Dictionary

All Word

75501 रेसम कागत ना. भारत आदि देशतिर नेपाली कागतलाई भनिने नाम; नेपाली कागत।
75502 रेसमदार वि. रेसमजस्तो; रेसमका ढाँचाको।
75503 रेसमी वि. रेसमले बनेको; रेसमको।
75504 रेसा ना. बोटबिरुवाका डाँठपात वा जीवका शरीरमा हुने तन्तु।
75505 रेसमदार वि. रेसा भएको; रेसाजस्तो।
75506 रेस्टुराँ ना. जलपान गर्ने ठाउँ वा पसल; चमेनाघर, भोजनालय।
75507 रेसुङ्गा ना. नेपालको गुल्मी जिल्लामा पर्ने, ॠष्यशृङ्ग ॠषिले तपस्या गरिएको भनी प्रसिद्ध स्थान वा आश्रम।
75508 रैकर ना. अरू कसैको अधीनमा नभएको, रैती आफैँले सरकारमा तिरो तिरेर कमाउने जग्गा; तिरो वा बाली तहसिल गर्ने गरी सरकारद्वारा रैतीलाई कमाउन दिएको जग्गा; राजगुठी र सरकारी लिखतबाहेकको, राज्यकरको प्रत्यक्ष रूपमा रहेको गैह्र जग्गा।
75509 रैकौंचँ ना. मास आदिको पिठोमा हरिया सागपातका त्यान्द्रासमेत मिलाई मस्यौराजस्तै गरी घाममा सुकाएर बनाइने तरकारीविशेष (तराईक्षेत्रमा प्रचलित)।
75510 रैक्रिया ना. कारणवश मरेको रातपछि ढिकुरो उठाइने र ढिकुराको काम एकदुई दिनमै सकी गरिने क्रिया; छोटकरी क्रिया।
75511 रैतान ना. १. रैती वा मोहीहरूको समूह।
75512 रैतान ना. २. दुनियाँ (दिव्य.)।
75513 रैतानी ना. १. रैतानको काम; किसानी। वि.
75514 रैतानी ना. २. रैतानसम्बन्धी; रैतानको।
75515 रैतानी ना. ३. रैतीसम्बन्धी; रैतीको।
75516 रैती ना. १. कुनै देशको भूभागमा घरजम गरी बस्ने मानिस; प्रजा; दुनियाँ। (उदा.- रैती मोटा भया दरबार बलियो रहन्या छ। दिव्य.)।
75517 रैती ना. २. अरूको जग्गा कमाउने व्यक्ति; मोही (उदा.- त्यो काजीले रैतीलाई तह लाएर खान सकेन)।
75518 रैती दुनियाँ ना. देशका साधारण किसान र अरू निवासी।
75519 रैतेलो रैतीका रूपमा रहेको व्यक्ति; रैतानको बासिन्दा।
75520 रैथाने वि १. कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा; आदिवासी।
75521 रैथाने वि २. ठालु; श्रेष्ठ । ना.
75522 रैथाने वि ३. स्थानपति; क्षेत्रपाल।
75523 रैन१ ना. ज्यादै सानो कण; रेणु; धुलो; छारो।
75524 रैन२ ना. रात वा रातीको विश्राम, जस्तो- रैनबसेरा (घर, स्थान)।
75525 रैबन्दी१ ना. १. बराबरी गरिएको भाग; दामासाही; एकनासको बन्डा।
75526 रैबन्दी१ ना. २. कर वा मूल्य आदि तोक्ने काम।
75527 रैबन्दी२ ना. १. रैतीका नाउँमा जग्गाजमिन दर्ता गर्ने काम वा त्यस्तो दर्ता गरिएको जग्गाको मालपोत दर्तावाल रैतीले नै बुझाउने व्यवस्था।
75528 रैबन्दी२ ना. २. रीतिथिति।
75529 रैबारे ना. मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा 'सम्चार' अर्थमा प्रयुक्त खबर ल्याउने-लैजाने मानिस; खबर ओहोरदोहोर गर्ने मान्छे; समाचारवाहक; सन्देशदूत; हलकारा।
75530 रैमट्ट ना. १. विभिन्न वस्तु एकै ठाउँमा पार्ने वा मिलाउने काम; छ्यासमिस; सरोबर।
75531 रैमट्ट ना. २. हुँडल्ने काम; फाँड्ने काम; नामेट।
75532 रैयत ना. रैतीहरूको जमात; रैती; दुनियाँ। (उदा.- सारा रैयतको प्रसन्न मन भो...... ।- भानुभक्त आचार्य)
75533 रैयती वि. रैयतसित सम्बन्धित; रैयतको।
75534 रैयाँ ना. १. बालाका छाँटको, बाहिरी भागमा चुच्चो-चुच्चो काँडा निकालिएको, नाडीमा लगाइने चाँदीको बाला। (पश्चिममा प्रायः मगर जातिका स्त्रीहरूले रैयाँ लगाउने गर्छन्।)
75535 रैयाँ ना. २. बिधुवीले लगाउने धातुको चुरी।
75536 रैरकम ना. रकमे रकमकलम।
75537 रोइ ना. रुने काम।
75538 रोइकराइ ना. १. रुने र कराउने काम; अलापविलाप; रुवाबासी।
75539 रोइकराइ ना. २. दुःखपुकारा।
75540 रोइला ना. एक चरणमा आठ वा बाह्र मात्रा हुने एक प्रकारको चुड्के लोकगीत।
75541 रोक्नु स.क्रि. १. भइरहेको कुनै कामकुरो बीचैमा छोड्नु; स्थगित गर्नु; रोक्का गर्नु।
75542 रोक्नु स.क्रि. २. हुन लागेको कामकुरा हुन नदिनु; प्रतिबन्ध लगाउनु; निषेध गर्नु; मनाही गर्नु।
75543 रोक्नु स.क्रि. ३. भाँजी हाल्नु; छेक्नु; थुन्नु।
75544 रोक्नु स.क्रि. ४. सवारीसाधन आदिलाई अड्याउनु; अगाडि जान नदिनु; थाम्नु।
75545 रोक ना. १. रोक्ने काम; रोक्का; रोकावट; प्रतिबन्ध।
75546 रोक ना. २. मनाही; निषेध।
75547 रोकटोक ना. १. रोक्का गर्ने, हड्कने काम; प्रतिबन्ध; मनाही।
75548 रोकटोक ना. २. निषेध गर्नका लागि गरिने सोधपुछ।
75549 रोकड ना. १. नगद रुपियाँ; धन; पुँजी।
75550 रोकड ना. २. धरौट; नासो।