Dictionary

All Word

75051 रियासती वि. रियासतसम्बन्धी; रियासतको।
75052 रिल ना. १. धागो बेरिने लट्टाइजस्तो काठको साधन वा त्यसमा बेरिएको धागो।
75053 रिल ना. २. टिनबाट मट्टीतेल झक्ने एक प्रकारको पम्प।
75054 रिल ना. ३. कुनै यन्त्रको घुम्ने भाग।
75055 रिल ना. ४. चारकुने फल्याकलाई तल र माथिबाट आधाआधीजसो चिरी बिचमा कपेर साङ्ली पारी बनाइएको, जिल्ददार किताब खोलेर राख्न हुने खटिया; च्यापे; कठौतो।
75056 रिवाज ना. कुनै समाजमा चलेको रीति वा प्रथा; रीतिथिति; चालचलन।
75057 रिश्वत ना. हे. रिसवत।
75058 रिस ना. १. मन नपर्ने, अनुचित वा अन्यायको काम भएको देखेर कसैप्रति मनमा उठ्ने रोष; क्रोध, कोप; जङ।
75059 रिस ना. २. कुनै कारणवश कसैप्रति गरिने डाहा; ईर्ष्या; द्वेष।
75060 रिसको पोका वि. छिटो-छिटो रिसाउने; रिसाहा।
75061 रिसल्ला ना. घोडचढीको फौज; अश्वारोही सेना।
75062 रिसवत ना. एक पक्षलाई हानि र अर्को पक्षलाई लाभ पुर्‍याउने उद्देश्यले लाभ हुने पक्षबाट प्राप्त गर्ने रकम, दैदस्तुर, सलामी, इनाम, बक्स आदि नगदी वा अरू जुनसुकै आर्थिक लाभ; घुस; रिश्वत।
75063 रिसाइ ना. रिसाउने भाव, क्रिया वा प्रक्रिया।
75064 रिसाइनु अ.क्रि. क्रोधित हुनु।
75065 रिसाउनु अ.क्रि. १. कुनै कुरा, काम, कारण आदिमा चित्त नबुझी कसैसँग क्रुद्ध हुनु; रिस उठ्नु; जङ्गिनु; चिढिनु।
75066 रिसाउनु अ.क्रि. २. अप्रसन्न हुनु; नाराज हुनु।
75067 रिसानी ना. रिसाउने काम; नाराजी (आदरार्थमा)। (उदा.- भुल भए माफ पाऊँ, बिनसित्ति रिसानी नहोस् मुमा!)
75068 रिसारिस ना. आफू-आफूमा रिसाउने काम; परस्परको रिस; झोकाझोक।
75069 रिसाहा वि. एक्कासि वा कुरै नबुझीकन बढी रिसाउने स्वभावको; जङ्ग्याहा; झोकी; क्रोधी।
75070 रिसिनु अ.क्रि क्रोधित हुनु; चिढिनु।
75071 रिसिभर ना. टेलिफोनमा हातले समाती कान थापेर सुनिने र मुखले कुरा गरिने उपकरण वा यन्त्र।
75072 रिहर्सल ना. नृत्य, गीत, नाटक आदि दर्शकसमक्ष प्रस्तुत गर्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामकुराको पूर्वाभ्यास।
75073 रिहा वि. बन्धन वा कैदबाट छुटकारा पाएको; मुक्त; छुटेको।
75074 रिहाइ ना. १. छुटकारा; मुक्ति।
75075 रिहाइ ना. २. मिनाहा; माफी।
75076 रिहाइ ना. ३. अवकाश; छुट्टी।
75077 रीढ ना. शरीरको पृष्ठभागमा गर्धनदेखि गुदद्वारसम्म फैलिएको लाम्चो करङ; पछाडिको हाड।
75078 रीत ना. हे. रित।
75079 रीति ना. १. कुनै काम गर्ने काइदा, किसिम वा ढङ्ग; परिपाठ।
75080 रीति ना. २. कामको परिपाटी वा पद्धति।
75081 रीति ना. ३. पुर्ख्यौली चलन; रिवाज; प्रथा।
75082 रीति ना. ४. विधान; नियम।
75083 रीति ना. ५. साहित्यमा ओज, माधुर्य, प्रसाद आदि गुण उत्पन्न गर्ने विशिष्ट पदरचना (लाटी, गौडी, पाञ्चाली आदि)।
75084 रीतिथिति ना. १. चलेर आएको प्रथा; चालचलन; परम्परा।
75085 रीतिथिति ना. २. नीतिनियम; बरबन्दोबस्त।
75086 रीतिप्राधान्यवाद ना. समुचित पदहरूको ठिकठिक रखाइ नै काव्यको आत्मा मान्ने सिद्धान्त।
75087 रीतिभाँती ना. रितभाँत।
75088 रीतिरिवाज ना. १. पहिलेदेखि चलिआएको कुनै काम गर्ने नियम वा काइदा; रीतिथिति; चालचलन; प्रथा।
75089 रीतिरिवाज ना. २. बरबन्दोबस्त; प्रबन्ध।
75090 रीतिवाद ना. साहित्यमा रीतिलाई प्रमुखता दिने सिद्धान्त।
75091 रीतिवादी वि. रीतिवादको अनुयायी।
75092 रीतिस्थिति ना. रीतिरिवाज; रीतिथिति।
75093 रीमा ना. हे. रिमा।
75094 रुँग्नु स.क्रि. १. कुनै आशङ्कित खराबीबाट बच्न वा कसैको रेखदेख गर्नका निम्ति रखवारी गर्नु; रक्षा गर्नु; जोगाउनु; कुर्नु।
75095 रुँग्नु स.क्रि. २. कसैलाई पर्खनु; प्रतीक्षा गर्नु; ढुक्नु।
75096 रुँगाइ ना. रुँग्ने भाव, क्रिया वा प्रक्रिया।
75097 रुँगाइनु क.क्रि. रुँग्न लाइनु।
75098 रुँगाउनु प्रे.क्रि. रुँग्न लाउनु।
75099 रुँगालो ना. रुँग्ने वा रखवारी गर्ने मानिस; धरालो। स्त्री. रुँगाली।
75100 रुँगिनु क.क्रि. रुँग्ने काम गरिनु।