Dictionary

All Word

74751 रामदल ना. २. नेपालका प्रहरीको पुरानो एक विभाग।
74752 रामदाना ना. लट्टे।
74753 रामनरवानर ना. नृतत्त्वका अनुसार अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको नरवानर; शुष्कनरवानरको समसामयिक नरवानर।
74754 रामनवमी ना. रामको जन्म भएको दिन; चैत्र शुक्ल नवमी।
74755 रामनामी ना. रामनाम छापिएको एक प्रकारको पछ्यौरा।
74756 रामपत्री ना. काफलका जस्ता साधारण पात हुने, छ मिलिमिटर लामा फूल फुल्ने, बियाँ औषधीमा काम लाग्ने एक जातको सानो रुख।
74757 रामपुरी ना. प्राय: पहेँलो रङ्गको ऊनी पछ्यौरीविशेष।
74758 रामफटाका ना. वैष्णवहरूले निधारमा लाउने ठाडो तीनधर्के टीका वा तिलक; श्रीतिलक।
74759 रामफल ना. केराका पातजस्ता भालाकार र तिखा टुप्पा हुने दाँतीदार किनारा भएको, बास्ना आउने ठुलो सेतो फूल फुल्ने, ठुला फल लाग्ने, मृगौलाजस्ता बिउ हुने एक जातको रुखविशेष।
74760 रामवाण ना. १. अजीर्ण रोग भएकालाई खुवाइने रसादि औषधीविशेष। वि.
74761 रामवाण ना. २. रामले हानेको वाण जस्तै खेर नजाने वा तुरुन्त पूरा हुने; अचुक; अमोघ।
74762 रामभरोसा ना. रामको मात्र भरोसा वा आधार।
74763 रामभरोसे वि. अरू कसैको आधार नभई रामको मात्र भरोसा भएको।
74764 रामभिँडा ना. गोलभेँडा।
74765 राममन्दिर ना. १. नेपालको प्रसिद्ध तीर्थस्थल जनकपुरमा रहेको रामको प्रसिद्ध मन्दिर।
74766 राममन्दिर ना. २. रामको मूर्ति प्रतिष्ठापित भएको मन्दिर।
74767 राममाटी ना. काठबाट बन्ने सामान दराज, मेच आदि चिल्ल्याउन दलिने एक किसिमको माटो।
74768 रामरउस ना. आनन्द र रमाइलो; रामरमिता।
74769 रामरगेडा ना. असाध्य परिश्रम; चर्को मिहिनेत।
74770 रामरज ना. टीका लगाउन हुने एक प्रकारको पहेंलो माटो; रामतिलक।
74771 रामरमिता ना. आनन्ददायी उत्सवको रमिता; रमाइलो; रमझम।
74772 रामरस ना. १. मनलाई सुख दिने वस्तुको उपभोग; सुखचैन।
74773 रामरस ना. २. नुन वा लवणका निम्ति प्रायः जोगीहरूले प्रयोग गर्ने शब्द।
74774 रामराज्य ना. १. देशका सबै जनतालाई सुखशान्ति परिपूर्ण हुने रामको जस्तो शासनव्यवस्था भएको आदर्श राज्य।
74775 रामराज्य ना. २. मनमोज; ढलीमली।
74776 रामराम ना. १. भेटघाट वा बिदावारीका क्षणमा भनिने एक किसिमको ढोगभेट जनाउने शब्द।
74777 रामराम ना. २. कुनै कुराको नाश हुँदा र कसैको दुःख-कष्ट देख्ता वा सुन्दा सहानुभूतिपूर्वक निस्कने शब्द; कठैबरा।
74778 रामराम ना. ३. मलामीहरूले शवलाई सागरमा वा घाटमा लैजाँदा दोहर्‍याएर भन्ने शब्द।
74779 रामरिट्ठो ना. ठुलठुला पात र पहेँला फूल हुने एक जातको रुख वा त्यसैको झुप्पाकार फल।
74780 रामलीला ना. रामका कथाको अभिनय।
74781 रामशाह ना. वि. सं. १६६६ देखि १६९३ सम्म गोरखामा राज्य गर्ने शाहवंशीय प्रसिद्ध समाजसुधारक राजा।
74782 रामा ना. १. रूपवती वा सुन्दरी स्त्री।
74783 रामा ना. २. लक्ष्मी; सीता; राधा।
74784 रामा ना. ३. भार्या; पत्नी।
74785 रामाइ ना. गाईबस्तुले राम्ने क्रिया वा प्रक्रिया।
74786 रामायण ना. १. रामको चरित्र तथा कीर्ति वर्णन भएको संस्कृतमा वाल्मीकि मुनि, हिन्दीमा सन्त तुलसीदास र नेपालीमा कवि भानुभक्तद्वारा रचित प्रसिद्ध काव्यग्रन्थ।
74787 रामायण ना. २. कुनै मृत व्यक्तिको शोकप्रकट गर्दै गाईजात्रामा सेतो वा पहेँलो वस्त्र धारण गरेर सहर घुमिघुमी गाइने गीत वा त्यस्तो गीत गाउने मण्डली।
74788 रामानुज ना. १. रामका भाइ (खास गरी लक्ष्मण)।
74789 रामानुज ना. २. वैष्णवपन्थ चलाउने दक्षिण भारतका एक प्रसिद्ध वैष्णवाचार्य।
74790 रामारुमी वि. १. कतै पनि केही नदेखिने; निस्पट्ट; गाढा (अँध्यारो)। (उदा.- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन।)
74791 रामारुमी वि. २. सुनसान; चकमन्न। (उदा.- जाडामा नौ बजेतिर नयाँ सडक पनि रामारुमी भइसक्छ।)
74792 रामिनु अ.क्रि. राम्ने काम होइनु।
74793 रामेछाप ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने जनकपुर अञ्चलको एक पहाडी जिल्ला।
74794 रामेश्वर ना. भारतको दक्षिणी समुद्रको किनारामा अवस्थित स्वयम् रामचन्द्रले स्थापना गरेको मानिने, हिन्दुहरूका प्रसिद्ध चार धाममध्ये एक।
74795 रामो ना. बिँडमा मुङ्ग्राले ठोकेर काठ काट्ने वा खोप्ने, हलाका फालीजस्तो तर तिखो धार भएको फलामे हतियार; राँबो।
74796 रामोराम ना. किरिया हाल्दा प्रयोग गरिने शब्द; सत्तेसत्ते; धरोधर्म। (उदा.- रामोराम दिदी, मैले तपाईँको पछ्यौरा लिएको छैन।)
74797 राम्बाँस ना. रम्बाँस; क्यात्तुके; हात्तीबार।
74798 राम्ररी क्रि.वि. राम्रो गरी; सुहाउँदोसँग।
74799 राम्रो वि. १. देख्ता मन पर्ने; सुन्दर; रमणीय।
74800 राम्रो वि. २. गुण, हित आदिका दृष्टिले उम्दा; असल; बेस।