Dictionary

All Word

75351 रूपा ना. रुपा।
75352 रूपाङ्कन ना. १. कुनै भावी कार्य, योजना आदिको रूप निश्चित गर्ने वा बनाउने काम।
75353 रूपाङ्कन ना. २. बनौट, बुनौट आदिको विशेष ढाँचाकाँचा सोच्ने वा निर्धारित गर्ने काम।
75354 रूपाङ्ग ना. १. शब्दका रूपका अङ्ग (स्त्रीत्व, कर्तृत्व, कर्मत्व आदि)।
75355 रूपाङ्ग ना. २. धातुरूपका अङ्ग (वाच्य, लिङ्ग, पुरुष, काल, वचन आदि)।
75356 रूपाताल ना. हे. रुपा ताल।
75357 रूपात्मक वि. रूपको प्रमुखता भएको; रूपयुक्त।
75358 रूपात्मकता ना. रूपात्मक हुनाको भाव वा अवस्था।
75359 रूपान्तर ना. अर्को रूपमा लैजाने वा उल्थ्याउने काम; अर्को रूप; भिन्न रूप।
75360 रूपान्तरण ना. १. रूपान्तर हुने वा रूपान्तर गर्ने काम; कुनै वस्तुको एक रूपबाट अर्को रूपमा र एक अवस्थाबाट अर्को अवस्थामा गरिने परिवर्तन।
75361 रूपान्तरण ना. २. अनुवाद; उल्था।
75362 रूपान्तरित वि. रूपान्तर भएको वा गरिएको; रूप फेरिएको।
75363 रूपान्तरित भाषा विज्ञान ना. चम्स्कीद्वारा प्रणीत भाषाविज्ञानको एक अत्याधुनिक परिपाटी।
75364 रूपामक्खी ना. हे. रुपामक्खी।
75365 रूपायन ना. शब्दको रूपावली तयार गर्ने प्रक्रिया; लिङ्ग, वचन, पुरुष, कारक, काल, पक्ष, वाच्य, भाव आदि व्याकरणात्मक अर्थ दिने प्रत्ययद्वारा शब्दका विभिन्न रूपहरूको रचना; इनफ्लेक्सन।
75366 रूपायित वि. १. रूपायन प्रक्रिया भएको।
75367 रूपायित वि. २. विभक्ति प्रत्यय आदि गाँसिएर नयाँ रूप लिएको।
75368 रूपावली ना. एउटै शब्दका एकभन्दा बढी रूपहरूको समूह।
75369 रूपासे ना. हे. रुपासे।
75370 रूपिणी वि. १. रूप भएकी; रूपवती; सुन्दरी।
75371 रूपिणी वि. २. समान रूपकी; सदृश (स्त्री)।
75372 रूपिम ना. शब्दको लघुतम, अविभाज्य र सार्थक एकाइ।
75373 रूपी वि. १. अरूको रूप लिएको हो कि भनेजस्तो; रूपधारी; अवतारी।
75374 रूपी वि. २. राम्रो लाग्ने; सुन्दर।
75375 रूप्म ना. १. चाँदी।
75376 रूप्म ना. २. चाँदीको मुद्रा (रुपियाँ, मोहर, सुकी आदि)। वि.
75377 रूप्म ना. ३. राम्रो; सुन्दर।
75378 रूप्मक ना. रुपियाँ।
75379 रे१ ना. १. सङ्गीतका सात स्वर (सा रे ग म प ध नि. मध्ये एक; ॠषभ स्वरको चिह्न।
75380 रे१ ना. २. निम्न श्रेणी मानिएको मानिसलाई सम्बोधन गरिने शब्द; अरे; ओ। (उदा.- रे ब्याधा, तैँले यति राम्रो चरालाई किन मारिस्?)
75381 रे२ निपा. लख काट्दा वा प्रत्यक्ष थाहा नभएको कुरो बताउँदा वाक्यको पुछारमा प्रयोग हुने शब्द; अरे (उदा.- भान्दाइ पनि घर आउनुभएको थियो रे।)
75382 रेकड/रेकर्ड ना. १. स्थायित्व वा प्रामाणिकताका निम्ति पछिसम्म सुरक्षित राखिने कागतपत्र, लेखटिपोट आदि; अभिलेख।
75383 रेकड/रेकर्ड ना. २. मिसिल।
75384 रेकड/रेकर्ड ना. ३. ग्रामोफोन, टेप आदिका गीतहरू भरिएको चक्का; रिकाट।
75385 रेकड/ रेकर्ड ठेटर/थिएटर ना. चलचित्रको ध्वनि अङ्कन गर्ने ठाउँ।
75386 रेकर्डिङ वि. रेकर्ड भएको वा गरिने।
75387 रेकर्डिङ स्टुडियो ना. रेकर्ड गरिने कक्ष; रेकर्ड-थिएटर।
75388 रेख ना. १. हेरविचार पुर्‍याउने काम; हेरचाह।
75389 रेख ना. २. आफ्नो मातहतको हक; स्वत्व।
75390 रेखजोख ना. हेर्नेजाँच्ने काम; रेखदेख।
75391 रेखदेख ना. हेर्ने र ख्याल गर्ने काम; देखरेख; हेरचाह।
75392 रेखा ना. १. निर्धारित दिशामा लम्किएको मसिनु र लामो धर्को; डोरो।
75393 रेखा ना. २. आकार; रूप; चिह्न।
75394 रेखा ना. ३. सामुद्रिक शास्त्रअनुसार शुभ-अशुभ फल बताउने हात, गोडा, निधार, पैताला आदिको चिह्न।
75395 रेखागणित ना. रेखाहरूका माध्यमले गणितका सिद्धान्तको प्रतिपादन गरिने गणितको एक भेद।
75396 रेखाङ्कन ना. चित्र आदि बनाउनका निम्ति पहिले तयार पारिने रेखाको आकार; खाका; रूपाङ्कन।
75397 रेखाङ्कित वि. रेखा अङ्कित भएको; धर्को तानिएको।
75398 रेखाङ्कित चेक ना. खातामा जम्मा भएर मात्र भुक्तानी हुने चेक (क्रस-चेक)।
75399 रेखाङ्कित मापदण्ड ना. रेखाहरूका आधारमा निकालिने परिमाण; रेखाद्वारा छुट्ट्याइने नापो।
75400 रेखाचित्र ना. १. रेखैरेखाद्वारा तयार भएको चित्र; खाका।