Dictionary

All Word

76151 लजाउनु अ.क्रि. १. लाज मान्नु; सर्माउनु।
76152 लजाउनु अ.क्रि. २. धक वा सङ्कोच मान्नु।
76153 लजालु वि. १. लाज मान्ने स्वभावको; लज्जाशील।
76154 लजालु वि. २. बुहारीझार; लज्जावती।
76155 लजेजडी ना. हिमाली भेकमा पाइने एक प्रकारको बुटी।
76156 लजो ना. काम गर्ने साधन वा उपकरण (कुटो, कोदालो, खुकुरी, चक्कु, करौँती इ.)।
76157 लज्जा ना. १. मान्य जनका सामुमा पर्दा भित्रभित्रै उब्जने धक; सङ्कोच।
76158 लज्जा ना. २. अनुचित काम गर्दा, काम विफल हुँदा, शरीरका गुप्ताङ्गहरू देख्ता वा देखिँदा मुख देखाउन, कसैका सामु पर्न वा कसैका मुखमा हेर्न असमर्थ तुल्याउने मनोभाव; कुरीकुरी; सरम; लाज।
76159 लज्जा ना. ३. इज्जत; प्रतिष्ठा।
76160 लज्जालु वि. १. लाज मान्ने स्वभावको; लज्जाशील।
76161 लज्जालु वि. २. विनयी; नम्र। ना.
76162 लज्जालु वि. ३. लज्जावती।
76163 लज्जावती वि. १. लज्जालु; स्वभावैले लाज मान्ने स्वभावकी (स्त्री)। ना.
76164 लज्जावती वि. २. अमिलीका जस्ता पात तथा सेता वा राता फूल र डाँठ हुने, छुँदा खुम्चिने भुइँझार; बुहारीझार; छुइमुईं; लाजवन्ती।
76165 लज्जावान् वि. लाज मान्ने; लज्जाशील।
76166 लज्जाशील वि. स्वभावैले लाज मान्ने; लज्जालु।
76167 लज्जित वि. १. लाज मानेको; लजाएको।
76168 लज्जित वि. २. विनयशील।
76169 लज्जे ना. लज्जावती; लाजवन्ती।
76170 लटकन ना. १. लट्केको वस्तु; लर्को।
76171 लटकन ना. २. झल्लर; झालर; झुम्को।
76172 लटक्क क्रि.वि. मरमसला, तेल आदि पुगेर तिहुनतरकारी वा अन्य कुनै खाद्य पदार्थ लदरो वा बाक्लो हुने गरी।
76173 लटनपटन ना. १. अव्यवस्था वा बेफिक्रीबाट भएको गोलमाल; लथालिङ्ग स्थिति; लटरपटर।
76174 लटनपटन ना. २. छलछाम गरेर पैसा हिनामिना गर्ने काम।
76175 लटनपटन ना. ३. भद्रगोल; छ्यासमिस।
76176 लटपट ना. १. गोलमाल; लटनपटन।
76177 लटपट ना. २. छुतछात; लसपस।
76178 लटपटाइ ना. लटपटाउने भाव, क्रिया वा प्रक्रिया।
76179 लटपटाइनु अ.क्रि. लटपटाउने होइनु; अकमकाइनु।
76180 लटपटाउनु अ.क्रि. बोल्दा जिब्रो लर्बराउनु; अलमलिनु; अकमकाउनु।
76181 लटपटिनु अ.क्रि. १. अल्झने किसिमले बेह्रिनु; लुटपुटिनु; लपेटिनु।
76182 लटपटिनु अ.क्रि. २. मिसिनु।
76183 लटपटिनु अ.क्रि. ३. अलमलिनु; अल्झनु।
76184 लटपटिनु अ.क्रि. ४. लट्याङपट्याङ हुनु; लऱ्याङबऱ्याङ हुनु; कामको अल्झोमा पर्नु।
76185 लटपटिनु अ.क्रि. ५. लाटलुट हुनु; लसपस हुनु।
76186 लटपटिनु अ.क्रि. ६. सन्दिग्ध हुनु।
76187 लटपटे वि. लटपट वा भद्रगोल गर्ने; गोलमाले; भताभुङ्ग पार्ने।
76188 लटपट्याइ ना. लटपटिने तथा लटपट्याउने भाव, क्रिया वा प्रक्रिया।
76189 लटपट्याइनु क.क्रि. लटपट परिनु।
76190 लटपट्याउनु स.क्रि. १. गिलो र डल्लो वस्तु सुक्खा पदार्थमा मिसाउनु; लटपट पार्नु; लोटपोट पार्नु।
76191 लटपट्याउनु स.क्रि. २. अलमल्याउनु।
76192 लटपट्याउनु स.क्रि. ३. बेर्नु; लपेट्नु।
76193 लटमुखा वि. मौकामा बोल्न वा मनका कुरा प्रकट गर्न नसक्ने।
76194 लटरपटर ना. १. गडबडी; गोलमाल; लटनपटन।
76195 लटरपटर ना. २. छ्यासमिस; घुलमिल; लसपस।
76196 लटरम्म क्रि.वि. फलफूलले बोटबिरुवा नै ढाक्ने गरी; फल वा फूल झुप्पैझुप्पा भएर; भरेली।
76197 लटरी ना. नगद वा कुनै चिजको पुरस्कारप्राप्तिका लागि गोला झिकेर वा अन्य युक्ति अँगालेर खेलिने मौकाबाजीको खेल; चिट्ठा।
76198 लटीपटी ना. सर्वस्व; सिरीखुरी; लट्टीपट्टी।
76199 लट्कनु अ.क्रि. १. कुनै मुद्दामामिला नछिनिएर वा कामकुरो आदि नटुङ्गिएर टाँगिइरहनु; बाँकी रहनु।
76200 लट्कनु अ.क्रि. २. झुन्डिनु; तुर्लुङ्ग हुनु; झोलिनु।