Dictionary

All Word

74701 रानीढकायो ना. गाभामा रातो फूल हुने एक किसिमको ढकायो।
74702 रानीतरुल ना. तरुलको एक जात।
74703 रानीबन ना. चारैतिर फिँजिएको ठुलो वन; रनबन।
74704 रानीबाबियो ना. पहराहुँदो उम्रने र तलतिर फर्केर रहने एक प्रकारको बाबियो।
74705 रानीबाँस ना. बाँसको एक जात।
74706 रानीभलायो ना. आँपका जस्ता संयुक्त मालाकार पात हुने, दाँती नपरेका किनारा हुने, पहेँलाहरिया भावका थुप्रै फूल फुल्ने, आयुर्वेदका अनुसार आउँ-पखाला र चर्मरोगमा काम लाग्ने, आँपको समूहमा पर्ने एक जातको काँडादार रुख वा त्यसैको फल।
74707 रानीभ्याकुर ना. लहराका जरामा फल्ने, कुनाकुना परेका पात हुने एक जातको भ्याकुर।
74708 रानीमासु ना. केस्रादार फल मासु।
74709 रानीमोथे ना. मोथे झारको एक जात।
74710 रानु ना. १. मौरीको रानी वा माउ; रानो। वि.
74711 रानु ना. २. अगुवा; मुख्य।
74712 रानो ना. १. फलको भित्री सारभाग; चुरो।
74713 रानो ना. २. रानू। वि.
74714 रानो ना. ३. भित्र गुदी भएको (ओखर आदि फल)।
74715 राप ना. घाम, आगो आदिको तातोपन; आँच; ताप।
74716 रापताप ना. घामपानी वा असिनापसिना सहने काम; चिन्तासुर्ता; पिरताप।
74717 रापती ना. १. नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने रुकुम, रोल्पा, सल्यान, प्यूठान र दाङ पाँच जिल्ला भएको एक अञ्चल।
74718 रापती ना. २. सोही अञ्चलमा बग्ने एक प्रसिद्ध नदी।
74719 रापिनु अ.क्रि. १. राप लाग्नु; रापिलो हुनु; आँच बढ्नु।
74720 रापिनु अ.क्रि. २. तातो हुनु; गर्माउनु; तात्नु; सेकिनु।
74721 रापिनु अ.क्रि. ३. कुनै कामकुरा मन नपरेर रिसाउनु; मुरमुरिनु।
74722 रापिलो वि. राप वा आँच भएको; गर्माएको; मुरमुरिएको।
74723 राफसाफ ना. १. सबै पूरा हुने वा टुङ्गिने काम।
74724 राफसाफ ना. २. हिसाब आदिको फर्छ्यौट वा चुक्ताचुक्ती।
74725 राफसाफ ना. ३. सुग्घरसफाइ।
74726 राफसाफ ना. ४. समस्याको समाधान; निराकरण। वि.
74727 राफसाफ ना. ५. सफा; सुग्घर।
74728 राफसाफ ना. ६. झन्जट नरहेको; झमेला हटाइएको।
74729 राफसाफ ना. ७. समस्या समाधान भएको।
74730 राबडी ना. १. दुधको तर र चिनीबाट बनाइने एक प्रकारको खानेकुरो।
74731 राबडी ना. २. खावा घोटेको दुध; दुधको खावा।
74732 राम्नु अ.क्रि. गाई, भैँसी आदि खुसी भएर उफ्रँदै कराउनु।
74733 राम ना. १. अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा; रामचन्द्र।
74734 राम ना. २. ईश्वर; भगवान्।
74735 राम ना. ३. प्रसिद्ध तीन रामका नाम (मर्यादापुरुषोत्तम राम, परशुराम र बलराम)।
74736 राम ना. ४. माना-पाथी आदिले अनाज भर्दा गन्तीको शुभारम्भका रूपमा एक जनाउने शब्द।
74737 राम ना. ५. जात्रा; रमाइलो।
74738 रामकडेरा ना. मकैका जस्ता लामालामा पात र त्यसकै जस्ता बोट हुने बुटीविशेष।
74739 रामकली ना. १. श्यामकलीका जातको रातो भेट्नु हुने बुटोविशेष वा त्यसको सेतो फूल।
74740 रामकली ना. २. सङ्गीतमा हिण्डोल रागको एक रागिनी।
74741 रामकसुर ना. लाम्चा कुनाकुना परेका पात हुने, निला फूल फुल्ने र मुगीका जस्ता लामा कोसा हुने एक जातको लहरो वा त्यसैको सखरखण्डजस्तो गानु।
74742 रामकहानी ना. रामको जस्तो दुःखद कहानी भएको, कुनै पनि व्यक्तिका जीवनमा घटेका घटनाको वृत्तान्त; गथासो; दुखेसो।
74743 रामकृष्ण कुँवर ना. नेपालको राणापरिवारका पूर्वज, पृथ्वीनारायण शाहका एक प्रसिद्ध सेनापति।
74744 रामचन्द्र ना. विष्णुका दश अवतारमध्ये एक; राम।
74745 रामछायाँ ना. थोरै समयको आनन्द; क्षणिक सुख; मायाजाल।
74746 रामझुपडी ना. सानो छाप्रो; सानो भए पनि रामकृपाले पाएको, आरामदायी ठानिएको आफ्नै घर।
74747 रामतिलक ना. १. सपेता, कमेरो आदिमा मिसाएर घरमा रङ लाउने आदि काम लिइने एक किसिमको पहेँलो माटो।
74748 रामतिलक ना. २. वैष्णवहरूले टीका लाउन प्रयोग गर्ने चन्दन; रामरज।
74749 रामतोरियाँ ठुलठुला पाँचचोसे पात हुने, सेता र कलेजी रङका फूल फुल्ने एक प्रकारको बोट वा त्यसैको तरकारी खाइने खस्रो कोसा (फल); भिण्डी।
74750 रामदल ना. १. रामचन्द्रलाई सहयोग गर्ने वानरी सैन्य।