णकी प्रेमिका; राधा।
74693 रानी ना. १. राजाकी पत्नी; राजमहिषी; महारानी।
74694 रानी ना. २. आफैं राज्यसञ्चालन गर्ने स्त्री।
74695 रानी ना. ३. स्त्रीहरूलाई सम्मान जनाउने शब्द।
74696 रानी अर्चले ना. कुटमिराको जस्तो बोट र पात हुने, कालो फल लाग्ने र वैशाखजेठतिर पाक्ने एक जातको अर्चले।
74697 रानी करेला ना. साधारणभन्दा केही ठुलो लाम्चो खालको करेला।
74698 रानीखेत ना. कुखुराहरूलाई लाग्ने एक सङ्क्रामक रोग।
74699 रानीचरी ना. १. प्राय: केराका घारी, झाङ आदिमा रहने राम्रो र रङ्गीचङ्गी हुने सानो एक जातको चरो।
74700 रानीचरी ना. २. पासाको एक किसिमको खेलविशेष।