Dictionary

All Word

75601 रोजगार वि. रोजगारी गर्ने; व्यवसायी; इलमी (विप. बेरोजगार)।
75602 रोजगारी ना. जीविका वा इलमउद्योगका निम्ति गरिने कुनै काम; कामधन्दा; व्यवसाय; पेसा।
75603 रोजनामचा ना. १. रोज-रोज भएका काम कुराको टिपोट; दैनिकी।
75604 रोजनामचा ना. २. दिनदिनैको हिसाब वा आम्दानीखर्च टिपिएको बही।
75605 रोजनामा वि. दिनदिनमा भएका कामकुरा वा तिनको टिपोट।
75606 रोजा१ वि. भएकामध्ये वा धेरैमा सबैभन्दा राम्रो; रोज्न लायक; उम्दा; बढिया।
75607 रोजा२ ना. मुसलमानहरूले रमजान नाउँको व्रत विधानअनुसार दिनभरि केही नखाई बस्ने उपवास वा व्रत।
75608 रोजाइ ना. रोज्ने भाव, क्रिया वा प्रक्रिया।
75609 रोजाइनु क.क्रि. रोज्न लाइनु।
75610 रोजाउनु प्रे.क्रि. रोज्न वा छान्न लाउनु।
75611 रोजाना वि. १. दिनदिनको; दैनिक। (उदा.- तपाईँको रोजाना खर्च कति छ?) क्रि.वि.
75612 रोजाना वि. २. हररोज; प्रतिदिन; नित्य। ना.
75613 रोजाना वि. ३. दैनिक हिसाबले सधैँ पाइने वेतन वा पारिश्रमिक।
75614 रोजिनु क.क्रि. रोज्ने काम गरिनु; छानिनु।
75615 रोजिन्दा क्रि.वि. १. दिनका दिन; दिनहुँ।
75616 रोजिन्दा क्रि.वि. २. सधैँभरि; नित्य। (उदा.- शिव रोजिन्दा यहाँ आउने गर्छन्।)
75617 रोजी१ ना. पेटपालो गर्ने साधन; जीविका।
75618 रोजी२ वि. १. आफूलाई मन परेको; रोजेबमोजिमको।
75619 रोजी२ वि. २. रोजेको; छानेको।
75620 रोजीछाडी ना. १. धेरैमा राम्रो-राम्रो वा मन परेको लिने र अरू छोड्ने काम; रोज्ने र छाड्ने काम। वि.
75621 रोजीछाडी ना. २. भनेजस्तो; मनग्गे।
75622 रोट ना. १. गोरखनाथ, भैरव, देवी आदिलाई भोग लगाइने विशेष प्रकारको ठुलो रोटी।
75623 रोट ना. २. ठुलो र बाक्लो खालको रोटी।
75624 रोटरी वि. रथको पाङ्ग्रो घुमे झैँ घुम्ने; रथको चक्का झैँ घुम्ने।
75625 रोटरी क्लब ना. १. घुमन्ते क्लब।
75626 रोटरी क्लब ना. २. रोटरी इन्टरन्यासनल नामक अन्तर्राष्ट्रिय संस्थाका मातहतमा व्यवसायी तथा व्यापारीहरूले सामाजिक सेवा सुधार्ने र राष्ट्र-राष्ट्रबिचको समझदारी बढाउने उद्देश्यले खोलेको संस्था।
75627 रोटरी प्रेस ना. समाचारपत्र छाप्ने, पट्याउने, कटिङ गर्ने र वितरणोपयोगीसमेत पार्ने भीमकाय मुद्रणयन्त्र।
75628 रोटा ना. हे. रोटो।
75629 रोटारोटी ना. सानाठुला रोटीको समूह; रोटो र रोटी (उदा.- खोइ, आफ्नो त रोटारोटी खाँदैमा दिन बित्ने भो !)
75630 रोटी ना. १. पिठो मुछी रयालेर वा बेलेर फुस्रै अथवा चिल्लोमा पकाइएको खानेकुरो।
75631 रोटी ना. २. सेलपुरी आदि मिठाई।
75632 रोटी ना. ३. जीवनवृत्ति; जीविका।
75633 रोटे वि. १. रोटोजस्तो; रोटाका किसिमको।
75634 रोटे वि. २. उँभो जाने वा घुम्ने।
75635 रोटे कमिलो ना. कडा चिल्ने, कम्मर सानो भएको एक प्रकारको रछाहा कमिलो।
75636 रोटे पिङ ना. दुई खाँबामा हालिएको, बलामा मानिस बस्ने बारसहितको फलैँचा हुने, अरूले तलमाथि फनफनी घुमाइदिएर मच्चिने तथा खेलिने पिङ, चर्खेपिङ; रोहोटेपिङ।
75637 रोटो ना. १. पातमा पिठो पथारेर पातैले छोपी तावा, ढुङ्गा, भुङ्ग्रो आदिमा हालेर वा तावा, ढुङ्गाहरूमै उक्काउनका निम्ति अलिअलि चिल्लो हालेर पिठो पथारी पकाइने खानेकुरो; बाक्लो ठुलो रोटी।
75638 रोटो ना. २. बाबर।
75639 रोटो ना. ३. रोटी जस्तै भएर जमेको कुनै वस्तु।
75640 रोडा ना. सडकमा बिछ्‌याउने वा घरढलान आदि काममा उपयोग गरिने कुटिएका इँटढुङ्गाका मसिना टुक्रा; कङ्क्रिट।
75641 रोड्याइँ ना. रोडा बिछ्‌याउने वा रोडालाई सिमेन्ट र बालुवामा घोलेर मिलाउने काम।
75642 रोदी ना. १. विशेषतः गुरुङजातिमा प्रचलित, राती निश्चित ठाउँमा टिठाठिटीहरू भेला भएर गीत गाउने, ख्यालठट्टा गर्ने आदि मनोरञ्जक कार्यक्रम।
75643 रोदी ना. २. धान काट्ने बेलामा नाचगान गरी मनाइने एक उत्सव।
75644 रोदी घर ना. रोदी बस्न वा उत्सव मनाउनका निम्ति तोकिएको घर वा थलो।
75645 रोधक वि. छेकथुन गर्ने; रोक्ने।
75646 रोधन ना. रोक्ने वा छेक्ने-थुन्ने काम, अवरोध; प्रतिबन्ध।
75647 रोप्नु स.क्रि. १. धान, कोदो आदिको बिउ ब्याडबाट उखेलेर खेत वा बारीमा लाउनु।
75648 रोप्नु स.क्रि. २. छरिने खालका सबै बिउ जमिनमा गाड्नु; बिउ छर्नु।
75649 रोप्नु स.क्रि. ३. कुनै ठाउँमा नयाँ बोटबिरुवा आदि लाउनु।
75650 रोप्नु स.क्रि. ४. शरीरमा तिखो हतियार घुसार्नु; रोप्नु; घोच्नु।