Dictionary

All Word

74901 रासलीला ना. कृष्णले वृन्दावनमा गोपिनीहरूका साथ गरेको प्रमोदलीला; रासनृत्य।
74902 रासायन वि. रसायनसम्बन्धी; रासायनिक।
74903 रासायनिक वि. रसायन वा रसायनशास्त्रसम्बन्धी; रसायन।
74904 रासायनिक उर्जा ना. रासायनिक प्रक्रियाद्वारा उत्पन्न हुने ऊर्जा (शक्ति)।
74905 रासायनिक परिवर्तन ना. रासायनिक एवं भौतिक दुवै गुणमा परिवर्तन आउने मिश्रित वस्तुको रूपान्तरण।
74906 रासायनिक प्रतिक्रिया ना. दुई वा दुईभन्दा बढी रासायनिक यौगिक मिसाउँदा कुनै उत्प्रेरकका माध्यमले हुने आमूल परिवर्तन।
74907 रासैरास ना. धेरै रास; रासमाथि रास; रासका रास।
74908 रासोबासो ना. १. बरोबर आउनेजाने वा बस्ने गरेको ठाउँ।
74909 रासोबासो ना. २. बसोबासो।
74910 राह ना. १. बाटो; मार्ग।
74911 राह ना. २. परिआएको बेला बाटो बनाउने एक खालको रकम वा कर।
74912 राहत ना. प्राकृतिक प्रकोपमा परेकाहरूको वा दुःखीहरूको उद्धार गर्ने काम; अड्ने उपाय; सान्त्वना।
74913 राहतदानी ना. स्वदेशबाट विदेश जान वा विदेशबाट स्वदेश फिर्नका निम्ति सरकारसँग लिइने अनुमतिपत्र; पासपोर्ट।
74914 राहा ना. कुनै कुरामाथिको विचार; राय; मतो। (उदा.- अंशका कुरामा दाजुभाइको राहाबिराहा के छ पहिले त्यही बुझ्नु राम्रो होला।)
74915 राही ना. राह हिँड्ने; बटुवा।
74916 राहु ना. १. नौ ग्रहमध्ये एक र पुराणअनुसार समय-समयमा सूर्य वा चन्द्रमालाई छोप्ने ग्रह; पापग्रह।
74917 राहु ना. २. विप्रचित्ति र सिंहिकाका छोराको नाम।
74918 राहु ना. ३. अन्धकार। वि.
74919 राहु ना. ४. ज्यादै करेप्ने, पछेटा लाग्ने वा दुःख दिने (मानिस)।
74920 राहु ग्रास ना. सूर्य अथवा चन्द्रको ग्रहण।
74921 रिँग्नु अ.क्रि. फेरो मारेर वा फनफनी घुम्नु; चारैतिर डुल्नु; चक्कर खानु। (उदा.- सिङ्गै सहर रिँगेर पनि डाक्टरले लेखेको औषधी पाइएन।)
74922 रिँगटा ना. १. दुब्लोपन, गर्मी, डर आदिले वा फनफनी घुम्दा आफू वरिपरिका दृश्य, पदार्थ सबै घुमेजस्तो हुने भान वा टाउको घुमेजस्तो लाग्ने व्यथा; फनफने।
74923 रिँगटा ना. २. चक्कर लाग्ने वा घुम्ने अवस्था; भाउन्न; भर्मन।
74924 रिँगटे वि. रिँगटा लाग्ने वा लगाउने (पिङ, खेल आदि)।
74925 रिँगा ना. ओखर जस्तै एक प्रकारको सानो जङ्गली फल।
74926 रिँगाइ ना. रिँग्ने भाव, क्रिया वा प्रक्रिया।
74927 रिँगाइनु क.क्रि. रिँग्न लाइनु; फनफनी घुमाइनु।
74928 रिँगाउनु प्रे.क्रि. रिँग्न लाउनु; फनफनी घुमाउनु।
74929 रिँगिनु अ.क्रि. फनफनी घुमिनु।
74930 रिँग्ने वि. १. रिँगाउने वा घुमाउने।
74931 रिँग्ने वि. २. दुःख दिने। ना.
74932 रिँग्ने वि. ३. कसैलाई गाली गर्दा प्रयोग गरिने शब्द। (उदा.- तेरीमा रिँग्ने, बिनसित्ति अरूलाई किन मुख छोडेको?)
74933 रिँध्नु स.क्रि. खाने-पिउने कुरो तयार पार्नु वा पकाउनु; बनाइतुल्याइ गर्नु; राँध्नु।
74934 रिँधाइ ना. रिँध्ने भाव, क्रिया वा प्रक्रिया।
74935 रिँधाइनु क.क्रि. रिँध्न लाइनु।
74936 रिँधाउनु प्रे.क्रि. रिँध्न लाउनु; रिँध्ने पार्नु वा लाउनु।
74937 रिँधिनु क.क्रि. रिँध्ने काम गरिनु।
74938 रिकर्ड/रिकाट ना. हे. रेकर्ड।
74939 रिकापी ना. गहिराइ कम भएको उत्तानो कचौरा वा सानो थलिया; रिकाबी।
74940 रिकाब ना. घोडा चढ्दा गोडा अड्याउने काठीमा झुन्ड्याइएको पाउदान।
74941 रिकाब द्वार ना. काठीका दायाँबायाँ दुवैतिर रिकाब अड्याउन बाँधिने छालाको फित्ता।
74942 रिकाबी ना. हे. रिकापी।
74943 रिकुट ना. नयाँ भर्ती भएको सैनिक वा सिपाही।
74944 रिकुटे ना. १. रिकुट भएको व्यक्ति; नयाँ सिपाही। वि.
74945 रिकुटे ना. २. रिकुटमा भर्ती भएको; रिकुटको।
74946 रिक्त वि. १. कुनै पद, स्थान, असर, सङ्ख्या आदि खाली भएको; रित्तो; शून्य।
74947 रिक्त वि. २. केही नभएको; कङ्गाल; निर्धन, गरिब।
74948 रिक्तता ना. रित्तो हुने अवस्था वा छाँट; रित्तोपन; खालीखाल्चा।
74949 रिक्ता ना. चौथी, नवमी र चतुर्दशी तिथि।
74950 रिक्थ ना. सम्पत्ति; धन; माल।