Dictionary

All Word

75751 रोहोटे वि. ३. एक जातको कर्कलोविशेष।
75752 रोहोटे कमिलो ना. हे. रोटे- कमिलो।
75753 रोहोटे पिङ ना. हे. रोटेपिङ।
75754 रोहोटो ना. पानी जमेको सानो खाल्टो; सानो-तिनो पोखरी।
75755 रौँ ना. जिउमा उम्रने प्रायः कालो र मिहिन सूत्रजस्तो वस्तुविशेष; रउँ; रोम; केश।
75756 रौँचिरा वि. साह्रै लोभी र धुतारो; कण्टक। कुनै पनि वस्तुको भित्री भागसम्म खोतल-खातल गर्ने स्वभाव भएको।
75757 रौँजरा ना. मूल जरा वा शाखा जराबाट निस्केका मिही जरा; मसिना धागे जरा।
75758 रौँदालो ना. १. निकासविना खाँदिएर घुमेको पानीको भल वा प्रवाह।
75759 रौँदालो ना. २. कामको मेलोमेसो हराएको अवस्था।
75760 रौँदी ना. महामारी रोग।
75761 रौँप्रमाण ना. साह्रै कम्ती परिमाण; अत्यन्त थोरै अवकाश।
75762 रौतेला ना. राजाको उत्तराधिकारी; युवराज।
75763 रौतेलारौतेली ना. रौतेलो र रौतेली; राजकुमार-राजकुमारी।
75764 रौतेली ना. राजकुमारी; कुमारी; कुँवारी।
75765 रौतेलो ना. राजकुमार; कुमार; कुँवर।
75766 रौद्र ना. १. आलम्बन शत्रु, उद्दीपन शत्रुको चेष्टा, दोष आदि, अनुभाव मुड्की हान्नु आदि, सञ्चारी भाव आँखा राता पार्नु, आवेग, सेखी आदि र स्थायी भाव क्रोध हुने, साहित्यका नौ रसमध्ये एक रस। वि.
75767 रौद्र ना. २. रुद्रसम्बन्धी; रुद्रको जस्तो।
75768 रौद्र ना. ३. डरलाग्दो; भयङ्कर; प्रचण्ड; रिसाहा।
75769 रौद्रता ना. रौद्र हुने अवस्था वा चाल; प्रचण्डता; उग्रता।
75770 रौनक ना. १. चहलपहल हुने स्थिति; चमकदमक; झलीमिली।
75771 रौनक ना. २. सौन्दर्य; शोभा।
75772 रौप्य ना. १. चाँदी। वि.
75773 रौप्य ना. २. चाँदीबाट बनेको; चाँदीको।
75774 रौरव वि. १. डरलाग्दो; भयङ्कर।
75775 रौरव वि. २. रुरु नामको मृगका छालाले बनेको। ना.
75776 रौरव वि. ३. गरुडपुराणमा वर्णित एक्काइस महानरकमध्ये एक नरक।
75777 रौरा ना. नाचगान सिकाउने वा नाचगानको उठान गर्ने मुख्य गुरु वा गुरुआमा।
75778 रौस ना. केही कुरा पाउन, कुनै कामकुरा गर्न वा कतै जानका निम्ति हर्कले उम्लिएको मनको वेग; हौसिएको इच्छा; रउस।
75779 रौसाइ ना. रौसिने काम वा किसिम।
75780 रौसाइनु क.क्रि. रौस लिइनु।
75781 रौसाउनु स.क्रि. रौस मान्नु।
75782 रौसिनु अ.क्रि. रौस मान्नु।
75783 रौसिली वि. रौस मान्ने (स्त्री)।
75784 रौसिलो वि. कुनै कामकुरामा उत्साहपूर्वक अघि सर्ने; रौस मान्ने (उदा.- वीरेजस्तो रौसिलो केटो साथी पाएकोले बाटो काट्न गाह्रो भएन।)
75785 रौसे वि. रौस गर्ने; रौस भएको; उत्साही।
75786 रौस्याइ ना. रौस्याउने क्रिया वा प्रक्रिया।
75787 रौस्याइनु क.क्रि. रौसिन लाइनु।
75788 रौस्याउनु प्रे.क्रि. रौसिने पार्नु।
75789 रौस्याहट ना. रौसिनेपन।
75790 रौस्याहा वि. रौस गर्ने (व्यक्ति); रसिक।
75791 र्‍याँर्‍याँ क्रि.वि. र्‍याइँर्‍याइँ।
75792 र्‍याइँर्‍याइँ क्रि.वि. १. सारङ्गी, बेला आदि तारबाजाहरू बजाउँदा आवाज आउने चालले; र्‍याँर्‍याँ।
75793 र्‍याइँर्‍याइँ क्रि.वि. २. करौँतीले काठ चिर्दा र घट्ट, जाँतो आदि घुम्दा शब्द निस्के जस्तै गरी।
75794 र्‍याक ना. काठका फल्याक, फलाम वा स्टिलका पाताले बनाइएको पुस्तक आदि सरसामान राख्ने, खापा नभएको खुला खण्डे दराज।
75795 र्‍याखऱ्याख क्रि.वि. बेसमारी हकार्ने वा झपार्ने चालले।
75796 ऱ्याखऱ्याखी/ऱ्याखऱ्याख्ती क्रि.वि. अझ छिटो ऱ्याखऱ्याख हुने गरी।
75797 ऱ्याङठ्याङ ना. १. टाकटुक्क मिल्ने कुनै कामकुरो; तारतम्य; ठिकठाक।
75798 ऱ्याङठ्याङ ना. २. परस्परमा राय मिल्ने काम; मतैक्य।
75799 ऱ्याङऱ्याङ क्रि.वि. १. भित्री भाग जताततै खुला छोड्ने गरी। ना.
75800 ऱ्याङऱ्याङ क्रि.वि. २. त्यस्तो खुला छोड्ने काम वा चाल।