Dictionary

All Word

76051 लघुवाद ना. सानातिना झैझगडा वा मुद्दामामिला।
76052 लघुवाद न्यायालय ना. त्यस्तो झगडा वा मुद्दा हेर्ने सुरुको अदालत; जिल्ला अदालत।
76053 लघुशङ्का ना. पिसाब फेर्ने काम; मूत्रत्याग।
76054 लघु शोधप्रबन्ध ना. कुनै तह वा परीक्षा पूरा गर्नका लागि प्रस्तुत गरिने सङ्क्षिप्त शोधपत्र वा पढाइको सट्टा राखिएको सानो अनुसन्धानात्मक प्रबन्ध; अध्ययनपत्र; अनुसन्धानप्रधान लेख।
76055 लघूकरण ना. कडा वा ठुलो सजायलाई घटाएर हल्का वा सानो पार्ने काम; दण्डादेशलाई होलोखुकुलो वा नरम पार्ने काम।
76056 लङ ना. मिलेको घर वा पङ्क्ति; लाम; ताँती।
76057 लङौटिया वि. लँगौटिया।
76058 लङौटिया यार ना. लँगौटिया यार।
76059 लङौती ना. लँगौटी।
76060 लङ्का ना. एसिया महादेशमा भारतदेखि दक्षिणपट्टि रहेको, अघि रावणको राज्य भनिने एक द्वीप वा टापू।
76061 लङ्कापति ना. १. लङ्का देशको राजा।
76062 लङ्कापति ना. २. रावण।
76063 लङ्कापति ना. ३. विभीषण।
76064 लङ्कासानी ना. खोर्सानीका जस्ता पात हुने र मरिचका जस्ता काला दाना फल्ने एक प्रकारको बोट वा त्यसैको बास्ना आउने रातो, कमलो फूल; लङ्केश्वरी।
76065 लङ्गडा ना. लँगडा।
76066 लङ्गडाउनु अ.क्रि. लँगडाउनु; खोच्याउनु।
76067 लङ्गडो वि. लँगडो; खँजाहा; खोरन्डो।
76068 लङ्गर ना. १. डुङ्गा, जहाज आदिलाई पानीका माझमा अड्याउनुपर्दा साङ्लामा झुन्ड्याई तल पुग्ने गरी खसालिने ठुलो अङ्कुसे परेको फलामे सामान।
76069 लङ्गर ना. २. लङ्गुर।
76070 लङ्गुर१ ना. १. लामो पुच्छर र कालो मुख हुने एक जातको बाँदर।
76071 लङ्गुर१ ना. २. बाँदरको पुच्छर।
76072 लङ्गुर१ ना. ३. पुच्छर।
76073 लङ्गुर१ ना. ४. खास गरी हिमालको अग्लो लामो डाँडो (जस्तो- महालङ्गुर)।
76074 लङ्गुर२ ना. १. ठुलो खालको वा भित्ते घडीहरूको तलतिर झुन्डिएर हल्लिइरहने पुर्जाविशेष।
76075 लङ्गुर२ ना. २. घण्टाको रालो।
76076 लङ्गुरबुर्जा ना. सुरथ, पान, इँट, चीड, ताज र लङ्गुरका बुट्टा भएको थर्कीमा चारपाटे तीनवटा गोटीले खेलिने जुवाको खेलविशेष।
76077 लङ्गुरे वि. १. लङ्गुरोजस्तो; लङ्गुरोको।
76078 लङ्गुरे वि. २. अल्गो र सानो।
76079 लङ्गुरो ना. हाँगाबिँगा नभएको अग्लो, सुरिलो र सानो लाथ्रो।
76080 लङ्घन ना. १. नाघ्ने वा फट्कने काम; टाङमुनि पार्ने काम।
76081 लङ्घन ना. २. आज्ञा, नियम, विधि आदिको अतिक्रमण; अटेऱ्याइँ।
76082 लङ्घन ना. ३. बिरामी अवस्थामा केही नखाई बस्ने काम; भोकोबसाइ; निराहार।
76083 लङ्घनीय वि. नाघ्नु वा फट्कनुपर्ने; लङ्घन गर्न योग्य।
76084 लङ्घित वि. १. लङ्घन गरिएको; नाघिएको।
76085 लङ्घित वि. २. पालन गरिएको; उल्लङ्घनीय; उपेक्षित।
76086 लङ्घ्य वि. १. नाघ्न वा फट्कन उचित; अतिक्रमण गर्न योग्य; लङ्घनीय।
76087 लचक ना. १. लच्कने काम वा ढाँचा।
76088 लचक ना. २. हाउभाउको एक प्रकार; छाँटछन्द। (उदा.- नृत्यमा तिनको लचकले नै दर्शकहरू मुग्ध हुन्छन्)।
76089 लचकता ना. लचक हुनाको भाव वा अवस्था; कुनै लाम्चो वस्तुको तन्काइ; लच्काइ।
76090 लचकदार वि. लचक भएको; लच्कने खालको; लच्किलो।
76091 लचकलचक क्रि.वि. लगातार लच्कने चालसँग।
76092 लचकान्त ना. लच्काइको हद वा सीमा।
76093 लचक्क क्रि.वि. १. सबै भार थाम्न नसकी निहुरने किसिमले; हाँगा आदि लच्किएर। (उदा.- हिजो बेलुकीको आँधीले त रुखको यत्रो हाँगो पनि लचक्क लच्काएछ)।
76094 लचक्क क्रि.वि. २. गद्दा वा स्प्रिङदार गद्दी आदि थिचिने र उक्सने भएर; लच्याक्क। (उदा.- यस्तो लचक्क लच्किने सोफामा बस्न सबैले कहाँ पाउँछन् र !)।
76095 लचिलो वि. १. लच्कने खालको; लचक्क हुने।
76096 लचिलो वि. २. नमनीय।
76097 लचिलोपन ना. लच्कने भाव वा अवस्था।
76098 लचेप्रो ना. १. घिउ, तेल आदिको चिल्लो लागेर भिजेको स्थिति। वि.
76099 लचेप्रो ना. २. त्यसरी भिजेको।
76100 लच्कनु अ.क्रि. १. छेउछाउ उचालिएर माझ वा बिचको भाग झोलिनु; झुन्डिएजस्तो हुनु; नुहुनु।