Dictionary

All Word

74851 राष्ट्रमण्डल ना. समान भाव वा हितका दृष्टिले परस्पर आबद्ध हुने राष्ट्रहरूको मण्डल वा समूह (कमनवेल्थ)।
74852 राष्ट्रवाद ना. १. आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्तिभावना।
74853 राष्ट्रवाद ना. २. मध्ययुगीन सामन्ती निरङ्कुशताका विरुद्धमा वा औपनिवेशिक दासताबाट मुक्तिका लागि उठेको राष्ट्रिय स्वतन्त्रताको आवाज; त्यसैसँग सम्बन्धित चिन्तन वा विचारधारा।
74854 राष्ट्रवादी वि. राष्ट्रवादको मत मान्ने; राष्ट्रवादसित सम्बन्ध भएको।
74855 राष्ट्रविप्लव ना. १. राष्ट्रमा उत्पात मचाई मुलुक विखण्डन गर्ने प्रयास; राष्ट्र टुक्र्याउने गतिविधि।
74856 राष्ट्रसङ्घ ना. प्रथम विश्वयुद्धपछि राष्ट्रहरूका बिच पारस्परिक सहयोग, सद्भावना र मित्रता कायम गरी विश्वशान्तिको स्थापना गर्ने उद्देश्यले इ. १९१९ मा खडा भएको विश्वका स्वाधीन राष्ट्रहरूको सङ्गठन।
74857 राष्ट्रसङ्घीय वि. राष्ट्रसङ्घसम्बन्धी; राष्ट्रसङ्घको।
74858 राष्ट्रसेवक ना. १. राष्ट्रमा सार्वजनिक उत्तरदायित्व वहन गर्ने पदप्रतिष्ठामा रहेको व्यक्ति।
74859 राष्ट्रसेवक ना. २. नेपाल सरकार वा कुनै सङ्गठित संस्थाप्रति लिइने शपथ वा सर्त, कबुल वा सम्झौताअनुसार प्राप्त भएको नियुक्ति, मनोनयन वा निर्वाचन हुने कुनै लाभको पदधारण गरेको वा सो पदमा बहाल रहेसम्मका अवस्थाको व्यक्ति।
74860 राष्ट्रिय वि. १. राष्ट्रसम्बन्धी; राष्ट्रको।
74861 राष्ट्रिय वि. २. राष्ट्रले गर्ने वा राष्ट्रको हितका निम्ति गरिने विशिष्ट क्रियाकलाप वा उद्देश्य भएको। (जस्तै- राष्ट्रिय अखण्डता, राष्ट्रिय निर्देशन, राष्ट्रिय प्रकृति, राष्ट्रिय योजना, राष्ट्रिय लगानी, राष्ट्रिय हित इ.।)
74862 राष्ट्रियकरण ना. १. सरकारले क्षतिपूर्ति गरी वा नगरी विशेष उद्योग, भूमि आदिमा अधिकार गरी सार्वजनिक पार्ने काम।
74863 राष्ट्रियकरण ना. २. कुनै सरकारी उद्देश्यपूर्तिका निम्ति मुआवजा दिई वा नदिई सर्वसाधारण जनताको जग्गाजमिन आदिको अधिग्रहण गर्ने काम।
74864 राष्ट्रियकृत वि. राष्ट्रिय बनाइएको; राष्ट्रियकरण गरिएको।
74865 राष्ट्रियगान ना. १. राष्ट्रले मान्यता दिएको गाना; राष्ट्रको गान; राष्ट्रिय गीत।
74866 राष्ट्रियगान ना. २. नेपाल सरकारबाट स्वीकृत राष्ट्रिय मान्यताप्राप्त स्वदेशगान।
74867 राष्ट्रियगीत ना. आफ्नो राष्ट्रप्रति सबै जनताको असीम श्रद्धा र भक्ति जनाउन कुनै राष्ट्रिय उत्सव वा सामूहिक समारोहमा गाइने, राष्ट्रको वा राष्ट्रका प्रतीकको गुणगाथाले भरिएको गीत; राष्ट्रिय गान।
74868 राष्ट्रिय जनावर ना. राष्ट्रिय रूपमा मान्यता दिइएको पशु (नेपालमा गाई)।
74869 राष्ट्रिय झन्डा ना. १. कुनै राष्ट्रको प्रतीक र परिचयात्मक सङ्केतका रूपमा सृजित तथा निर्मित झन्डा।
74870 राष्ट्रिय झन्डा ना. २. नेपालको संविधानअनुसार, सिम्रिक रङको भुईँ र गाढा निलो रङको किनारा भएको, दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झन्डा।
74871 राष्ट्रियता ना. राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना; राष्ट्रप्रेम; राष्ट्रको स्थिति वा आफ्नोपन।
74872 राष्ट्रिय निकुञ्ज ना. वन्य जन्तु र पक्षीसम्पदालाई प्राकृतिक स्थितिमा संरक्षण गर्न छुट्ट्याइएको जङ्गलको विशेष क्षेत्र।
