Dictionary

All Word

75001 रितरोह ना. नियम-काइदा; रीतभाँत।
75002 रित्तिनु अ.क्रि. कुनै वस्तु राखेको ठाउँबाट सकिनु; बाँकी नरहनु; खाली हुनु; रित्तो हुनु।
75003 रित्त्याइ ना. रित्तिने र रित्याउने क्रियाप्रक्रिया।
75004 रित्त्याइनु क.क्रि. रित्तो पारिनु।
75005 रित्याउनु प्रे.क्रि. बाँकी नराख्नु; रित्तो पार्नु; खाली गर्नु।
75006 रित्तो वि. १. भित्र केही नभएको; खाली।
75007 रित्तो वि. २. सारहीन; निस्सार; खोक्रो। स्त्री. रित्ती।
75008 रित्तो फुक्लो वि. हातमा वा साथमा केही वस्तु नभएको; अल्झोबिल्झो केही नभएको; स्वतन्त्र। स्त्री. रित्तीफुक्ली।
75009 रिन ना. भाकाभित्र ब्याजसुद्ध अथवा ब्याजविना साँवा मात्र बुझाउने गरी सापटी लिएको धन; ॠण।
75010 रिनधन ना. रिन काढिएको धन आदि; सरसापट; ऐँचोपैँचो।
75011 रिनाहा वि. रिन लिइरहने; रिनबाट नउक्सने।
75012 रिनाही वि. रिन लिने (स्त्री)।
75013 रिनी वि. रिन लिने (व्यक्ति); ॠणी।
75014 रिनीधनी वि. रिन लिने र रिन दिने व्यक्तिहरू।
75015 रिप ना. १. ज्यादै ओस लाग्ने ठाउँ; चिसमिरो जमिन।
75016 रिप ना. २. हिलो।
75017 रिपु१ ना. शत्रु; वैरी।
75018 रिपु२ वि. अत्यन्त निपुण; औधी सिपालु; पोख्त।
75019 रिपोट/रिपोर्ट ना. १. कुनै उल्लेख्य घटना वा कामकुरा आदिका बारेमा कसैलाई दिइने सूचना; कार्यविवरण।
75020 रिपोट/रिपोर्ट ना. २. कुनै निकासा लिनुपर्ने वा अवगत गराउनुपर्ने कुराको विवरण लेखी तालुकवालाकहाँ गरिने जाहेरी; प्रतिवेदन।
75021 रिपोर्ट दस्तुर ना. १. कुरा गर्न खोजेको मानिस फेला नपरेमा लाग्ने दस्तुर वा रकम।
75022 रिपोर्ट दस्तुर ना. २. पहुँचदस्तुर।
75023 रिपोर्टर ना. १. सभासमिति आदिमा भएका कामकुराको विवरण लेख्ने व्यक्ति।
75024 रिपोर्टर ना. २. समाचारपत्रको संवाददाता। वि.
75025 रिपोर्टर ना. ३. रिपोर्ट गर्ने वा रिपोर्ट दिने; प्रतिवेदक।
75026 रिबन ना. सिँगारपटार आदिको काम लिइने, नाइलनले बुनेको विभिन्न रङको पट्टी वा फित्ता।
75027 रिभल्भर ना. भित्री चक्का क्रमैले घुमेर एक-एकवटा गरी छुट्ने, गोली भर्न हुने पिस्तोलका ढाँचाको एक शस्त्र।
75028 रिम ना. जिस्ताको पच्चिस ताउका हिसाबले पाँच सय ताउ र चौबिस ताउका हिसाबले चार सय असी ताउ पनि हुने, बिस जिस्ता कागतको खात वा बिटो।
75029 रिमा ना. प्रेमीले प्रेमिकालाई बोलाउँदा प्रयोग हुने पुरानो शब्द; मायालु।
75030 रिमै ना. रीमा।
75031 रिमझिम ना. १. चटक, तमासा, उत्सव आदिको रमाइलो; रमिता। क्रि.वि.
75032 रिमझिम ना. २. हल्का पानी पर्ने चालले; रिमरिम; सिमसिम।
75033 रिमठिम ना. चालचलन; रीतिथिति।
75034 रिमरिम क्रि.वि. १. अलिअलि उज्यालो हुने किसिमले; मिरमिर; झसमिस।
75035 रिमरिम क्रि.वि. २. हल्का चालले पानी पर्ने गरी; रिमझिम।
75036 रिमरिमे वि. रिमरिम भएको वा परेको; सिमसिमे (पानी)।
75037 रिमीझिमी ना. १. रमाइलो; रमिता; रिमझिम। क्रि.वि.
75038 रिमीझिमी ना. २. सिमसिम।
75039 रिमोट कन्ट्रोल ना. कुनै यान्त्रिक उपकरणलाई निश्चित दुरीबाट नियन्त्रण गर्ने विद्युतीय संयन्त्र।
75040 रिम्ट ना. घुम्ने काम; घुमाइ।
75041 रिम्टनु अ.क्रि. चक्कर लिनु; घुम्नु।
75042 रिम्टाइ ना. रिम्टने क्रिया वा प्रक्रिया।
75043 रिम्टाइनु क.क्रि. रिम्टन लाइनु।
75044 रिम्टाउनु प्रे.क्रि. रिम्टन लाउनु वा रिम्टने पार्नु।
75045 रिम्टिनु अ.क्रि. रिम्टनु।
75046 रिम्बोर्छे ना. सेर्पाजातिका कुलदेवता वा गुरु।
75047 रियाज ना. कुनै कुशलताको प्राप्तिका निमित्त गरिने रटाइ; रफत; अभ्यास।
75048 रियाजी वि. १. रियाज गर्ने; रफत गर्ने।
75049 रियाजी वि. २. रियाजसम्बन्धी; रियाजको।
75050 रियासत ना. प्रान्तका रूपमा रहेको वा सानोतिनो राज्य; सामन्त राज्य।