Dictionary

All Word

74951 रिक्थ पत्र ना. आफ्नो सम्पत्ति उत्तराधिकारीमा यस प्रकारले बाँड्नू भनी लेखिएको पत्र; इच्छापत्र।
74952 रिक्सा ना. मानिसले पाउदान चलाएर वा त्यसै तान्ने एक प्रकारको तीनपाङ्ग्रे सवारी।
74953 रिखी ना. हे. ॠषि।
74954 रिखी डोरो ना. रक्षाबन्धन।
74955 रिखी तर्पनी ना. रिखीलाई तर्पन दिने पूर्णिमा; जनैपूर्णिमा।
74956 रिखी पञ्चमी ना. ॠषिपञ्चमी।
74957 रिङ्नु अ.क्रि. रिँग्नु; घुम्नु।
74958 रिङ ना. १. तार, डन्डी, बेत, रबर आदिको चटक देखाइने वा फ्याँक्ने र समात्ने गरी खेलिने बाटुलो चक्का।
74959 रिङ ना. २. कानमा लगाइने मुन्द्रो।
74960 रिङ ना. ३. बाटुलो डोलो औँठी।
74961 रिङ ना. ४. खेलतमासा आदि अखाडाको वृत्ताकार जमिन।
74962 रिङ ना. ५. घण्टीको शब्द।
74963 रिङटा ना. हे. रिँगटा।
74964 रिङटे वि. रिँगटे।
74965 रिङाइ ना. रिङने भाव, क्रिया वा प्रक्रिया।
74966 रिङाइनु क.क्रि. रिङ्न लाइनु।
74967 रिङाउनु प्रे.क्रि. रिँगाउनु; घुमाउनु।
74968 रिङिनु अ.क्रि. रिङ्ने काम होइनु; घुमिनु।
74969 रिङ्गी गुम्बा ना. गण्डकी अञ्चलको गोरखा जिल्लामा रहेको एक प्रसिद्ध गुम्बा।
74970 रिङ्गै क्रि.वि. चारैतिर; वरिपरि। (उदा.- कालीवन रिङ्गै डढेलाले खाएछ।)
74971 रिचो ना. वेदको मन्त्र; ॠचा।
74972 रिजर्भ ना. १. पूरै शुल्क वा अग्रिम रकम दिएर कुनै स्थान,वस्तु, गाडी आदि सुरक्षित गर्ने वा खेलतमासा, सवारी आदिको आसन ओगट्ने काम। वि.
74973 रिजर्भ ना. २. आफ्नै मात्र हकको; एकलौटी।
74974 रिजिमन्ट वि. १. भएजति सबै; खलिकपुर; तमाम। ना.
74975 रिजिमन्ट वि. २. धेरै जनाको फौज वा समूह।
74976 रिजिमन्ट वि. ३. रेजिमेन्ट।
74977 रिझ ना. कसैलाई गरिएको सेवा चाकरीमा हुने खुसी; प्रसन्नता। (उदा.- उक्त जग्गा रिझबापत निजलाई बकसपत्र गरिदिएँ।)
74978 रिझाइनु क.क्रि. रिझाउने काम गरिनु।
74979 रिझाउनु स.क्रि. कसैलाई सेवाशुश्रूषा, चाकरी आदिबाट खुसी पार्नु; प्रसन्न तुल्याउनु।
74980 रिझनु अ.क्रि. सेवा सुसार, चाकरी आदिबाट प्रसन्न हुनु; खुसी हुनु।
74981 रिट ना. १. राज्य वा न्यायालय आदिद्वारा कसैलाई कुनै काम गर्न वा नगर्नका लागि दिइने आज्ञापत्र।
74982 रिट ना. २. कुनै मुद्दाको विषय कानुनबाट टुङ्गो लगाउन नमिल्ने अवस्थामा सम्बन्धित व्यक्तिले कानुनी उपचारका निम्ति सर्वोच्च अदालतमा दिने निवेदन।
74983 रिटक ना. गीतको बोल वा स्थायी; टेको।
74984 रिटाइ ना. रिटाउने क्रिया वा प्रक्रिया।
74985 रिटाइनु क.क्रि. रिटाउने काम गरिनु।
74986 रिटाउनु स.क्रि. १. कुनै वस्तुलाई चिरिच्याँट्ट पार्नु; सिँगार्नु; राम्रो तुल्याउनु।
74987 रिटाउनु स.क्रि. २. कौशल देखाएर काम गर्नु; सिप लाउनु।
74988 रिटाउनु स.क्रि. ३. फर्काउनु (जस्तो- कुलो रिटाउनु)।
74989 रिटायर वि. उमेरको हदम्याद पुगी जागिरबाट अवकाश पाएको; नोकरी छुटेको; सेवा वा कामबाट निवृत्त भएको।
74990 रिटिक्क क्रि.वि. कुनै वस्तुलाई सजिसजाउ पार्ने गरी; रिटाउने कायदाले।
74991 रिट्ठे वि. १. रिट्ठाजस्तो निक्खुर कालो (गोरु)।
74992 रिट्ठे वि. २. रिट्ठासम्बन्धी; रिट्ठाको।
74993 रिट्ठे झाँक्री ना. रिट्ठाको माला पहिरने झाँक्री; धामीको देउता।
74994 रिट्ठे भुमरी ना. हल गर्न असम्भव रहस्य।
74995 रिट्ठो ना. लामालामा पात हुने, सेता फूल फुल्ने, भित्र कालो बियाँ हुने, फलको बोक्रा लुगा धुने काममा प्रयोग गरिने एक जातको रुख वा त्यसैको खैरो गोलो फल।
74996 रिट्ठे नबिराई टु. एउटा पनि नछोडीकन।
74997 रिडी ना. पाल्पा र गुल्मी जिल्लाको बिचमा काली गण्डकीको किनारमा रहेको, माघे सङ्क्रान्तिमा तीन दिनसम्म ठुलो मेला लाग्ने, प्रसिद्ध धार्मिक एवं प्राकृतिक स्थल; रुरुक्षेत्र।
74998 रित ना. कुनै कामकुरा गर्ने युक्ति; कामको काइदा वा तरिका; प्रथा; रीति।
74999 रितभाँत ना. १. पुर्ख्यौली प्रथा; रीतिथिति।
75000 रितभाँत ना. २. चालचलन; विधिविधा। (उदा.- बिहेवारी रीतभाँतअनुसार नै गरे बेस हुन्छ।)