74873 राष्ट्रिय पञ्चायत ना. पञ्चायतकालीन नेपालको विधायिका।
74874 राष्ट्रिय पन्छी ना. कुनै राष्ट्रले मान्यता दिएको पक्षी (नेपालमा डाँफे)।
74875 राष्ट्रिय पुँजी ना. आफ्नै राष्ट्रिय उद्योग-उत्पादन वा श्रम-साधनद्वारा प्राप्त पुँजी वा धन; राष्ट्रिय आय।
74876 राष्ट्रिय पुँजीपति ना. बाहिरिया पुँजीपतिद्वारा हुने शोषणद्वारा देशलाई जोगाउने खालका उद्योग खोल्ने वा बन्दव्यापार गर्ने व्यक्ति।
74877 राष्ट्रिय प्रजातन्त्र ना. संसदीय प्रणालीमा आधारित एक राजनीतिक व्यवस्था।
74878 राष्ट्रिय प्रजातन्त्र दिवस ना. फागुन ७ गते मनाइने राष्ट्रिय चाड वा उत्सव।
74879 राष्ट्रिय फुल ना. राष्ट्रले मान्यता दिएको फूल; (नेपालमा लालीगुराँस)।
74880 राष्ट्रिय रङ्ग ना. राष्ट्रले प्रतीक मानेको रङ; (नेपालमा सिम्रिक रङ)।
74881 राष्ट्रिय वाणिज्य बैङ्क ना. विभिन्न निक्षेप जम्मा गर्ने वा वाणिज्य तथा उद्योगसम्बन्धी कार्यमा ॠण उपलब्ध गराई देशको अर्थव्यवस्थामा सघाउ पुर्‍याउने ब्याङ्क।
74882 राष्ट्रिय विकास सेवा ना. स्नातकोत्तर तहका छात्रछात्राहरूले कुनै जिल्लाका निर्धारित गाउँमा गई अध्यापन- कार्यमा सघाउ पुर्‍याउनुका साथै ग्रामीण क्षेत्रको अध्ययन गर्ने कार्यक्रम।
74883 राष्ट्रिय विभूति ना. राष्ट्रको गौरव बढाउन आआफ्ना क्षेत्रमा विशिष्ट योगदान दिने महापुरुष।
74884 राष्ट्रिय बिमा संस्थान ना. निर्जीवनबिमा र जीवन-बिमा दुई प्रकारका बिमा-व्यवसाय चलाई निर्धारित रकम लिने र त्यसरी बिमा भएका वस्तु, व्यक्ति आदिलाई भौतिक क्षतिबाट सुरक्षा गर्ने तथा भविष्यका निम्ति आर्थिक संरक्षण दिने कार्य गर्ने बिमासंस्थान ऐनद्वारा स्थापित संस्था।
74885 राष्ट्रिय समाचार समिति ना. राष्ट्रिय दृष्टिकोणलाई ध्यानमा राखी निष्पक्ष तथा आधिकारिक रूपमा देशभित्र र बाहिरका गतिविधिको जानकारी जनसाधारणसमक्ष पुऱ्याउनका निम्ति समाचारसङ्कलन, वितरण तथा आदान-प्रदानको व्यवस्था गर्न बनेको एक स्वशासित संस्था; रा. स. स.।
74886 राष्ट्रिय सेवा दल ना. छात्रछात्राहरूमा राष्ट्रिय भावनाको वृद्धि गरी उनीहरूलाई योग्य र अनुशासित नागरिक बनाउन तथा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम वा शिक्षा दिइने दल।
74887 राष्ट्रोत्थान ना. विभिन्न उन्नति र प्रगति गरी राष्ट्रलाई उठाउने काम; राष्ट्रको उत्थान।
74888 राष्ट्रोन्नति ना. राष्ट्रको उन्नति; देशोन्नति।
74889 रास१ ना. थुप्रो; राशि।
74890 रास२ ना. १. गोपगोपीहरूका साथ कृष्णले गरेको प्रसिद्ध क्रीडा वा अचेलको धाननाचको जस्तो नाचखेल; रासलीला।
74891 रास२ ना. २. कोलाहल।
74892 रास२ ना. ३. शब्द; ध्वनि।
74893 रास३ ना. १. बागडोर; लगाम।
74894 रास३ ना. २. बग्गीको सवार बस्ने ठाउँ।
74895 रासक ना. हास्यरस प्रधान हुने एक प्रकारको एकाङ्की रूपक।
74896 रासका रास ना. रासमाथि रास; हे. रासैरास।
74897 रासन ना. १. खानेपिउने सामग्री वा अन्नपात; रसदपानी; राशन।
74898 रासन ना. २. निर्धारित समय र मात्रामा सुपथ मूल्यमा दिइने वा पाइने खाद्य वस्तु।
74899 रासन कार्ड ना. रासन वितरण गर्दा दिइने र जनाइने पत्रक।
74900 रासनृत्य ना. रासनाच; रासलीला।