Dictionary

All Word

75151 रुगरुग क्रि.वि. केटाकेटी वा किरा-फट्याङ्ग्रा हिँड्ने चालले; रगरग।
75152 रुगरुगती क्रि.वि. अझै छिटो र लगातार रुगरुग हुने गरी।
75153 रुगरुगाउँदो वि. चिल्लो-चापुल्लो वा पोसिलो नभएको; मायालाग्दो।
75154 रुगरुगी क्रि.वि. रुगरुगती; रगरगी।
75155 रुगरुगे वि. १. रुगरुग गर्ने।
75156 रुगरुगे वि. २. चिल्लो नभएको रुखो; फुस्रो (उदा.- रुगरुगे जाउलो खानु छ, भान्सामा के जानु?)।
75157 रुगरुगे वि. ३. दयनीय; मायालाग्दो।
75158 रुगा ना. आँखा राता र रसिला हुने, नाकबाट पानी अनि पातलो सिँघान चुहिने, बारबार छिउँ लाग्ने र ज्वरोसमेत आउने एक रोग; रुघा।
75159 रुगाखोकी ना. सर्दी आदिका कारणले रुघा र खोकी दुवै लाग्ने रोग।
75160 रुग्ण वि. थलिएर जीर्ण भएको; बिरामी।
75161 रुग्णावकाश ना. थलिँदा वा बिरामी हुँदा लिइने र पाइने छुट्टी; बिरामी बिदा।
75162 रुघा ना. हे. रुगा।
75163 रुघाखोकी ना. रुगाखोकी।
75164 रुघिलो ना. हे. रुदिलो।
75165 रुङ्नु स.क्रि. रुँग्नु; कुर्नु; पर्खनु।
75166 रुङाइ ना. रुङ्ने क्रिया वा प्रक्रिया।
75167 रुङाइनु क.क्रि. रुङ्न लाइनु।
75168 रुङाउनु प्रे.क्रि. रुङ्न लाउनु।
75169 रुङिनु क.क्रि. रुँगिनु।
75170 रुच्नु अ.क्रि. १. खाने इच्छा वा मन हुनु; रुचि लाग्नु।
75171 रुच्नु अ.क्रि. २. कुनै वस्तु मन पर्नु; निको लाग्नु।
75172 रुचाइ ना. रुच्ने वा रुचाउने काम।
75173 रुचाइनु क.क्रि. मन पराइनु; निको मानिनु।
75174 रुचाउनु प्रे.क्रि. १. मन पराउनु; निको मान्नु। स.क्रि.
75175 रुचाउनु प्रे.क्रि. २. कुनै वस्तु छान्नु; रोज्नु।
75176 रुचि ना. १. खाने मन वा इच्छा; भोगको चाहना; भोक।
75177 रुचि ना. २. अभिलाषा; धोको; चाह।
75178 रुचि ना. ३. खानेकुराको स्वाद।
75179 रुचि ना. ४. कुनै वस्तुलाई मन पराउने काम; खुसीलाग्दो चाख।
75180 रुचि ना. ५. किरण; कान्ति; आभा; चमक।
75181 रुचि ना. ६. सौन्दर्य; शोभा।
75182 रुचिकर वि. १. रुचि उत्पन्न गर्ने; खान मन लाग्ने; भोक लगाउने।
75183 रुचिकर वि. २. मन रमाउने; मनपर्दो।
75184 रुचिकारक वि. रुचि पैदा गर्ने; रुचि जगाउने।
75185 रुचिवर्द्धक वि. रुचि बढाउने; रुचिकारक।
75186 रुचिर वि. १. रुचिअनुसारको; मनपर्दो।
75187 रुचिर वि. २. सुन्दर; मनोहर; राम्रो।
75188 रुचिर वि. ३. चहकिलो; चम्किलो।
75189 रुचिर वि. ४. मिठो वा स्वादिलो।
75190 रुचिरा ना. जगण, भगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने, चार अक्षरमा यति हुने अतिजगती छन्दको एक भेद।
75191 रुजु ना. १. सक्कल प्रतिसित नक्कल भिडाउने र जाँच्ने काम। वि.
75192 रुजु ना. २. उपस्थित; हाजिर।
75193 रुजु ना. ३. तम्तयार; तत्पर।
75194 रुजुकार ना. रुजु गर्ने व्यक्ति।
75195 रुजु बही ना. हाजिरकापी।
75196 रुजु हाजिर ना. गयल नभई नित्य आउनुपर्ने काम; दैनिक उपस्थिति।
75197 रुजू ना. हे. रुजु।
75198 रुझ्नु अ.क्रि. परेको पानीले निथ्रुक्क हुनु; झरीमा पर्नु; भिज्नु।
75199 रुझाइ ना. रुझ्ने काम वा किसिम।
75200 रुझाइनु क.क्रि. रुझ्ने पारिनु; भिजाइनु।