Dictionary

All Word

75801 ऱ्याङऱ्याङती क्रि.वि. सरासर जान हुने गरी घरको भित्री भाग खुला रहने गरी। ना. ऱ्याङऱ्याङ।
75802 ऱ्याल ना. राल।
75803 ऱ्याली ना. कुनै प्रदर्शन वा उत्सवका दृष्टिले घुम्ने मानिस आदिको समूह; भेला; जमघट (उदा.- अस्ति काठमाडौँमा मानवअधिकारवादीहरूको ऱ्याली भएको थियो।)
75804 ऱ्याले वि. राले।
75805 ऱ्याल्ल क्रि.वि. ऱ्याल वा कुनै रयालिँदो पदार्थ निस्के जस्तै गरी।
75806 ऱ्वाइँऱ्वाइँ क्रि.वि. घट्ट, जाँतो आदि घुम्ने वा ती घुमाउँदा मसिनो तिखो खालको आवाज आउने गरी।
75807 ऱ्वाम्म क्रि.वि. कुनै कमलो वस्तुमा तिखो हतियारले बेसरी रोप्ने वा चुच्चो गाड्ने चालसँग।
75808 ल१ देवनागरी वर्णमालाको अट्ठाइसौँ व्यञ्जन वर्ण; संस्कृत व्याकरणअनुसार दन्त्य र नेपाली उच्चारणअनुसार दन्तमूलीय सघोष, अल्पप्राण, पार्श्विक, व्यञ्जन; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; हात भाँच्यो ल।
75809 ल२ निपा. स्वीकृति, प्रेरणा, उदेक, आश्चर्य, खेद, आग्रह आदि जनाउँदा प्रयुक्त हुने शब्द। (उदा.- ल, हिजोको जस्तै गरुँला। ल, कस्तो नकाम भएछ। ल, अब बेर नगरौँ। तिमी भरे छिटै घर जाऊ ल!)
75810 लँगडा ना. १. एक जातको असल आँपको नाउँ।
75811 लँगडा ना. २. 'लँगडो' को तिर्यक् रूप।
75812 लँगडाइ ना. लँगडाउने काम वा किसिम।
75813 लँगडाइनु अ.क्रि. लँगडाउने होइनु; खोच्याइनु।
75814 लँगडाउनु अ.क्रि. लँगडो हिँडे जस्तै चालले हिँड्नु; खोच्याउनु; लेच्याउनु।
75815 लँगडो वि. खोच्याएर वा लेच्याएर हिँड्ने; खँजाहा; खोरन्डो।
75816 लँगो ना. इस्टकोट; इस्कोट।
75817 लँगौटिया वि. १. उमेरमिल्दो; एकै दाँवलको।
75818 लँगौटिया वि. २. मन मिल्ने।
75819 लँगौटिया यार ना. बालककालदेखिको मन मिल्ने साथी; बालसँगाती; दौँतर।
75820 लँगौटी ना. कन्धनीमा घुसारेर उपस्थ र गुदद्वार छोप्ने सानो ठाडो धोती; कौपीन; धरो।
75821 लइन ना. पङ्क्ति वा श्रेणी; लाइन।
75822 लइन छोकडा ना. लइनछोकडो।
75823 लइन छोकडो ना. विदेशीहरूको सहवास वा सरसङ्गत पाएको र चनाखो तथा खाइलाग्दो भएको ठिटो। स्त्री. लइनछोकडी।
75824 लउन्ठ ना. लेकमा हुने वा पाइने एक प्रकारको बोटविशेष।
75825 लकडी ना. १. रुख काटेको ठुलो मुढो वा काठको लामो गिँड।
75826 लकडी ना. २. बाल्ने काठ; दाउरो।
75827 लकपक ना. १. लाज, धक, त्रास आदिले बोली लरबराउने वा अस्पष्ट हुने चाल; कुरोकन्थो स्पष्ट नहुने स्थिति।
75828 लकपक ना. २. नातागत वा रोगका कारणले हिँड्दा धरमराउने काम। लरबर हुने अवस्था।
75829 लकपकाइ ना. लकपकाउने काम वा किसिम।
75830 लकपकाइनु अ.क्रि. लकपक होइनु।
75831 लकपकाउनु अ.क्रि. अपूर्ण वा अस्पष्ट रूपले बोल्नु; लकपक गर्नु; अकमकाउनु।
75832 लकपकाहट ना. लकपकाउने काम, अवस्था वा किसिम; लकपकाइ।
75833 लकपकिनु अ.क्रि. लकपकाउनु।
75834 लकपकी ना. लकपकाउने काम; लकपक।
75835 लकपके वि. लकपक गर्ने; लकपकाउने।
75836 लकपक्याइ ना. लकपकिने काम वा किसिम।
75837 लकपक्याहट ना. लकपकिने काम, अवस्था वा किसिम।
75838 ल कमिसन ना. कानुन आयोग।
75839 लकरुवा निगालेचितुवा; चरीबाघ।
75840 लकवा/लकुवा ना. सम्पूर्ण अङ्ग नचल्ने र चेतनाशून्य बनाइदिने रोगविशेष; पक्षाघात; पक्षवात; लकुवा।
75841 लकाँसी ना. झ्यालढोकाको खापा अडिने ठेलाभित्र तेर्सो रहेको काठ।
75842 लकार ना. दन्त्यस्थानबाट उच्चारण गरिने, अन्तःस्थ वर्णको तेस्रो अक्षर; 'ल' अक्षर।
75843 लकिर ना. लट्ठीजस्तो सोझो ठाडो धर्को; रेखा; धर्सो।
75844 लकुना ना. तल्लापट्टि दाँत फर्केकी ढोई।
75845 लकुवा ना. हे. लकवा।
75846 लक्कर ना. १. लकडी; काठ।
75847 लक्कर ना. २. पुरुषको जननेन्द्रिय; शिश्न।
75848 लक्का ना. १. पुच्छर फिँजारिएको एक जातको परेवा; भाले परेवा।
75849 लक्का ना. २. बाज पक्षीको भाले। वि.
75850 लक्का ना. ३. मस्त जवान; तरुनो; लायक ठिटो।