Dictionary

All Word

75951 लगत्तै क्रि.वि. उत्ति नै खेरि; उत्निखेरै; तत्काल; तुरुन्तै; तात्तातै।
75952 लगन ना. १. विवाह, व्रतबन्ध आदि शुभ कार्य गर्न जुरेको योग वा मुहूर्त (उदा.- लगनको बेलामा हगन, लगन पनि लेखियो, केटाको ढङ्ग पनि देखियो - उखान)।
75953 लगन ना. २. कुनै कामकुरामा दत्तचित्त भएर लाग्ने काम; तल्लीनता; लगाइ। (उदा.- कुनै पनि काममा लगन हुनुपर्छ)।
75954 लगनगाँठो ना. वरवधूको दाम्पत्यप्रेम स्थिर रहोस् भन्ने दृष्टिले कन्यादानका समयमा जनै, पान, सुपारी आदि माङ्गलिक वस्तु आँचलमा हालेर मन्त्रपूर्वक पारेको गाँठो; लग्नग्रन्थि। (लगनगाँठो कन्यादानका समयदेखि चतुर्थीसम्म दुलहीका कम्मरमा बाँधिराखिन्छ)।
75955 लगनशील वि. लगन भएको; काममा दत्तचित्त रहने।
75956 लगनी ना. १. कुनै कामकुरामा तल्लीन भएर लाग्ने काम।
75957 लगनी ना. २. एक जनाले दिनभरमा गर्न सक्ने वा भ्याउने काम; मेलो; लग।
75958 लगनी ना. ३. उद्योग वा व्यवसाय।
75959 लगभग क्रि.वि. पुगनपुग; झन्डैझन्डै; नजिकनजिक।
75960 लगल ना. बाजी रहेको खेलमा जित्नेले हार्नेसँग लिन बाँकी रहेको रकम। (उदा.- तिमीसँग मेरो पच्चिस रुपियाँ लगल भइसक्यो, देऊ न )।
75961 लगलग क्रि.वि. ठन्डी, डर, कमजोरी आदि कुनै कारणले शरीर काँप्ने वा हल्लने चाल; लुगलुग; थुरथुर।
75962 लगलगती/लगलगी क्रि.वि. अझ छिटो लगलग हुने गरी।
75963 लगा१ ना. १. कुनै परिधि वा घेराभित्रको भाग; इलाका; हाता।
75964 लगा१ ना. २. मातहती जग्गा आदिको किल्ला; साँध; सीमा।
75965 लगा२ ना. जग्गा नाप्ने काममा प्रयोग गरिने नौ हात नापो भएको टाँगो; लग्गी।
75966 लगाइ ना. १. लग्ने क्रिया वा प्रक्रिया। [√लाग् (+आइ)]
75967 लगाइ ना. २. लाग्ने क्रिया वा प्रक्रिया। [लगाउ+आइ]
75968 लगाइ ना. ३. लगाइने वा कामकुरामा प्रवृत्त गराउने क्रिया-प्रक्रिया।
75969 लगाइनु क.क्रि. १. लगाउने काम गरिनु; लाइनु।
75970 लगाइनु क.क्रि. २. कुनै कामकुरामा प्रवृत्त गराइनु।
75971 लगाइपगाइ ना. लगाउनेवर्ने काम; अह्राउ-पह्राउ।
75972 लगाउनु स.क्रि. १. शरीरमा वस्त्र धारण गर्नु; पहिरनु।
75973 लगाउनु स.क्रि. २. रङ आदि पोत्नु वा घस्नु; लेपन गर्नु।
75974 लगाउनु स.क्रि. ३. कुनै कामकुरामा धन वा मनको उपयोग गर्नु।
75975 लगाउनु स.क्रि. ४. बोटबिरुवा आदि रोप्नु; लाउनु।
75976 लगाउनु स.क्रि. ५. अरूको छुल्याइँ वा चुक्ली गर्नु।
75977 लगाउनु स.क्रि. ६. अर्थ, भाव, अभिप्राय आदि प्रकट गर्नु।
75978 लगाउनु स.क्रि. ७. कुनै काम वा कुरोमा लाग्न कसैलाई प्रेरित गर्नु। प्रे.क्रि.
