Dictionary

All Word

75651 रोप ना. १. बोटबिरुवा लाउने वा रोप्ने काम।
75652 रोप ना. २. रोकावट; रोक।
75653 रोपकार ना. हे. रोबकार।
75654 रोप केबुल ना. रोपवेको क्यारियर अड्ने तार।
75655 रोपण ना. १. खेतबारी आदिमा बोटबिरुवाहरू लगाउने काम।
75656 रोपण ना. २. स्थापना गर्ने काम।
75657 रोपण ना. ३. घोच्ने काम; घोपाइ।
75658 रोपन ना. १. विवाहकार्यमा आइमाईले पानीमा पिठो मुछेर हाल्ने रेखी।
75659 रोपन ना. २. रोपण।
75660 रोपन खेती ना. बिउ (बेर्ना) रोपेर गरिने खेती; धान, कोदो आदिको खेती।
75661 रोपनी ना. १. ५,४७६ वर्गफुट जमिनको नापो; चार मुरी माटाको परिमाण।
75662 रोपनी ना. २. रोप्ने काम।
75663 रोपलाइन ना. मालसामान फल्याक, बाकस आदिमा राखी ल्याउन लैजान टाँगिएको बिजुलीको सहायताले चल्ने फलामे तारले बुनेको मोटो डोरी; रोपवे; रज्जुमार्ग।
75664 रोपवे ना. रोपलाइन; रज्जुमार्ग।
75665 रोपाइँ ना. खेतालाहरू लगाई खेत रोप्ने काम।
75666 रोपाइँ जात्रा रोपाइँमा गरिने नाचगान, ख्यालठट्टा आदिको रमिता; हिलेजात्रा।
75667 रोपार/रोपाहार ना. खेतमा धानको बिउ रोप्ने खेताला (प्रायः स्त्रीहरू)।
75668 रोपुवा वि. ब्याडमा उम्रेको बिउ उखेलेर फेरि रोपेको (धान, फर्सी, काँक्रो, सागपात आदिको बोट)।
75669 रोपो ना. रोपेका धान र कोदाको बिउ नसप्रेसम्मको बोट।
75670 रोब ना. १. बढ्ता वा फोस्रो खालको ढाँचा; रबाफ; धाक।
75671 रोब ना. २. प्रताप; तेज।
75672 रोबकार ना. १. अड्डाका सामुन्ने कुनै कुराको निर्णय गर्न दुई थरी झगडियालाई सँगै राखी गरिने कुनै काम; रोपकार।
75673 रोबकार ना. २. रोहबर; साक्षात्कार।
75674 रोबदार वि. रोब राख्ने; रोब भएको। (उदा.- हरि मानिस त निकै रोबदार रहेछन्।)
75675 रोबरवाफ ना. धाक र ढाँचाकाँचा; तडकभडक।
75676 रोम१ ना. युरोप महादेशमा पर्ने इटाली देशको राजधानी।
75677 रोम२ ना. १. केश; रौँ (खास गरी टाउकादेखि बाहेक शरीरका अन्य भागको)।
75678 रोम२ ना. २. प्वाँख; भुत्ला।
75679 रोमकूप ना. छालामा रौँहरू उम्रेका ठाउँमा हुने मसिना प्वाल।
75680 रोमद्वार ना. रोमकूप।
75681 रोमन वि. १. प्राचीन रोम (रूम) देश वा नगरको। ना.
75682 रोमन वि. २. प्राचीन रोम देशको बासिन्दा।
75683 रोमन वि. ३. अङ्ग्रेजी आदि विभिन्न युरोपेली भाषा लेखिने एक लिपि।
75684 रोमहर्ष ना. रौँरौँपर्यन्त पुलकित हुने अवस्था; रोमाञ्च; पुलक।
75685 रोमहर्षक वि. रोमहर्ष पैदा गर्ने।
75686 रोमहर्षण ना. १. हर्ष, भय, शोक आदिले शरीरका रौँहरू पनि ठाडाठाडा हुने स्थिति; रोमाञ्च हुने काम।
75687 रोमहर्षण ना. २. पुराणप्रसिद्ध एक ॠषि। वि.
75688 रोमहर्षण ना. ३. देख्तैमा भयङ्कर; भीषण।
75689 रोमाञ्च ना. हर्ष, भय, शोक आदिले शरीर जुरुङ्ङ भई रौँहरू ठडिने चाल वा अवस्था; रोमहर्षण।
75690 रोमाञ्चित वि. रोमाञ्च भएको; पुलकित।
75691 रोमान्टिक वि. १. विशेषतः व्यक्ति वा कल्पनाप्रधान भावभूमि तथा साहित्यिक शैली भएको।
75692 रोमान्टिक वि. २. रोमान्ससम्बन्धी।
75693 रोमान्स ना. १. उत्साह, कल्पना र भावुकताप्रधान कार्य, विचार वा आचरण।
75694 रोमान्स ना. २. भावुकताप्रधान प्रेम।
75695 रोमान्स ना. ३. कल्पनाप्रधान आदर्शवादी कथा।
75696 रोमावलि/रोमावली ना. १. रौँहरूको पङ्क्ति।
75697 रोमावलि/रोमावली ना. २. नाइटोदेखि मास्तिरको ठाडा रौँको लहर।
75698 रोमिल वि. १. रौँले ढाकिएको।
75699 रोमिल वि. २. झुसैझुसले व्याप्त। (उदा.- कहिले शस्यमा भन्थे शैल रोमिल माधुरी- ल. प्र. देवकोटा, 'सुलोचना'।)।
75700 रोरी ना. माङ्गलिक कार्यविशेषमा प्रयोग गरिने र टीका लगाइने अबिरजस्तो रातो धुलो; रोचना; सिम्रिक।