Dictionary

All Word

74601 राज्य ना. १. कुनै राजा वा शासनसत्ताका अधीनमा रहेको देश; मुलुक; राष्ट्र।
74602 राज्य ना. २. कुनै ठुलो राष्ट्रअन्तर्गत स्वायत्तशासनको अधिकार पाएको भाग वा प्रदेश।
74603 राज्य ना. ३. राजाको काम; रजाइँ; शासन।
74604 राज्यच्युत वि. राजसिंहासनबाट झिकिएको वा हटाइएको।
74605 राज्यच्युति वि. राज्यच्युत गर्ने कार्य, भाव वा अवस्था।
74606 राज्यतन्त्र ना. शासनपद्धति वा प्रणाली।
74607 राज्यपरिषद् ना. १. राष्ट्रका प्रधान शासकको अनुपस्थितिमा वा विशेष परिस्थिति आइपर्दा काम चलाउनका निम्ति गठित हुने विशिष्ट व्यक्तिहरूको सभा।
74608 राज्यपरिषद् ना. २. विभिन्न राज्यले पारस्परिक हितका निम्ति गठन गरेको सङ्गठन।
74609 राज्यपाल ना. कुनै राष्ट्रअन्तर्गतका राज्यमा राष्ट्रप्रमुखको प्रतिनिधि भई शासनसूत्र सँभाल्ने व्यक्ति; गभर्नर।
74610 राज्यमन्त्री ना. १. मन्त्रीभन्दा तल्लो र सहायक मन्त्रीभन्दा माथिल्लो तहमा रहने मन्त्री।
74611 राज्य लक्ष्मी ना. १. राजलक्ष्मी।
74612 राज्य लक्ष्मी ना. २. नेपालको इतिहासमा प्रसिद्ध, राजेन्द्रवीरविक्रम शाहकी कान्छी रानी; देशमा राणा शासन सुरु भएको बखत (वि. सं. १९०३) की महारानी।
74613 राज्यविप्लव ना. राज्यमा हुने ठुलो विद्रोह वा क्रान्ति।
74614 राज्यव्यवस्था ना. कुनै राज्यको नियम, नीति वा सोहीअनुसार प्रशासकीय व्यवस्था मिलाउने सरकारी अङ्ग।
74615 राज्यसंरक्षक ना. हे. राजसंरक्षक।
74616 राज्यसभा ना. राज्यका निर्वाचित प्रतिनिधि रहने एक सभा; लोकसभाभन्दा भिन्न सभा।
74617 राज्यसाक्षी ना. आफूले क्षमा मागी सरकारी साक्षी भएर आफ्ना साथीहरूको अपराध प्रमाणित गराउन प्रहरीलाई सहयोग गर्ने व्यक्ति।
74618 राज्यसिंहासन ना. हे. राजसिंहासन।
74619 राज्याङ्ग ना. १. राज्यका अङ्गहरूको समूह-देश, राजा, मन्त्री, दुर्ग, बल, कोष र मित्र।
74620 राज्याङ्ग ना. २. राज्य वा राष्ट्रमा हुनुपर्ने भूमि, जनता, सरकार, प्रभुसत्ता आदि आवश्यक तत्त्व।
74621 राज्याभिषेक ना. नयाँ राजा पहिलोपल्ट विधिपूर्वक राजगद्दीमा बस्दा विभिन्न तीर्थबाट ल्याइएको तथा औषधीमिश्रित जलले मन्त्रपूर्वक गरिने अभिषेक एवं तत्सम्बन्धी उत्सव।
74622 राज्यारोहण ना. कुनै राजा पहिलोपल्ट विधिपूर्वक राजगद्दीमा बस्ने काम।
74623 राज्योपकरण ना. राजचिह्न; राजोपकरण।
74624 राडिनु अ.क्रि. परस्परमा भित्रभित्रै द्वेष वा विरोध हुनु; राडो मच्चिनु; मुरमुरिनु।
74625 राडी ना. घरेलु उद्योगका रूपमा प्रायः नेपाली ऊनबाट बुनिने, काम्लोजस्तो खस्रो, बिछ्याइने वस्त्र।
74626 राडीडसना ना. १. राडी र डसना।
74627 राडीडसना ना. २. गतिलो ओछ्यान।
74628 राडीपदुवा वि. १. काम पार नलगाई राडीमा मात्र बसेर गफिने; साह्रै अल्छी।
74629 राडीपदुवा वि. २. डरछेरुवा; पानीआन्द्रे।
74630 राडीपाखी ना. १. राडी र पाखी ।२. सामान्य ओढ्नेओछ्‌याउने।
74631 राडो/राढो ना. आपसआपसमा भएको द्वेष वा विरोध; परस्परको चर्को झगडा; रडाको; हल्ला।
74632 रड्याइ ना. राडो झक्ने वा राडिने क्रिया वा प्रक्रिया।
74633 राढिनु अ.क्रि. हे. राडिनु।
74634 राणा ना. १. नेपालमा वि. सं. १९०३ मा शासनसत्ता आफ्नो हातमा लिने जङ्गबहादुरदेखि चलेको कुँवर थरका राणा प्रधानमन्त्री (तीन सरकार) का वंशजहरूको उपाधि।
74635 राणा ना. २. भारतको राजस्थानप्रदेशमा रहने क्षत्रिय राजाहरूको उपाधि।
74636 राणातन्त्र ना. राणाहरूले चलाएको जहानियाँ शासनपद्धति।
74637 रात ना. घाम अस्ताएदेखि घाम नझुल्कुन्जेलको समय; दिनको विपरीतार्थक शब्द; रजनी; रात्रि।
74638 रातदिन ना. १. रात र दिन; दिनरात। क्रि.वि.
74639 रातदिन ना. २. विनाअडान; लगातार; रातोदिन; सर्वदा।
74640 रातमाटे वि. रातो माटो भएको वा हुने (ठाउँ)।
74641 रातारात क्रि.वि. १. उज्यालो हुँदा नहुँदै; रातभरिमा।
74642 रातारात क्रि.वि. २. रातरात गरी; रातरातमा; रातीराती।
74643 राति/राती क्रि.वि. १. रातमा; रात्रिमा। ना.
74644 राति/राती क्रि.वि. २. रात्रि; रात।
74645 रातीगेडी ना. १. चनाका जस्ता पात हुने, हल्का गुलाफी रङ्गका फूल फुल्ने, केराउका जस्ता कोसा लाग्ने, जरा 'जेठीमधु' कहिने एक प्रकारको लता वा त्यसमा फल्ने, सुन आदि तौलिँदा लाल वा रत्तीको परिमाण बनाइने, कालो टीका भएको रातो गेडो; लालगेडी; आँखीगेडी।
74646 रातीगेडी ना. २. थोरै धन (उदा.- हर्के बुढी आमैको एउटा छोरो भएकाले त्यही उनका निम्ति रातीगेडी भएको थियो)।
74647 रातु वि. रातो रङको; राती (गाई)। (उदा.- कैलो गाई त घर आयो, रातु गाईको ठेगानै छैन।)
74648 राते१ वि. रातभरि रहेको; रातसम्बन्धी; रातको। (उदा.- एकराते दही, दुईराते मही।)
74649 राते२ ना. १. अमिल्च्याहा पात हुने, गेडावरिपरि राता अमिला केस्रा हुने र ती केस्राको झोल पनि रातै हुने, रगतमासीको औषधीमा काम लाग्ने बुटीविशेष; बेलीचन्दा।
74650 राते२ ना. २. बोटबिरुवाको डाँठ रातो हुने एक प्रकारको रोग; रतङ्गे; राँको।