Dictionary

All Word

75901 लक्ष्यार्थ ना. २. लक्षणाशक्तिबाट बुझिने अर्थ।
75902 लक्षाहुति ना. देवप्रीतिका निमित्त वैदिक विधानअनुसार गरिने लक्षहोम; रुद्री, गायत्री वा सो सरहका कुनै स्तुति लाखपल्ट दोहऱ्याएर गरिने हवनकार्य।
75903 लख्नु स.क्रि. १. लख काट्नु; अनुमान वा अड्कल गर्नु।
75904 लख्नु स.क्रि. २. विचार गर्नु; सोच्नु।
75905 लख ना. १. कुनै विषयमा गरिएको अनुमान वा घत; अड्कल; अन्दाज।
75906 लख ना. २. अक्षरको शिरमा लगाइने एकारको चिह्न ( े)।
75907 लखकानो ना. अक्षरमा लगाइने लख र कान्दानीको चिह्न; ओकारको चिह्न; ओकार ( ो )।
75908 लखटट्टु वि. मरन्च्याँसे; दुब्लो।
75909 लखतरान वि. धेरै परिश्रमले थाकेर लस्त भएको; अति थकित।
75910 लखन ना. लक्ष्मण।
75911 लखनतिवारी वि. काम न काजसित डुलिरहने; बिकामे।
75912 लखन थापा ना. १. गोरखाका एक सिद्धको नाम।
75913 लखन थापा ना. २. वि.स. १९३३ मा गोरखाको बुङकोटमा सहादत प्राप्त गरेका सहिद।
75914 लखने वि. राम्रो लच्छिन भएको (अवज्ञामा)।
75915 लखनटाट वि. मरन्च्याँसे; लखटट्टु।
75916 लखनतेवारी वि. इलम-रोजगार वा काम केही नभई खालि डुलिरहने।
75917 लखन्तरे वि. जन्मका क्रमअनुसार आठौँ; जन्तरेपछिको।
75918 लखपति वि. लाखौँ रुपियाँको सम्पत्ति भएको; ठुलो धनाढ्य; लाखपति; लाखको मालिक।
75919 लखपातर ना. धेरै पोइ भएकी वा नाठा खेलाउने स्त्री; फुँडी; वेश्या ।
75920 लखबन्धक ना. आफूले बन्धकमा लिएर भोग गरेको घरजग्गा आदि फेरि अर्कालाई बन्धक राख्ने काम; बन्धकमाथिको पनि बन्धक।
75921 लखरलखर क्रि.वि. बिकाममा र बिनसित्ति यताउति हिँड्ने वा ओहोरदोहोर गर्ने चाल ।
75922 लखर्किनु अ.क्रि. लखरलखर हिँड्नु।
75923 लखर्क्याइ ना. लखर्किने क्रिया वा प्रक्रिया |
75924 लखर्क्याउनु प्रे.क्रि. लखर्किने पार्नु ।
75925 लखाइ ना. लख्ने भाव, क्रिया वा प्रक्रिया ।
75926 लखाइनु क.क्रि. लख्न लाइनु ।
75927 लखाउनु प्रे.क्रि. लख्न वा गम्न लाउनु ।
75928 लखाकी ना. इनारबाट पानी झक्न डोल, वाल्टिन आदि झुन्ड्याइने डोरी; ठुलो मोटो खालको डोरी ।
75929 लखेट्नु स.क्रि. १. हिर्काउन वा मार्नका लागि कसैको पिछा गर्नु; आखेट गर्नु; खेदो गर्नु ।
75930 लखेट्नु स.क्रि. २. कुनै वस्तुलाई धपाउनु; लगार्नु ।
75931 लखेटाइ ना. लखेट्ने क्रिया वा प्रक्रिया।
75932 लखेटाइनु क.क्रि. लखेट्न लाइनु।
75933 लखेटाउनु प्रे.क्रि. लखेट्न लाउनु; लखेटाइमा पार्नु।
75934 लखेटालखेट ना. परस्परमा लखेट्ने काम।
75935 लखेटिनु क.क्रि. लखेट्ने काम गरिनु; खेदिनु।
75936 लखेटो ना. १. लखेट्ने वा लघार्ने काम।
75937 लखेटो ना. २. आखेट; खेदो।
75938 लखेटो ना. ३. कामको चेपाइ।
75939 लखौटी ना. १. वेश्या; फुँडी।
75940 लखौटी ना. २. ल्याइते स्वास्नी।
75941 लखौरी वि. लखरलखर अरूको घर चहार्ने।
75942 लखौरो वि. काम न काज यताउति हिँडिरहने; हल्लनदास।
75943 लग्नु स.क्रि. कुनै वस्तु वा सरसामान आदि लिएर जानु; लैजानु; लानु।
75944 लग ना. १. एक जनालाई दिनभरमा गर्न तोकिएको काम; एक जनाले एक दिनमा भ्याउने वा गरिसक्ने काम; एक खेतालाको मेलो।
75945 लग ना. २. नजिक; नेर; छेउ। (उदा.- सबैले तपाईंकै लगमा काम गरिदिए छिटै काम सकिन्थ्यो)।
75946 लगड ना. फापरबाट बनाइएको चटामरी।
75947 लगडीझगडी ना. परस्परमा हुने तानातान वा झैझमेला; लछारपछार; सङ्घर्ष।
75948 लगत ना. १. कुनै कामका लागि चाहिने नगद वा जिन्सी मालमत्ताको जम्माजम्मी विवरणसहितको सूची; फिरिस्तविशेष।
75949 लगत ना. २. ठेकिएको दरबन्दी अङ्क वा त्यस्तो दरबन्दीको स्रेस्ता।
75950 लगतनापी ना. कुनै स्थान वा जग्गाको लगत खडा गर्न गरिएको नापी।