Dictionary

All Word

75451 रेडियो ना. २. एक्सरेद्वारा चित्र खिच्ने यन्त्र।
75452 रेडियो नाटक ना. रेडियोद्वारा प्रसारित हुने नाटक; ध्वनिनाटक।
75453 रेडियो वार्ता ना. १. रेडियोद्वारा प्रसारित गर्न लेखिएको कुनै एक प्रसङ्गमा आधारित लेख।
75454 रेडियो वार्ता ना. २. रेडियोमा प्रसारित गर्न दिइने वा लिइने अन्तर्वार्ता।
75455 रेडियोलजी ना. एक्सरेको फोटोका आधारमा रोगको निदान गर्ने विज्ञान।
75456 रेणु ना. १. धुलाको मसिनु कण; चूर्ण।
75457 रेणु ना. २. बालुवा।
75458 रेणु ना. ३. फूलको पराग।
75459 रेणुका ना. १. बालुवा।
75460 रेणुका ना. २. मसिनु कण; धुलो।
75461 रेत्नु स.क्रि. रेत लाउनु; रेतले खुर्कनु; कुँद्नु।
75462 रेत ना. १. काठ, धातु आदिलाई मसिनु धुलो आउने गरेर खुर्कने प्रसिद्ध ज्याबल; रेत्ने औजार।
75463 रेत ना. २. बालुवा।
75464 रेताइ ना. रेत्ने क्रिया वा प्रक्रिया।
75465 रेताइनु क.क्रि. रेत्न लाइनु।
75466 रेताउनु प्रे.क्रि. रेत्न लाउनु।
75467 रेतिनु क.क्रि. रेत्ने काम गरिनु।
75468 रेतिलो वि. १. रेतको जस्तै धार भएको।
75469 रेतिलो वि. २. बलौटे।
75470 रेती ना. काठपातको काममा करौँतीले काटेको भागलाई सम्म पारेर मिलाउँदै बिट मार्ने चेप्टो वा गोलो ज्याबल।
75471 रेन्चु ना. पेच, ढिम्री आदि कस्ने मुख भएको वा प्वाल परेको ज्याबल।
75472 रेन्ज ना. १. कुनै दुई स्थान वा पङ्क्तिको अन्तराल; दुरी।
75473 रेन्ज ना. २. भूगोलमा विषम धरातललाई सङ्केत गरिने भाग वा ठाउँ।
75474 रेन्जर ना. १. वनबगैँचाको रक्षा गर्ने व्यक्ति वा त्यस्तो काम गर्नेको एक पद।
75475 रेन्जर ना. २. वनरक्षक।
75476 रेफ१ ना. अक्षरका थाप्लामा लगाइने हलन्त रकार () चिह्न (जस्तै- पूर्ण, वर्ष, हुर्र इ.)।
75477 रेफ२ ना. १. झुटो दोषारोपण; फरेब।
75478 रेफ२ ना. २. छनक; व्यङ्ग्य; घच्का। (उदा.- तिमी बिनसित्ति अरूलाई केको रेफ लाउँछौँ !)
75479 रेफरी ना. मैदानमा खेलकुद सुरु भएपछि त्यसको सञ्चालन तथा आवश्यक निर्णय गर्न नियुक्त व्यक्ति।
75480 रेफीभवन ना. शब्दभित्रका कुनै वर्ण रेफमा परिवर्तित हुने काम (जस्तै- द्वादश > बाह्र, एकादश > एघाह्र इ.)।
75481 रेयोन ना. कृत्रिम रेशाद्वारा तयार पारिएको एक प्रकारको कपडा।
75482 रेल्नु स.क्रि. १. कुनै वस्तु आवश्यकताभन्दा बेसी हाल्नु; ओइरिनु।
75483 रेल्नु स.क्रि. २. जथाभाबीसँग धेरै खर्च गर्नु; हुरेल्नु।
75484 रेल्नु स.क्रि. ३. कुनै वस्तु वा कुरालाई सकेसम्म घचेट्नु; ठेल्नु।
75485 रेल ना. इन्धन वा वाष्पशक्तिद्वारा लिकमा गुडेर चल्ने, थुप्रै मानिस अटाउने सवारी; रेलवे।
75486 रेलगाडी ना. रेल।
75487 रेलमार्ग ना. रेल चल्ने फलामको बाटो।
75488 रेलवे रेलमार्ग; रेल।
75489 रेलाइ ना. रेल्ने भाव, क्रिया वा प्रक्रिया।
75490 रेलाइनु क.क्रि. रेल्न लाइनु।
75491 रेलाउनु प्रे.क्रि. रेल्न लाउनु।
75492 रेलिङ ना. बार्दली; झ्याल, गिर्दा आदिमा लगाइने ग्रिल वा डन्डीहरूको छेकबार।
75493 रेलिनु क.क्रि. रेल्ने काम गरिनु।
75494 रेलो वि. १. चाहिएभन्दा बढी नै हुन खोजेको; छेलोखेलो; मनग्य।
75495 रेलो वि. २. रेल्नुसम्म रेलिएको; प्रशस्त खर्चिएको। ना. रासका रास; थुप्रोथुप्रो।
75496 रेलो वि. ४. मानिसहरूको खचाखच; घुइँचो; भिड।
75497 रेलोखेलो वि. छेलोखेलो।
75498 रेवती ना. १. सत्ताइस नक्षत्रमध्येको आखिरी नक्षत्र।
75499 रेवती ना. २. बलरामकी पत्नीको नाम।
75500 रेसम ना. एक प्रकारको किराबाट निस्कने, बलियो, टलकदार तन्तु वा धागो।