Dictionary

All Word

76201 लट्काइ ना. लट्कने तथा लट्काउने भाव, क्रिया वा प्रक्रिया।
76202 लट्काइनु क.क्रि. लट्कने पारिनु; झुन्ड्याइनु।
76203 लट्काउनु स.क्रि./प्रे.क्रि. १. काम-कुरो नसिद्ध्याई अलमल्याइराख्नु; रोकिरहनु; टाँग्नु।
76204 लट्काउनु स.क्रि./प्रे.क्रि. २. लट्कन लाउनु; लट्कने पार्नु।
76205 लट्किनु अ.क्रि. १. लट्कनु।
76206 लट्किनु अ.क्रि. २. लट्कने होइनु।
76207 लट्क्याइ ना. लट्किने भाव, क्रिया वा प्रक्रिया।
76208 लट्टा ना. १. मयल, चोप आदिले जमेर डल्लोडल्लो परेको केश; गुजुल्टो परेको रौँ।
76209 लट्टा ना. २. चिउरा, चामल, गुन्द्रुक आदि बिग्रेर वा टाँसिएर भएको चपरो।
76210 लट्टा ना. ३. जोगीहरूको केशपाश; जटा।
76211 लट्टाई ना. कथ्य. लटाइ। चङ्गा उडाउँदा धागो बेर्न प्रयोग गरिने काठको बेलनाकार साधन।
76212 लट्टिनु अ.क्रि. १. दुईतीन थरी वस्तु एकअर्कामा जेलिई वा टाँसिई एउटै गुजुल्टो हुनु; जोल्टिनु।
76213 लट्टिनु अ.क्रि. २. मयल, चोप आदिले वा यस्तै लेसाइलो पदार्थले रौँ आदि जमेर डल्लो पर्नु; लट्टा पर्नु।
76214 लट्टी ना. १. मुठो पारेको धागाको एक परिमाण; लरियो; लच्छा; लर्को।
76215 लट्टी ना. २. एक सय बिस गज धागो चक्का आकारमा बेरेको मुठो।
76216 लट्टीपट्टी ना. श्रीसम्पत्ति; सिरीखुरी; सर्वस्व।
76217 लट्टु१ ना. धागाले भेट्नुमा बेह्री झट्का दिएर च्याम्पटी झैँ घुमाउँदै खेलिने एक प्रकारका खेलौना; भुरुङ।
76218 लट्टु२ वि. १. मायापिर्तीमा नराम्रोसँग लागेको; आसक्त; लग्गु।
76219 लट्टु२ वि. २. कुनै काममा एकोहोरो लागेको।
76220 लट्टे१ ना. भिजाएको अनदीको चामल पानी नहालीकन घिउ वा तेलमा भुटेर खुदो आदि गुलियो मिसाई पकाएको खानेकुरो; चाम्रे; ढकनी।
76221 लट्टे२ ना. लाम्चा भुवादार पात हुने, गाढा राता वा सेता झुप्पाकार फूल फुल्ने एक बोट वा त्यसमा फल्ने ससाना दाना; नचनी; रामदाना।
76222 लट्टे३ वि. १. लट्टैलट्टा परेको; मयल वा लेसाइलो पदार्थले जमेको।
76223 लट्टे३ वि. २. जटाधारी; जटावाल; जटे।
76224 लट्टेझाँक्री ना. लट्टावाल झाँक्री; लट्टा पालेको वनझाँक्री।
76225 लट्टेपड्काइ ना. लट्टेका दाना भुट्दा पड्के झैँ छिटोसँग बोल्ने वा पढ्ने काम।
76226 लट्टेपा ना. भुटेको लट्टेलाई खुदोमा मुछेर बनाइएको रोटी।
76227 लट्टो ना. कुनै कामकुराप्रतिको एकोहोरो लगाव; आसक्ति।
76228 लट्ट्याइ ना. १. लट्टिने भाव, क्रिया वा प्रक्रिया। [लट्ट्याउ+आइ]
76229 लट्ट्याइ ना. २. लट्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
76230 लट्ट्याइनु क.क्रि. लट्टा पारिनु; लट्टा बनाइनु।
76231 लट्ट्याउनु स.क्रि. / प्रे.क्रि. १. लट्टा पार्नु।
76232 लट्ट्याउनु स.क्रि. / प्रे.क्रि. २. धेरै वस्तुहरूलाई जोल्ट्याएर वा टाँसेर एउटै बनाउनु।
76233 लट्याकलुटुक क्रि.वि. लटक्क पार्ने गरी; निदाउने, लोलाउने र ओइलाउने चालले।
76234 लट्ठ वि. १. लागु पदार्थको सेवनले ग्रस्त; नशा वा मदले चुर; लठ।
76235 लट्ठ वि. २. सम्झना वा होस नरहेको।
76236 लट्ठ वि. ३. प्रसन्न; मस्त; रद्द।
76237 लट्ठ वि. ४. आलस्य, निद्रा आदिले ग्रस्त।
76238 लट्ठक वि. लठुवा; स्वाँठ; भुच्चुक; हलम्बू; लठिङ्गरे।
76239 लट्ठा ना. १. इँट, ढुङ्गा, रोडा आदिले थामजस्तो बनाइएको अग्लो गाह्रो।
76240 लट्ठा ना. २. लामो थाम; स्तम्भ।
76241 लट्ठा ना. ३. दुई देशका बिच साँध छुट्ट्याउन बिचमा गाडिने वा बनाइने स्तम्भ; निसान ढुङ्गो; साँधेढुङ्गो।
76242 लट्ठाझड्की ना. लामो डोरीलाई दुई छेउबाट तानातान गर्ने खेल (टग अफ वार)।
76243 लट्ठालट्ठी वि. मादक पदार्थ, निद्रा वा आलस्य आदिले सताइएको; लट्ठिएको; लट्ठ।
76244 लट्ठिनु अ.क्रि. १. लट्ठ पर्नु; नशाले चुर हुनु; लग्गु हुनु।
76245 लट्ठिनु अ.क्रि. २. मोहित हुनु; रद्द पर्नु।
76246 लट्ठिनु अ.क्रि. ३. आलस्य, निद्रा आदिले सताइनु।
76247 लट्ठी ना. बाँस वा काठको सोझो लामो टुक्रो; ठुलो दरो लौरो; लाठी; डन्डा; लाठो; सोट्ठा।
76248 लट्ठीकासा ना. प्रत्येक खेलाडीले एकएकवटा लट्ठी लिई डुम भएका खेलाडीको लट्ठी हुत्याएर खेल्ने एक खेल।
76249 लट्ठु वि. लट्ठक; हरिलन्ठ।
76250 लट्ठ्याइ ना. १. लट्ठिने भाव, क्रिया वा प्रक्रिया। [लट्ठ्याउ+आइ]