Dictionary

All Word

75401 रेखाचित्र ना. २. श्रव्यकाव्यमा गद्य फाँटअन्तर्गत; कथाभन्दा भिन्न खालको एक रूप; धर्का-चित्र।
75402 रेखाचित्रण ना. रेखाचित्र तयार पार्ने काम; खाकाखिचाइ।
75403 रेखात्मक वि. रेखा वा धर्का भएको।
75404 रेखात्मक पद्धति ना. रेखाद्वारा कुनै समस्या वा सूत्रको हल गरिने विधि।
75405 रेखाङ्कित सही ना. हातका बुढीऔँलाको छाप; औँठाछाप।
75406 रेखापत्र ना. १. विशेष सूचना आदि ज्ञान गराउन रेखाबाट बनेका चित्र अङ्कित भएको पत्र।
75407 रेखापत्र ना. २. सानासाना खाना (कोठा वा ग्राफ) बनाएर तालिका आदिको रूपमा दिइएको विवरण।
75408 रेखापत्र ना. ३. समुद्रको गर्भमा भएका चट्टान, डरलाग्दो ठाउँ आदि देखाउन समुद्री जहाजका कप्तानले प्रयोग गर्ने रेखाङ्कित पत्र।
75409 रेखापत्र ना. ४. उपभोग्य वस्तुका उत्पादन र मूल्य, तापमानको घटबढ आदि रेखाद्वारा देखाइने पत्र।
75410 रेखाबन्ध ना. कुनै विवादास्पद ठाउँमा व्यवस्थित तरिकाले सीमा छुट्ट्याउन लगाइने चिह्न; सीमारेखा।
75411 रेखी ना. १. कुनै धार्मिक मङ्गलकार्यमा देवता वा पूजाका पात्रहरूको स्थापनाका लागि अबिर, पिठो आदिले बनाइने चित्रमण्डल।
75412 रेखी ना. २. सानो वा मसिनु रेखा; धर्को।
75413 रेखो ना. सानो सेतो टुक्रो; डोरो; धर्को।
75414 रेखोपाखो ना. वरिपरि फिँजिएको वा फैलिएको थुप्रै पाखो जग्गा।
75415 रेगिस्तान ना. मरुभूमि।
75416 रेचक ना. १. दिसा लगाउने वा पखाला गराउने काम; जुलाफ।
75417 रेचक ना. २. दिसा लगाउने औषधी।
75418 रेचक ना. ३. प्राणायाम गर्दा सास बिस्तारै निकाल्ने विधि।
75419 रेचक ना. ४. कुनै पदार्थमा मिसिएको खराब तत्त्वलाई पृथक् पार्ने प्रक्रिया। वि.
75420 रेचक ना. ५. दिसा लगाउने; पखाला गराउने।
75421 रेचकी ना. प्राय: एकपैसेदेखि पच्चिसपैसेसम्मको चानचुने सिक्का; चानचुन; खुद्रा।
75422 रेचन ना. १. दिसा लगाउने काम वा त्यसका लागि खाइने औषधी।
75423 रेचन ना. २. कुनै पदार्थलाई शोधन गर्ने काम।
75424 रेचन ना. ३. प्राणायाम गर्दा भित्र तानेको श्वास बाहिर निकाल्ने प्रक्रिया।
75425 रेचन्का ना. अँडिरको समूहमा पर्ने, फलमा ग्रन्थि र रौँ भएको एक जातको वनस्पति।
75426 रेचित वि. १. रेचनक्रियाद्वारा बाहिर निकालिएको; जुलाफ गरिएको। ना.
75427 रेचित वि. २. नृत्यमा हातले भाउ लाउने एक प्रकार।
75428 रेचित वि. ३. घोडाको एक चाल।
75429 रेजगारी/रेजगी ना. रेचकी।
75430 रेजा ना. कुनै लेख, सूची, नामावली आदिमा छानिएको वा आवश्यक ठाउँमा लाइने विशेष चिनु (ख)।
75431 रेजिडेन्ट ना. १. आफ्नो देशको प्रतिनिधि भएर अर्को देशमा गई बस्ने राजकर्मचारी।
75432 रेजिडेन्ट ना. २. निवासी; बासिन्दा।
75433 रेजिमेन्ट ना. १. सेनाको कम्पनीभन्दा ठुलो समूह; गण। वि.
75434 रेजिमेन्ट ना. २. भएभरको; रिजिमन्ट; सम्पूर्ण।
75435 रेट्नु१ अ.क्रि. १. करौँतीले काटे जस्तै गरी काट्नु; सेर्नु।
75436 रेट्नु१ अ.क्रि. २. अरूलाई मर्का पार्ने किसिमले वा कसेर मोल लिनु।
75437 रेट्नु१ अ.क्रि. ३. कुनै धारिलो साधनले अर्को कुनै वस्तुमा घोट्नु।
75438 रेट्नु१ अ.क्रि. ४. सारङ्गी, बेला आदि तारबाजा बजाउनका निम्ति गजाले घोट्नु।
75439 रेट्नु२ ना. ग्राहक, असामी, मोही आदिलाई रेटेर वा कसेर रकम लिने व्यक्ति; रेटाहा मानिस (उदा.- साहिँलो साहुजस्तो रेट्नु त यो गाउँमा अरू कोही पनि छैनन्)।
75440 रेट ना. भाउ; दर।
75441 रेटाइ ना. रेट्ने काम वा किसिम।
75442 रेटाइनु क.क्रि. रेट्न लाइनु; सेराइनु।
75443 रेटाउनु प्रे.क्रि. रेट्न लाउनु; सेराउनु।
75444 रेटाहा वि. रेट्ने वा कस्ने स्वभावको; चुइयाँ।
75445 रेटिनु क.क्रि. रेट्ने काम गरिनु; सेरिनु।
75446 रेटीरेटी/रेटेरेटे ना. रेट्ने वा काट्ने काम; काटीकाटी (प्रायः बालबोलीमा)।
75447 रेडक्रस ना. विशेषतः युद्ध, प्राकृतिक सङ्कट वा दुर्घटना आदिका समयमा जनसेवाको काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था; सोही उद्देश्यले शाखा वा सङ्गठनका रूपका कुनै देशमा स्थापित र सञ्चालित निकाय; सेवा-संस्थान।
75448 रेडिएटर ना. इन्जिनलाई चिसो पार्न पानी दौडाउने जालीदार उपकरण।
75449 रेडियम ना. एक किसिमको प्रकाशमय बहुमूल्य खनिज धातु।
75450 रेडियो ना. १. तारको सम्बन्ध नभईकनै बिजुलीको सहायताद्वारा टाढाटाढाका शब्द ग्रहण गर्ने तथा खबर आदिको प्रसारण गर्ने प्रसिद्ध यन्त्र।