Dictionary

All Word

75851 लक्का जवान ना. लाठे वा मस्त युवक; बैँसदार तन्नेरी।
75852 लक्कु ना. खप्ट्याएर हातभरि हुने गरी वा त्यसै राखिएको रुपियाँपैसा आदिको तङ्गी; बिन्डी; क्याँट। लक्कुविनाको धक्कु, मसलाविनाको पक्कु (उखान)।
75853 लक्खन्/लक्खाँ वि. कैयन् लाख; लाखन्; लाखौँ; लक्खौँ।
75854 लक्खु ना. अम्तर्नु।
75855 लक्ष ना. १. सय हजारको सङ्ख्या; लाख।
75856 लक्ष ना. २. निसान; चिह्न। वि.
75857 लक्ष ना. ३. सय हजार; लाख।
75858 लक्षण ना. १. कुनै वस्तु चिन्ने वा थाहा पाउने विशेष चिह्न वा गुण; परिचायक चिह्न; लच्छिन।
75859 लक्षण ना. २. परिभाषा।
75860 लक्षण ना. ३. सामुद्रिक शास्त्रअनुसार शुभअशुभ बताउने शरीरका विशेष चिह्न।
75861 लक्षण ना. ४. कुनै घटना, रोग आदि हुनुभन्दा पहिले हुने सङ्केत।
75862 लक्षण ना. ५. उत्तम वा राम्रो गुण।
75863 लक्षण ना. ६. ढाँचा; छाँट; चाला।
75864 लक्षणा ना. साहित्यमा सामान्य अर्थदेखि भिन्न सम्बन्ध वा अभिप्रायलाई लिई अर्को अर्थ प्रकट गर्ने शब्दको शक्ति; अभिधेयार्थमा बाधा परेमा रूढि वा प्रयोजनका आधारमा अर्थ प्रतीत गराउने शब्दशक्ति; शब्दशक्तिका तीन भेद-अभिधा, लक्षणा र व्यञ्जनामध्ये एक।
75865 लक्षित वि. १. देखिएको; तोकिएको; चिन्हित।
75866 लक्षित वि. २. बताइएको; कथित; टड्कालो।
75867 लक्षित वि. ३. शब्दको लक्षणाशक्तिद्वारा बोध हुने।
75868 लक्षितार्थ ना. शब्दको लक्षणाशक्तिद्वारा बोध हुने अर्थ; लक्ष्यार्थ।
75869 लक्ष्मण ना. राजा दशरथकी कान्छी रानी सुमित्रापट्टिका जेठा पुत्र; शत्रुघ्नका दाजु।
75870 लक्ष्मणकन्द ना. अँडिरका जस्ता पात हुने, सेता फूल फुल्ने, हरियो र सेतो रङ्ग मिसिएका लाम्चा फल फल्ने एक जातको लहरो वा त्यसैको ध्वाँसे रङ्गको ठुलो कन्द।
75871 लक्ष्मी ना. १. धनकी अधिष्ठात्री देवी वा विष्णुकी पत्नीको नाम; कमला; रमा।
75872 लक्ष्मी ना. २. श्रीसम्पत्ति; समृद्धि।
75873 लक्ष्मी ना. ३. लच्छिन; शोभा; सौभाग्य।
75874 लक्ष्मी ना. ४. सफलता; विजय।
75875 लक्ष्मी ना. ५. घरकी मालिक्नी; गृहस्वामिनी।
75876 लक्ष्मीको वास ना. सबै कुराको पौल; प्रशस्त धनप्राप्ति।
75877 लक्ष्मीधूप ना. पञ्च सुगन्धधूपमा लक्ष्मीफूल र गोकुलधूप मिलाई बनाइएको विशेषतः लक्ष्मीलाई प्रसन्न गराउन बालिने धूप।
75878 लक्ष्मीनारायण ना. १. विष्णु र लक्ष्मी।
75879 लक्ष्मीनारायण ना. २. भित्रपट्टि दुई वा चार चक्र हुने शालिग्राम।
75880 लक्ष्मीपति ना. १. नारायण; विष्णु।
75881 लक्ष्मीपति ना. २. राजा।
75882 लक्ष्मीपति ना. ३. धनको मालिक; धनवान् व्यक्ति।
75883 लक्ष्मीपुत्र ना. १. धनाढ्य व्यक्ति (लक्ष्मीका पुत्र नभएका हुँदा)।
75884 लक्ष्मीपुत्र ना. २. कामदेव।
75885 लक्ष्मीपूजा ना. १. कार्तिक कृष्ण औँसीका दिन बिहान गरिने गाईको पूजा र राती घरघरमा दीपावलीको उत्सव मनाई गरिने लक्ष्मीको पूजा; गाई र धनको पूजा।
75886 लक्ष्मीपूजा ना. २. दीपावली।
75887 लक्ष्मीफूल ना. बर्खायाममा झाँगिने, मसिना लाम्चा पात हुने एक प्रकारको लहरो र त्यसैमा फुल्ने राता सेता आदि फूल; जयन्ती।
75888 लक्ष्मीवान् १. लक्ष्मीले युक्त भएको; धनवान्।
75889 लक्ष्मीवान् २. सौभाग्यशाली।
75890 लक्ष्मीविलास ना. श्रीसम्पत्तिले पूर्ण आमोदप्रमोद।
75891 लक्ष्य ना. १. हेर्नु, चिन्नु, जान्नु र गर्नुपर्ने कुनै पनि कामकुराको खास चिह्न वा निसाना; तारो।
75892 लक्ष्य ना. २. ताकेको कुरो; ताक; उद्देश्य; ध्येय।
75893 लक्ष्य ना. ३. आक्षेप गरिएको विषय।
75894 लक्ष्य ना. ४. लाखको सङ्ख्या।
75895 लक्ष्यभेद ना. अस्थिर लक्ष्य वा निसानामा तारो हान्ने काम।
75896 लक्ष्यभेदक पदक ना. चाँदमारीको प्रतियोगितामा विजयी हुने सैनिकहरूलाई प्रदान गर्ने उद्देश्यले १९८० सालमा स्थापित एक पदक।
75897 लक्ष्यवेध ना. लक्ष्यभेद।
75898 लक्ष्यवेधी वि. लक्ष्यवेध गर्ने।
75899 लक्ष्यसिद्धि ना. आँटेको वा चिताएको कुरो पुग्ने स्थिति; लक्ष्यको प्राप्ति।
75900 लक्ष्यार्थ ना. १. पाउन चाहेको कुरो; ताकेको कुरो वा अर्थ।