Dictionary

All Word

76301 लडकपन ना. १. लडकाको स्वभाव वा प्रकृति; बालकपन; ठिटौली; ठिट्याइँ।
76302 लडकपन ना. २. नासमझ हुनाको स्थिति।
76303 लडकपन ना. ३. बाल्यावस्था।
76304 लडकी ना. १. केटी; ठिटी।
76305 लडकी ना. २. पुत्री; छोरी।
76306 लडको ना. १. केटो; ठिटो; लडिका।
76307 लडको ना. २. पुत्र; छोरो।
76308 लडखड क्रि.वि. लड्दै-भिड्दै; दुःखका साथमा।
76309 लडखडाइ ना. लडखड गर्ने भाव, क्रिया वा प्रक्रिया।
76310 लडखडाइनु क.क्रि. लरखराइनु।
76311 लडखडाउनु अ.क्रि. लरखराउनु; धर्मराउनु।
76312 लडन्त ना. लड्ने वा झगडा गर्ने काम; जुधाजुध; हातमिसामिस; भिडन्त; युद्ध; घमासान; लडभिड।
76313 लडन्ता/ लडन्ते वि. लडन्त गर्ने स्वभावको; युद्धमा लागेको।
76314 लडबड क्रि.वि. १. रोगले वा कमजोरीले चलहल गर्न नसक्ने गरी; हिँड्न र उभिन नसक्ने चालले; धरमर।
76315 लडबड क्रि.वि. २. डर, रोग, धक आदिले अस्पष्ट आवाज आउने गरी; लरबर।
76316 लडबडाइ ना. लडबडाउने भाव, क्रिया वा प्रक्रिया।
76317 लडबडाइनु अ.क्रि. लडखडाइनु; लकपकाइनु; धर्मराइनु।
76318 लडबडाउनु अ.क्रि. १. हिँड्न वा उभिन नसकेर धर्मराउनु वा लड्न खोज्नु।
76319 लडबडाउनु अ.क्रि. २. लकपकाउनु; लरबरिनु; धकाउनु।
76320 लडबडिनु अ.क्रि. लडबडाउनु।
76321 लडबड्याइ ना. लडबडिने भाव, क्रिया वा प्रक्रिया।
76322 लडबुडिनु अ.क्रि. लुडबुडिनु।
76323 लडबुड्याइ ना. लुडबुड्याइ।
76324 लडबुड्याइनु क.क्रि. लुडबुड्याइनु।
76325 लडबुड्याउनु स.क्रि. / प्रे.क्रि. लुडबुड्याउनु।
76326 लडभिड ना. परस्परमा लड्ने र भिड्ने काम; झैझगडा; कलह; लडन्त।
76327 लडाइँ ना. १. दुई विरोधी दल वा पक्ष खास गरी सशस्त्र सैनिकहरू लड्ने र एक अर्कालाई मारपिट गर्ने काम; सङ्ग्राम; युद्ध; रण; लडन्त।
76328 लडाइँ ना. २. झगडा; तकरार; कुटाकुट; मारमुङ्ग्री।
76329 लडाइँभडाइँ ना. मिल्न लागेको लडाइँ फेरि भड्केर सुरु भएको अवस्था।
76330 लडाइ ना. १. लड्ने भाव, क्रिया वा प्रक्रिया। [लडाउ+आइ]
76331 लडाइ ना. २. लडाउने भाव वा क्रिया-प्रक्रिया।
76332 लडाइनु क.क्रि. लडन्त गराइनु; भिडाइनु।
76333 लडाउनु स.क्रि. / प्रे.क्रि. १. परस्परमा लडन्त गराउनु; भिडाउनु; जुधाउनु।
76334 लडाउनु स.क्रि. / प्रे.क्रि. २. लोटाउनु; पछार्नु।
76335 लडाउनु स.क्रि. / प्रे.क्रि. ३. लेटाउनु; सुताउनु; ढाल्नु।
76336 लडाउनु स.क्रि. / प्रे.क्रि. ४. गुडाउनु।
76337 लडाउनु स.क्रि. / प्रे.क्रि. ५. लड्न लाउनु; लड्ने पार्नु।
76338 लडाक ना. १. लडन्त; लडाइँ; झगडा।
76339 लडाक ना. २. योद्धा; वीर; लडाका; लडाकु।
76340 लडाक ना. ३. झगडालु; कचिङ्गलो।
76341 लडाकपन ना. लडाक हुनाको भाव वा अवस्था।
76342 लडाका वि. खुब लड्न सक्ने; योद्धा; जोधा; लडाकी; लडाकु।
76343 लडाकी वि. १. लडाका; लडाकु।
76344 लडाकी वि. २. युद्धमा खुब लड्ने (स्त्री)।
76345 लडाकु वि. १. लडाका।
76346 लडाकु वि. २. लडाइँका काममा आउने (जस्तो- लडाकु जहाज)।
76347 लडाको आपसको मनोमालिन्य; कचिङ्गल।
76348 लडिका ना. लडको; ठिटो; केटो।
76349 लडिनु क.क्रि. १. लड्ने काम गरिनु; जुधिनु।
76350 लडिनु क.क्रि. २. लोटिनु; गिरिनु।