Dictionary

All Word

75201 रुझाउनु प्रे.क्रि. रुझ्ने वा भिज्ने पार्नु।
75202 रुझनु अ.क्रि. रुझ्ने स्थितिमा परिनु।
75203 रुढी ना. आँठे, बिफर, हैजा आदि सङ्क्रामक रोग; महामारी; देशान।
75204 रुण्ड ना. टाउको नभएको शरीर; धड; गिँड; मुर्कट्टा।
75205 रुदन्ती ना. एक प्रकारको महत्त्वपूर्ण बुटी; सञ्जीवनी।
75206 रुदिलो ना. रातो खालको भेट्नु भएको, पातको तल्लो भाग दाँती परेको हुने, अति बास्ना आउने फूल फुल्ने र पात एवं जरो, बाथ, जुका र चुर्नामा औषधी लाग्ने बुटोविशेष; रुधिलो।
75207 रुद्ध वि. १. पीडा, चिन्ता आदिले आवाज फुट्न नसकेको; कण्ठ रोकिएको।
75208 रुद्ध वि. २. बाटो छेकिएको; अवरुद्ध।
75209 रुद्धकण्ठ वि. कण्ठ रुद्ध भएको; गला रोकिएको; भक्कानु परेको।
75210 रुद्र ना. १. शिवको प्रलयकारी एक रूप।
75211 रुद्र ना. २. अजैकपाद, अहिर्बुध्न, स्रष्टा, विश्वरूपहर, बहुरूप, त्र्यम्बक, अपराजित, वृषाकपि, शम्भु, कपर्दी र रैवत- शिवका यी एघार गणको नाम। वि.
75212 रुद्र ना. ३. भयङ्कर; डरलाग्दो।
75213 रुद्रघण्टी ना. घाँटीको माझमा बाहिरपट्टि उठेको हाडको फुकुन्डो।
75214 रुद्र मल्ल ना. वि. सं. १३६५ तिर अरिमल्लका युवराज भएर रहने राजकुमार।
75215 रुद्रवेणी ना. गुल्मी जिल्लामा पर्ने बडीगाउँ र कालीगण्डकीको दोभानमा रहेको एक तीर्थस्थल।
75216 रुद्राक्ष ना. कथ्य. रुद्राच्छे। हाँगामा लामालामा हरिया केशर हुने सेतो फूल फुल्ने प्रसिद्ध वृक्ष वा जपमाला बनाइने त्यसैको साह्रो गोल काँडे बियाँ।
75217 रुद्राक्षि ना. १. वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको तीन गुना बराबरको नाप; पर्वन, अग्नि वा विद्या बराबरको नाप।
75218 रुद्राक्षि ना. २. तीन अमल बराबरको नाप; तीन अङ्गुल।
75219 रुद्रानन ना. १. वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको पाँच गुना बराबरको नाप; तल, इन्द्रिय, भूत वा वाण बराबरको नाप।
75220 रुद्रानन ना. २. पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।
75221 रुद्राभिषेक ना. विशेषतः रुद्रीपाठ गर्दै शिवलिङ्गमा चढाइने जलको धारो।
75222 रुद्री ना. रुद्रको पूजा तथा उपासनाका निम्ति शिवलिङ्गमा अविच्छिन्न जलधारा दिँदै गरिने वैदिक पाठ; यजुर्वेदको रुद्रस्तोत्र। रुद्राष्टाध्यायी पाठ।
75223 रुधिर ना. १. रगत; रक्त।
75224 रुधिर ना. २. रातो रङ।
75225 रुधिलो ना. हे. रुदिलो।
75226 रुनारानी ना. सानातिना टुक्राटाक्री; ससाना रुना। (उदा.- बगरमा रुनारानीबाहेक अरू थोक के पो पाइएला र!)
75227 रुनु ना. १. बालुवा वा धुलाका कण।
75228 रुनु ना. २. ज्यादै थोरै परिमाण; रैन।
75229 रुन्कारुन्की ना. सानातिना धेरै रुन्का; रुनारानी।
75230 रुन्को ना. साह्रै सानो टुक्रो; रुनु।
75231 रुन्चे वि. १. सानोतिनो कारणले पनि रुने; पिच्चपिच्च रोइरहने स्वभावको; पिन्चे। स्त्री. रुन्ची। ना.
75232 रुन्चे वि. २. बालक-बालिकालाई रोऱ्याइँ लागिरहने रोग।
75233 रुन्चे वि. ३. लोकसंस्कृतिका अनुसार रोएको अभिनय गरेर दर्शकलाई हँसाउने विदूषक।
75234 रुन्चे भतेर ना. दुलही अन्भाउने दिन हुने, दुलहीपट्टिकै घरको भोज।
75235 रुन्झुन ना. पाउजेब, मुजुरा, सितार आदि झन्झनाएको वा बजेको शब्द; झन्कार।
75236 रुपन्देही ना. नेपालको पश्चिमाञ्चल विकास-क्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको तराई खण्डमा स्थित एक जिल्ला।
75237 रुपलाइन ना. हे. रोपलाइन।
75238 रुपसी वि. रूपवती; सुन्दरी (नारी)।
75239 रुपहारा वि. रूप नभएको; नराम्रो; कुरूप। रुपहारा छोरी, हूपहारा छोरो (उखान)।
75240 रुपा ना. १. चाँदी। वि.
75241 रुपा ना. २. चाँदीजस्तो; चाँदीको।
75242 रुपाताल ना. पश्चिमी नेपालको गण्डकी अञ्चलको कास्की जिल्लामा रहेको एक प्रसिद्ध ताल।
75243 रुपामक्खी ना. चाँदीको धाउ।
75244 रुपासे ना. प्रेमी वा प्रेमिकाले परस्परमा 'राम्रो वा राम्री छौ' भनी व्यङ्ग्यसाथ गर्ने सम्बोधन; रूपसी।
75245 रुपियाँ ना. १. नेपाली सय पैसा वा दुई मोहर बराबर मूल्यको चाँदीको सिक्का वा मुद्रा; रुपियाँ।
75246 रुपियाँ ना. २. भारतको अघिको चौसट्ठी पैसा र अहिलेको सय पैसा मोलको चाँदीको मुद्रा।
75247 रुपियाँ ना. ३. त्यति नै मूल्यको अचेल चलेको कागजी मुद्रा वा नोट।
75248 रुपियाँ ना. ४. धनसम्पत्ति; दौलत।
75249 रुपियाँ पैसा ना. १. धातु वा कागजका विभिन्न प्रकार र मूल्यका मुद्रा; चलसम्पत्ति।
75250 रुपियाँ पैसा ना. २. रुपियाँ र पैसा।