Dictionary

All Word

76251 लट्ठ्याइ ना. २. लट्ठ्याउने भाव, क्रिया वा प्रक्रिया।
76252 लट्ठ्याइनु क.क्रि. लट्ठ पारिनु।
76253 लट्ठ्याउनु स.क्रि. / प्रे.क्रि. १. नशाले लट्ठ पार्नु; आलसतालस गराउनु।
76254 लट्ठ्याउनु स.क्रि. / प्रे.क्रि. २. मोहित पार्नु; लस्त गराउनु।
76255 लट्ठ्याउनु स.क्रि. / प्रे.क्रि. ३. निद्रा, आलस्य आदिले ग्रस्त पार्नु।
76256 लट्याइ ना. लट्याउने भाव, क्रिया वा प्रक्रिया।
76257 लट्याइनु क.क्रि. लाटो पारिनु; लट्याउने काम गरिनु।
76258 लट्याउनु स.क्रि. लाटो वा जडजस्तो पार्नु; विचेत तुल्याउनु।
76259 लट्याकलुटुक क्रि.वि. लटक्क पर्ने गरी निदाउने, लोलाउने र ओइलाउने चालले।
76260 लट्याङपट्याङ क्रि.वि. १. लापरबाहीका साथ काम टार्ने हिसाबले; लऱ्याङलुरुङ।
76261 लट्याङपट्याङ क्रि.वि. २. नियमविधि आदि नपुऱ्याएर; आतेपाते।
76262 लट्याङपट्याङ क्रि.वि. ३. कामचलाउका छाँटले पोत्ने वा लिप्ने गरी; लतपत।
76263 लट्याङपट्याङ क्रि.वि. ४. हरहिसाबमा अलमल्याउने गरी; लन्ठ्याङलुन्ठुङ।
76264 लट्याङ्ग्रो वि. १. पड्कारोसँग बोल्न नसक्ने; अस्पष्ट बोली भएको; तत्याङतुतुङ गर्ने।
76265 लट्याङ्ग्रो वि. २. लाटो खालको; लठ्याङ्ग्रो; लठेब्रो।
76266 लठ वि. लट्ठ।
76267 लठपत्र ना. लथालिङ्ग; अलपत्र।
76268 लठबज्र वि. लठाबज्र।
76269 लठरो वि. लाटो स्वभावको; लठेउरो।
76270 लठाङ्ग्रिनु अ.क्रि. १. जोल्टिनु; लठारिनु; बटारिनु।
76271 लठाङ्ग्रिनु अ.क्रि. २. झगडा गर्नु; बाझ्नु; जुध्नु।
76272 लठ्याङ्ग्य्राइ ना. लठाङ्ग्रिने क्रिया वा प्रक्रिया।
76273 लठाबज्र ना. १. परस्परको ठुलो झगडा वा मारपिट। वि.
76274 लठाबज्र ना. २. बरबाद भएको; भताभुङ्ग भएको।
76275 लठाबज्र ना. ३. सँभाली नसक्ने खालको; बेसम्भार; लठबज्र।
76276 लठारिनु अ.क्रि. १. लठारो जस्तै गरी बटारिनु; बाटिनु।
76277 लठारिनु अ.क्रि. २. लठाङ्ग्रिनु; जोल्टिनु।
76278 लठारिनु अ.क्रि. ३. झगडा गर्नु।
76279 लठारो ना. १. बाबियो, फलामका तार आदिको मोटो डोरी; लखाकी।
76280 लठारो ना. २. लामो समयसम्म परिरहने झगडा।
76281 लठारो ना. ३. नटुङ्गिएका कामको चापाचाप; झमेला।
76282 लठाऱ्याइ ना. लठारिने क्रिया वा प्रक्रिया।
76283 लठिँगरे/लठिङ्गरे वि. १. लठुवा; लट्ठक।
76284 लठिँगरे/लठिङ्गरे वि. २. लबिधरे; लर्दू।
76285 लठिबज्र वि. १. अलपत्रिँदो अवस्थाको; लठिबज्रे; लठाबज्र। ना.
76286 लठिबज्र वि. २. मेलोमेसो केही नभएको काम।
76287 लठिबज्र वि. ३. लट्ठी लिएर जुध्ने वीरहरूको समूह।
76288 लठिबज्रे वि. १. काम राम्ररी सँभालेर गर्न नसक्ने; काम गर्ने काइदा नजानेको।
76289 लठिबज्रे वि. २. मेलोमेसो केही नपाइने।
76290 लठुवा वि. १. लट्ठक; मूर्ख; लठिङ्गरे।
76291 लठुवा वि. २. लबिधरे; लर्दू।
76292 लठेउरो वि. लाटो स्वभावको; लठेप्रो; लठ्यौरो; लठरो।
76293 लठेप्रो/लठेब्रो वि. लठेउरो। स्त्री. लठेप्री/लठेब्री।
76294 लठैत ना. लाठो लिएर हिँड्ने व्यक्ति वा व्यक्तिहरूको समूह।
76295 लठ्याङ्ग्रिनु अ.क्रि. लठाङ्ग्रिनु।
76296 लठ्याङ्ग्रो/लठ्यौरो वि. लट्ठक; लठेउरो; लठेप्रो; लठेब्रो।
76297 लड्नु स.क्रि. १. लडाईँ गर्नु; जुध्नु; झगडा गर्नु; लाप्पालाप्पी खेल्नु।
76298 लड्नु स.क्रि. २. लोट्नु; पछारिनु; गिर्नु; ढल्नु।
76299 लड्नु स.क्रि. ३. लेट्नु; सुत्नु; पल्टनु।
76300 लड्नु स.क्रि. ४. नोकरीका निम्ति सेवाआयोग आदिका परीक्षामा सामेल हुनु; प्रतिस्पर्धामा भाग लिनु।