Dictionary

All Word

76001 लगुड ना. १. काठको लामो गिँड।
76002 लगुड ना. २. लौरो; लट्ठी।
76003 लगुना ना. स्तनधारी समूहमा पर्ने, रातोरातो जिउमा सेता थोप्ला भएको, अढाई फिटसम्म अग्लो हुने, चित्तलका भन्दा छोटा खुट्टा भएको, एक्लै हिँड्न मन पराउने चित्तलकै जातको मृग।
76004 लगेदा ना. गद्दी, हौदा आदि कस्ता बिछ्‌याइने बाक्लो ऊनी कपडा; एक प्रकारको जीनपोस लुगा।
76005 लगेस्रो ना. १. कुनै वस्तुमा लागेर बाँकी रहेको चिज; रहल।
76006 लगेस्रो ना. २. रिनपान आदिको लेस वा शेष।
76007 लग्गा ना. १. कुनै कुरामा लागेको हिस्सा; अंश; लग्घा।
76008 लग्गा ना. २. मातहतको जिम्मा; ढेस्सा।
76009 लग्गा ना. ३. जमिन नाप्ने नौहाते टाँगो; लग्गी।
76010 लग्गी ना. १. लग्गा; लग्घी।
76011 लग्गी ना. २. नाउ चलाउनका निम्ति ठेलिने घारो वा टाँगो।
76012 लग्गु वि. १. एकोहोरोसित कुनै कामकुरो वा व्यसनमा लागेको; तल्लीन।
76013 लग्गु वि. २. विषयवासनामा अनुरक्त; कामुक; लम्पट।
76014 लग्गु वि. ३. व्यसनी; अम्मली।
76015 लग्गु जुवाडेजस्तो वि. सबै कुरा बिर्सेर एउटै कुरामा एकोहोरो लाग्ने।
76016 लग्घा ना. हे. लग्गा।
76017 लग्घी ना. लग्गी।
76018 लग्न ना. १. ज्योतिषशास्त्रअनुसार कुनै ग्रहको क्रान्तिवृत्तको उदय हुने बेलामा क्षितिजमा स्पर्श हुने भाग वा अंश।
76019 लग्न ना. २. विवाह, व्रतबन्ध आदि कुनै माङ्गलिक कार्य गर्ने मुहूर्त; साइत; लगन। वि.
76020 लग्न ना. ३. जोरिएको; टाँसिएको।
76021 लग्नकुण्डली ना. लगनको कुण्डली वा पत्रिका; जन्मकुण्डली।
76022 लग्नग्रन्थि ना. लगनगाँठो।
76023 लग्नदिन ना. लग्न वा मुहूर्त भएको दिन।
76024 लग्नपत्रिका/पत्री ना. विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यको ठिक समय उल्लेख गरिएको लेखोट वा टिपोट।
76025 लघार्नु स.क्रि. लगार्नु; लखेट्नु।
76026 लघाराइ ना. लघार्ने क्रिया वा प्रक्रिया।
76027 लघारालघार ना. परस्परमा लघार्ने काम; आपसको लघाराइ।
76028 लघारिनु क.क्रि. लगारिनु; खेदिनु।
76029 लघिमा ना. १. आठ सिद्धिमध्ये एक (यसको प्रभावले सिद्ध पुरुष आकृतिमा सानो र हलुका बन्न सक्छ)।
76030 लघिमा ना. २. लघु हुनाको भाव वा स्थिति; हलकापन; लघुता।
76031 लघु वि. १. लामो वा ठुलो नभएको; छोटो वा सानो।
76032 लघु वि. २. गह्रौँ नभएको; हलुको; हलौँ।
76033 लघु वि. ३. अलिकति; थोरै।
76034 लघु वि. ४. कनिष्ठ; कान्छो।
76035 लघु वि. ५. एकमात्रिक स्वर वा ह्रस्व स्वर; त्यसको चिह्न (I)।
76036 लघु वि. ६. एक मात्राको वा ह्रस्व उच्चारण हुने वर्ण (अ, इ, उ, क, कि, कु, इ.)।
76037 लघु उद्योग ना. थोरै श्रमसाधनले पनि स्थापित र सञ्चालित गर्न सकिने उद्योग; सानोखाले व्यवसाय।
76038 लघु उपन्यास ना. सङ्क्षिप्त औपन्यासिक तत्त्व भएको लामो कथाजस्तो सानो उपन्यास।
76039 लघुकथा ना. कथातत्त्वले पूर्ण भएका ससाना कथा; छोटा कथा।
76040 लघुतम वि. सबैभन्दा छोटो वा सानो।
76041 लघुतम समापवर्त्य ना. दुई वा दुईभन्दा बढी सङ्ख्याले निश्शेष भाग जाने सबभन्दा सानो सङ्ख्या।
76042 लघुता ना. लघु वा छोटो हुनाको गुण वा अवस्था; हलुकोपन।
76043 लघुताभास ना. आफूलाई तुच्छ वा हीन ठान्ने मानसिक भावना वा त्यसको छनक।
76044 लघुत्व ना. लघु हुनाको चाल वा अवस्था; लघुता; हल्कापन।
76045 लघुदूधिका ना. सिउँडीका जस्ता बाक्लाचिल्ला पात हुने, त्यस्तै फुल्नेफल्ने, भाँच्दा दुध निस्कने एक जातको बोट वा त्यसैको फल।
76046 लघुनाटक ना. विषयवस्तु एउटै र पात्रहरू कम भएको, थोरै समयमा अभिनय गर्न सकिने वा पत्रपत्रिकामा प्रकाशित गर्न लेखिएको प्रायः व्यङ्ग्यप्रधान छोटो नाटक।
76047 लघुन्यास ना. कुनै वस्तु वा धन कसैका साथमा सानो रूपमा राख्ने वा जिम्मा लगाउने काम; सानो वा मामुली ढाँचाको धरौटी।
76048 लघुपत्र ना. लामा, बाटुलिएका र धर्साधर्सा परेका खैरा जरा हुने, सेतो एक्लै एउटा फूल फुल्ने र कहिले गुलाफी फुल्ने भुइँमा हुने एक जातको बुटी; त्यसैको गानो वा कन्द।
76049 लघु परियोजना ना. थोरै पुँजी र श्रममा पूरा हुन सक्ने वा चालु गरिने ससाना खालका योजना; लघुयोजना।
76050 लघुयोजना ना. सानाखाले उद्योग वा योजना।