Dictionary

All Word

75251 रुपी ना. कलेजी भुईँमा सेता धर्के टीका हुने, पहेँलो चुच्चो भएको, नुहाएर कोरीबाटी गरेझैं देखिने एक जातको चरो, सारौँ ।
75252 रुपैयाँ ना. हे. रुपियाँ।
75253 रुपैयाँ पैसा ना. रुपियाँ पैसा।
75254 रुपौला वि. १. चाँदीको जस्तो रङको; सेतो। ना.
75255 रुपौला वि. २. त्यस्तो रङको धुलो।
75256 रुपौला मसी ना. चाँदीजस्तो रङको अक्षर लेख्ने मसी।
75257 रुपौलो वि. चाँदीजस्तो सेतो; चाँदीका रङको; सफेद। स्त्री. रूपौली।
75258 रुप्सिलो वि. रूप राम्रो भएको; उज्यालो अनुहारको (उदा.- नेपालमा कतै तारेभीर छ भने कतै रुप्सिलो छहरो पनि छ)।
75259 रुप्से वि. रुप्सिलो; धेरै राम्रो (जस्तै- रुप्से छहरो)।
75260 रुबल ना. सोभियत रुसमा प्रचलित सय कोपेक मूल्यको सिक्का वा मुद्रा।
75261 रुबाई ना. उर्दूफारसीमा चार चरण हुने एक प्रकारको मुक्तक कविता वा सो कविता लेखिने छन्दको एक शैली।
75262 रुमल्नु स.क्रि. सबैतिर पुग्ने वा ढाक्ने किसिमले घुमाउनु; ओल्टाइपल्टाइ गर्नु।
75263 रुमलाइ ना. रुमल्ने क्रिया वा प्रक्रिया।
75264 रुमलिनु अ.क्रि. १. हराएजस्तो वा कता हो कता भएर अलमलिनु; रुमलोमा पर्नु।
75265 रुमलिनु अ.क्रि. २. धुवाँ, बाफ, कुहिरो आदि बाटो नपाएर परिधिभित्रै घुम्नु। क.क्रि.
75266 रुमलिनु अ.क्रि. ३. ओल्टाइपल्टाइ गरिनु।
75267 रुमलो ना. १. कामको चटारो वा चेपाचेपले हुने झमेला; अल्झोबिल्झो।
75268 रुमलो ना. २. धुवाँ रङमङिएर निस्कने ठुलो मुस्लो।
75269 रुमल्याइ ना. रुमलिने काम वा किसिम।
75270 रुमल्याहट ना. रुमलिने अवस्था वा किसिम।
75271 रुमानी वि. शृङ्गारी; रोमान्सेली।
75272 रुमाल ना. हात-मुख र आङ पुछिने वा माल-सामान पोको पारिने, विभिन्न आकार-प्रकारको लाम्चिलो चारकुने कपडाको टुक्रो।
75273 रुमाले वि. १. गाउँठाउँका निवासीका दृष्टिमा सहरमा बसेकाले खान-लाउन धौधौ परेको; नबेसाई खान नपुग्ने (मान्छे); दरिद्र; कङ्गाल। ना.
75274 रुमाले वि. २. नेपालीहरूको एक थर।
75275 रुम्जाटार ना. ओखलढुङ्गा जिल्लामा पर्ने जोसमनी सम्प्रदायका सन्त ज्ञान दिलदासको प्रसिद्ध कर्मभूमि। नेपालको ठुलो टार। पुर्वेली गुरुङहरूको मुख्य वासस्थान।
75276 रुम्टाराम्टी ना. १. जग्गाजमिनका सानातिना धेरै टुक्रा; फोगटाफोगटी।
75277 रुम्टाराम्टी ना. २. राँटाराँटी।
75278 रुम्टो ना. १. जमिनको सानोतिनो टुक्रो; फोगटो।
75279 रुम्टो ना. २. राँटो।
75280 रुरु ना. प्रायः नदीनालाका छेउछाउमा देखिने, हाँगाबिँगा भएका सिङ, छोटो पुच्छर र खैरो वर्णको हुने एक जातको मृग।
75281 रुरु क्षेत्र ना. पाल्पा र गुल्मी जिल्लाको दोसाँधमा कालीगण्डकीको किनारमा पर्ने, माघे सङ्क्रान्तिमा र कात्तिक एकादशीदेखि पूर्णिमासम्म ठुलो मेला लाग्ने, हृषीकेशको मूर्ति भएको एक तीर्थस्थल। (यो मूर्ति पाल्पाली राजा मुकुन्दसेनले कालीगण्डकीमा स्नान गर्दा भेट्टाएर स्थापित गरेका हुन् भन्ने जनश्रुति छ।)
75282 रुल ना. १. नियम; काइदा; रीति।
75283 रुल ना. २. सोझो धर्को तान्न उपयोग गरिने काठ, प्लास्टिक आदिको साधनविशेष।
75284 रुल ना. ३. सादा, बुट्टे वा सानाठुला रेखा अङ्कित गर्ने टाइपको प्रकार।
75285 रुलदार वि. रुल वा धर्को भएको (कापी, कागत आदि)।
75286 रुलर ना. सोझो धर्को तान्नका निम्ति आड राखिने काठ, प्लास्टिक आदिको सामान; रुल।
75287 रुवाइ ना. रुने भाव, काम वा किसिम।
75288 रुवाइनु क.क्रि. रुने पारिनु।
75289 रुवाउनु प्रे.क्रि. १. दुःख दिनु।
75290 रुवाउनु प्रे.क्रि. २. रुने पार्नु; रुन लाउनु।
75291 रुवाबासी ना. रुने-कराउने काम; धेरै जनाको रुवाइ; रोइकराइ।
75292 रुष्ट वि. कुनै कार्यकारणले रिसाएको; कुपित; क्रुद्ध।
75293 रुष्टता ना. रुष्ट हुने स्थिति वा चाल; जङ्गिनेपन।
75294 रुस ना. एसियादेखि युरोपसम्म फैलिएको एक देश।
75295 रुसी वि. १. रुस-देशसम्बन्धी; रुस देशको।
75296 रुसी वि. २. रुस देशको निवासी। ना.
75297 रुसी वि. ३. रुस देशको भाषा।
75298 रुहाइ ना. रुहुने क्रिया वा प्रक्रिया।
75299 रुहाइनु क.क्रि. रुहुन लाइनु।
75300 रुहाउनु प्रे.क्रि. १. रुहुन लाउनु।