75979 लगाउनु स.क्रि. ८. लाग्ने तुल्याउनु; लाग्ने पार्नु।
75980 लगातार क्रि.वि. एकनाससित वा एकपछि अर्कोको सिलसिला नटुटीकन; निरन्तर; बराबर।
75981 लगान ना. १. काममा लाग्ने वा दरबन्दी-अनुसारको खर्च; लगानी।
75982 लगान ना. २. झारफुकेका अनुसार भूतपिशाच, डाइनीबोक्सी, वायु आदि लागेर हुने आकस्मिक रोग; व्यथाको कारण।
75983 लगानी ना. १. कसैलाई ब्याज लिने गरी सरसापट दिइएको धन।
75984 लगानी ना. २. कुनै उद्योग उत्पादनका निम्ति पहिले गरिएको खर्च।
75985 लगानी ना. ३. सरकारलाई तिर्नुपर्ने मालपोत वा भूमिकर।
75986 लगानी ना. ४. लागुभागु; लागभाग।
75987 लगापात ना. घरघडेरीसहित वरिपरि वा छेउछाउमा रहेको कुनै पनि जग्गाजमिन; चर्चिएको जग्गा वा त्यसको सेरोफेरो।
75988 लगाम ना. घोडाका मुखमा रहने काँडावाल फलामे बाग वा सामानका दुवै टुप्पामा बाँधिएको, घोडचढीले समाउने छाला वा डोको लामो फित्ता; बागडोर; करेली।
75989 लगायत ना.यो. समेत; सहित। (उदा.- अघि सय रुपियाँमा पसललगायत सिङ्गै घर बहालमा पाइन्थ्यो)।
75990 लगार्नु स.क्रि. भगाउने, धपाउने, समाउने वा मार्ने विचारले कसैको पछि लाग्नु; पिछा गर्नु; लखेट्नु; खेद्नु।
75991 लगाराइ ना. लगार्ने काम वा किसिम; खेदाइ।
75992 लगारिनु क.क्रि. लगार्ने काम गरिनु; खेदिनु।
75993 लगारो ना. लगार्ने अवस्था; खेदो।
75994 लगालग क्रि.वि. पालो नबिराई वा एकपछि तुरुन्तै अर्को लागेर; लगातार; धमाधम।
75995 लगालगी क्रि.वि. क्रम वा सिलसिला नटुटाई; एकनाससित; लगालग।
75996 लगित्या ना. कुनै व्यक्तिकहाँ आफ्नो पेसाअनुसारको काम गर्न स्थायी रूपले लाग्ने व्यक्ति।
75997 लगिनु क.क्रि. लग्ने काम गरिनु।
75998 लगी ना. आफूलाई चाहिने समयानुसारको काम वा सरसामानका लागि त्यस्तो पेसा भएका मानिसहरूलाई स्थायी रूपले लगाउने व्यक्ति।
75999 लगीलगित्या ना. प्रचलनअनुसार गाउँका विभिन्न जातिका परिवार र तीनचार व्यावसायिक जातिका बिचमा हुने स्थायी सम्बन्ध। (यसमा एकै गाउँका कामी, दमाईँ, सार्की आदिको अर्को कुनै एक परिवारसँग स्थायी सम्बन्ध हुन्छ र उनीहरूले त्यस परिवारका निम्ति आवश्यक सरसामान बनाइदिने र काममा सघाउने गर्छन्। यसरी काम गरेबापत लगीबाट उनीहरूले बाली काटिसकेपछि वर्षभरिको एकमुस्ट र विशेष चाडपर्वमा आफ्नो भाग पाउँछन्)।
76000 लगुख ना. हातले ठोकेर बजाइने, छालाले मोहोरिएको एक प्रकारको प्राचीन वाद्य।