Dictionary

All Word

74801 राम्रो मुख ना. १. नरम वा मिठो बोलीवचन; सोझो मुख।
74802 राम्रो मुख ना. २. सुन्दर अनुहार वा चेहरा।
74803 राय ना. १. कुनै कुरा, पक्ष, सिद्धान्त आदिमा व्यक्त गरिने विचार, आशय; मत।
74804 राय ना. २. कुनै विषयमा कसैलाई दिइने उचित सुझाउ; सल्लाह; सम्मति।
74805 रायछनक ना. राय दिने सङ्केत; सम्मति वा सरसल्लाहको आभास।
74806 रायबझाइ ना. कुनै कुरामा कसैको सहमति र कसैको असहमति भई विचार नमिल्ने स्थिति; दुई थरीको कुरा फाट्ने काम; रायबाझो।
74807 रायबाझो ना. परस्पर राय फाटेर वा नमिलेर, अलगअलग राय हुने काम।
74808 रायफैसला ना. हाकिम, तहरिर र असिस्टेन्टका बिचमा राय फाटी वा नमिली गरिएको साधक फैसला।
74809 रायल वि. १. राजकीय; शाही। ना.
74810 रायल वि. २. छब्बिस इन्ची लमाइ र बिस इन्ची चौडाइ हुने कागतको नापोविशेष।
74811 रायल्टी ना कुनै वस्तुका कर्ता वा कृतिका लेखकलाई निजमा रहेको स्वत्वाधिकार वा स्वामित्वका निम्ति दिइने उक्त वस्तु वा कृतिबाट भएका लाभको केही अंश; लेखकस्व।
74812 रायो ना. १. तोरीका जस्ता कोसा, पहेँला फूल र ठुलठुला पात हुने, तरकारीका निम्ति प्रसिद्ध एक जातको साग वा त्यसको तोरीजस्तो गेडा (फल); राई; पाच्छैं।
74813 रायो ना. २. पिप्लाको बीज।
74814 रारा ना. पश्चिमी नेपालमा कर्णाली अञ्चलको मुगु जिल्लामा पर्ने प्रसिद्ध स्थल।
74815 रारा दह ना. रारा गाउँको दक्षिण किनारामा रहेको एक प्रसिद्ध ताल।
74816 राल ना. मुख रसाएर चुहिने लेसाइलो थुक; र्‍याल।
74817 रालग्रन्थि ना. राल छोड्ने ग्रन्थि वा इन्द्रिय ।
74818 रालघोल ना. १. एकै ठाउँमा मुछिने वा मिल्ने काम।
74819 रालघोल ना. २. तानातान, खिचातानी।
74820 राले ना. १. लुगामा राल नचुहियोस् भनी केटाकेटीका गलामा बाँधेर लगाइने वस्त्र। वि.
74821 राले ना. २. राल काढिरहने।
74822 रालो ना. घण्टाको बिचमा रहने र हल्लाउँदा घण्टा बज्ने दण्डाकार लङ्गुर।
74823 रावण ना. १. लङ्काको राजा तथा रामद्वारा मारिएको रामायणको प्रसिद्ध प्रतिनायक। वि.
74824 रावण ना. २. हाहाकार गराउने; अत्याचारी; दुष्ट र मिचाहा।
74825 रावन्ने ना. हे. रावण।
74826 रावन्ने मुला ना. गोठालेमुला; वनमुला।
74827 राशन ना. हे. रासन।
74828 राशि ना. १. कुनै वस्तुको रास वा थुप्रो।
74829 राशि ना. २. क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन- यी बाह्र ताराहरूको समूह।
74830 राशि ना. ३. सङ्ख्या; अङ्क।
74831 राशिचक्र ना. मेष, वृष, मिथुन आदि राशिहरूको चक्र वा मण्डल।
74832 राशिनाम ना. जन्मेका समयको नक्षत्रअनुसार जुराई राखिएको नाउँ; चिह्नाको नाम।
74833 राष्ट्र ना. १. जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न भएको कुनै देश; मुलुक।
74834 राष्ट्र ना. २. एकै देशका एउटै संस्कृति तथा अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक; जनता।
74835 राष्ट्रॠण ना. विभिन्न योजना चलाउनका निम्ति तोकिएको समयसम्ममा उचित ब्याज दिने गरी राष्ट्रले सर्वसाधारण जनतासँग लिने ॠण।
74836 राष्ट्रघातक वि. राष्ट्रको हत्या वा ठुलो हानि हुने काम गर्ने।
74837 राष्ट्रघाती वि. राष्ट्रको हत्यारो; राष्ट्रघातक।
74838 राष्ट्रनायक ना. कुनै राष्ट्रका प्रमुख नेता।
74839 राष्ट्रनिर्माण ना. नयाँ राष्ट्र बनाउने वा कुनै राष्ट्रको उन्नति-प्रगति गर्ने काम।
74840 राष्ट्रनिर्माता ना. १. नयाँ राष्ट्रको सङ्गठन वा संरचना गर्ने व्यक्ति।
74841 राष्ट्रनिर्माता ना. २. पृथ्वीनारायण शाहलाई दिइएको उपाधि।
74842 राष्ट्रपति ना. गणतान्त्रिक शासन- प्रणालीअनुसार बहुमतद्वारा निर्वाचित कुनै राष्ट्रका सर्वप्रधान शासक वा प्रतिनिधि।
74843 राष्ट्र परिषद् ना. राष्ट्रका प्रमुख समस्यामा सल्लाह तथा सहयोग लिन गठित राष्ट्रका प्रतिनिधिहरूको परिषद्।
74844 राष्ट्रपाल ना. १. राजा; नृप।
74845 राष्ट्रपाल ना. २. राष्ट्रपति।
74846 राष्ट्रपिता राष्ट्रको स्वतन्त्रता, स्वाधीनता र लोकतन्त्रका लागि विशिष्ट योगदान गर्ने महान् व्यक्तिलाई सम्मानस्वरूप दिइने उपाधि।
74847 राष्ट्र बैङ्क ना. १. राष्ट्रका मुद्राको प्रचलन तथा नियन्त्रण गर्ने, आफ्नो राष्ट्रमा रहेका अन्य बैङ्कहरूको पुँजी सुरक्षाका निम्ति जम्मा गर्ने, सरकारी ॠणपत्रको प्रबन्ध गर्ने आदि कार्य गर्नगराउन विशेष अधिकारप्राप्त प्रधान ब्याङ्क, केन्द्रीय बैङ्क।
74848 राष्ट्र बैङ्क ना. २. नेपालको ऐनबमोजिम गठन भएको नेपाल राष्ट्र बैङ्कका नामले नेपाल अधिराज्यमा उपर्युक्त काम गर्ने प्रसिद्ध तथा प्रमुख बैङ्क।
74849 राष्ट्रभाषा ना. १. राष्ट्रको भाषा; कुनै राष्ट्रमा प्रचलित भाषा।
74850 राष्ट्रभाषा ना. २. कुनै राष्ट्रका बहुसङ्ख्यक जनताले बोल्ने, व्यवहार गर्ने र सरकारी अड्डाखानामा लेखापढी आदिमा चलेको प्रमुख भाषा।