Dictionary

All Word

75101 रुँदै ना. पानी पर्न आँटे झैँ भई धुम्मिएको बादल; बदली।
75102 रुँदाइ ना. रुँदिने भाव, क्रिया वा प्रक्रिया।
75103 रुँदिनु अ.क्रि. पानी पर्लाजस्तो भई बादल लाग्नु; धुम्मिनु।
75104 रुँध्नु स.क्रि. अगाडि बढ्न नदिनु; कामकाज आदि गर्न नदिनु; रोक्नु।
75105 रुँधाइ ना. रुँध्ने क्रिया वा प्रक्रिया।
75106 रुँधाइनु क.क्रि. रुँध्न लाइनु।
75107 रुँधाउनु प्रे.क्रि. रुँध्न लाउनु।
75108 रुँधिनु अ.क्रि. १. रुँध्ने काम हुनु। क.क्रि.
75109 रुँधिनु अ.क्रि. २. रुँध्ने काम गरिनु।
75110 रुनु अ.क्रि. १. मन दुःखित भएर आँसु चुहाउँदै विलाप गर्नु; रुदन गर्नु; सुँक्कसुँक्क गर्नु वा डाँको छोड्नु।
75111 रुनु अ.क्रि. २. कसैको अप्रिय व्यवहारबाट हैरान हुनु।
75112 रुनु अ.क्रि. ३. ज्यादै दुःखित वा खिन्न हुनु।
75113 रुनु अ.क्रि. ४. कसैसँग गएर दुःखपुकारा गर्नु; मनको बह पोख्नु।
75114 रुई ना. रुवो; कपास।
75115 रुईदार/दारी वि. भित्र रुवो भएको वा रुवो हाली तगिएको रुवावाला; तकुवा (वस्त्र)।
75116 रुका ना. राजाको आज्ञापत्र (दिव्य.); रुक्का।
75117 रुकुम ना. नेपालको रापती अञ्चलमा पर्ने एक जिल्ला।
75118 रुकुमा ना. प्रेमिकाले 'बिकरम' भनी सम्बोधन गर्दा प्रेमीले भन्ने पुरानो शब्द।
75119 रुकुमै ना. रुकुमा।
75120 रुक्का ना. राणाशासनभन्दा पहिले श्री ५ को र राणाशासन सुरु भएपछि श्री ३ को हुकुमको तोक लेखिएको सानो पत्र; सानो कागतमा टिप्पणी लेखी थिति बाँधिने एक प्रकारको ऐन वा शासनपत्र; हुकुमी आज्ञा।
75121 रुक्कादस्खत ना. दस्तखतसहित प्रचारमा ल्याइएको रुक्का वा आज्ञापत्र।
75122 रुक्खो वि. रुखो।
75123 रुक्मिणी ना. कृष्णकी प्रथम पटरानी।
75124 रुख१ ना. १. अनुहारबाट खुल्ने मनको भाव।
75125 रुख१ ना. २. आकृति; चेहरा; मुख।
75126 रुख१ ना. ३. झुकाउ; चेष्टा।
75127 रुख२ ना. मास्तिर हाँगा हाल्ने र तलतिर जरा गाड्ने कुनै पनि बोट; वृक्ष; तरु।
75128 रुख कटहर ना. रुखमा फल्ने ठुलो कटहर; कटहर।
75129 रुखकाने ना. हरिया, तिखा टुप्पा भएका पात हुने, पहेँला फूल फुल्ने एक जातको साह्रो लहरो।
75130 रुखकेशर ना. साधारण पातमाथि चिल्लो टल्कने खालको फूल फुल्ने एक जातको रुख वा त्यसैको विभिन्न आकार हुने सुपारीजस्तो फल; नागेश्वरी।
75131 रुखपात ना. रुख, पोथ्रा, बुटा आदि; रुख र पात।
75132 रुखबयर ना. सानासाना पात हुने र पहेँला फूल फुल्ने एक जातको काँढे रुख वा त्यसैको खैरो फल।
75133 रुखसिमाली ना. सिमाली वृक्ष; सेतो सिमाली।
75134 रुखसत ना. १. छुट्ने काम; छुटकारा; मुक्ति।
75135 रुखसत ना. २. जाने वा हिँड्ने काम; प्रस्थान।
75136 रुखाइ ना. रुखो हुनाको भाव, क्रिया वा प्रक्रिया।
75137 रुखासुखा वि. रुखो र सुक्खा; रुखोसूखो।
75138 रुखिनु अ.क्रि. १. चिल्लो, रसिलो आदि नभई रुखो हुनु; फुस्रिनु।
75139 रुखिनु अ.क्रि. २. मलिलो नहुनु।
75140 रुखिनु अ.क्रि. ३. लालायित हुनु; औताउनु।
75141 रुखो वि. १. चिल्लो नभएको; स्निग्ध नभएको; खस्रो; फुस्रो।
75142 रुखो वि. २. शील, स्वभाव, विनय, नम्रता आदि गुण नभएको; ठर्रो; बिरसिलो; बिझाउने; कर्कश (बोली)।
75143 रुखो वि. ३. पोस र बल लाग्ने कुरो नभएको; सारहीन।
75144 रुखो वि. ४. उब्जनी नहुने; ऊषर (जमिन)।
75145 रुखोसुखो वि. चिल्लोचापुल्लो र रसिलोपोसिलो नभएको (खानेकुरो)।
75146 रुख्याइ ना. रुखिने वा रुख्याउने काम।
75147 रुख्याउनु प्रे.क्रि. १. रुखो पार्नु; फुस्य्राउनु।
75148 रुख्याउनु प्रे.क्रि. २. कसैको चित्त दुखाउनु।
75149 रुख्याउनु प्रे.क्रि. ३. अरूलाई लालायित तुल्याउनु।
75150 रुख्याहा वि. रुखिएको; रुखो पार्ने खालको। स्त्री. रुख्याही।