Dictionary

All Word

74351 राघव ना. ३. समुद्रमा हुने माछाहरूमा सबभन्दा ठुलो माछाको एक जात; ह्वेल।
74352 राघिनासे वि. १. अनुहार र जिउमा मैलोधैलो भएको; फोहोरी। ना.
74353 राघिनासे वि. २. लम्जुङको राघिनास भन्ने टारको मान्छे वा वस्तु।
74354 राघी ना. रातो वा कैलो वर्णमा सेतो वा कालो वर्ण मिसिएको गाई।
74355 राघे वि. १. रातो, कैलो वा कालो रङमा सेतो वा ध्वाँसे रङ मिसिएको; दागी रङको। ना.
74356 राघे वि. २. त्यस्तो वर्णको गोरु।
74357 राघेपाटे वि. राघे र पाटा परेका बुट्टा देखिने; टाटेपाटे; झालेमाले।
74358 राङ ना. ताप पर्दा पग्लने, वजनदार एक प्रकारको सेतो धातु; राँग।
74359 राङभाङ ना. भुवाको झुलो बनाई दर्सिनढुङ्गा र चकमकद्वारा आगो पार्ने काममा प्रयोग गरिने, साथै काठका रूपमा पनि असल मानिने एक प्रकारको लेकाली वृक्ष; लट्ठी (खासगरी लोकविश्वासअनुसार सिस्नुमा हानेर पानी निकाल्ने चाहिँ) बनाउने काममा आउने सोही वृक्ष।
74360 राच्छेस ना. / वि. हे. राक्षस।
74361 राच्छेस्नी ना. / वि. हे. राकस्नी।
74362 राज ना. १. राज्यको शासन वा व्यवस्था; राज्यसञ्चालनको कार्यभार वा दायित्व।
74363 राज ना. २. हे. राजकाज।
74364 राज ना. ३. बस्ने कार्य (सम्मानार्थमा, जस्तै- यहाँ राज होस्।)
74365 राज ना. ४. राजा वा सरकारका अधिकारभित्रको इलाका; राज्य। [सं. राजन्]
74366 राज ना. ५. अन्य शब्दका पूर्व वा उत्तरपदका रूपमा प्रयोग भई, सर्वश्रेष्ठ, राजकीय, प्रधान, मुख्य आदि अर्थ बुझाउने शब्द (जस्तै- राजसभा, राजसत्ता, पण्डितराज, राजयोग, राजहाँस आदि)।
74367 राज ना. ६. राज्य।
74368 राजअङ्क ना. राजकर।
74369 राजआँप ना. ठुलोखाले फल फल्ने एक थरी आँप; राजाम्र।
74370 राजकन्या ना. राजाकी छोरी; राजकुमारी।
74371 राजकर ना. १. कुनै पनि देशको सरकारले उठाउने कर; राजस्व।
74372 राजकर ना. २. प्राचीन जमानामा रैतीले राजालाई तिर्ने गरेको कर।
74373 राजकर्मचारी ना. १. सरकारी सेवामा नियुक्त कर्मचारी; सरकारी सेवाको जागिरदार व्यक्ति।
74374 राजकर्मचारी ना. २. राजाको कर्मचारी; राजदरबारको कर्मचारी।
74375 राजकली ना. १. कृष्णकलीको जस्तो बोटमा भित्रपट्टि राताराता चारवटा पात लाग्ने, सुगन्धराज जस्तै फुल्ने, फूलको थुँगो तलतिर लर्कने एक बोट।
74376 राजकली ना. २. सोही बोटको फल।
74377 राजकाज ना. १. देशको शासनसञ्चालनको व्यवस्था; राज्यसञ्चालनको व्यवस्था; राज्यसञ्चालन।
74378 राजकाज ना. २. ऐनकानुनका आधारमा चलेको सम्पूर्ण शासनकार्य; शासन।
74379 राजकाज ना. ३. राजाको शासन।
74380 राजकाज अपराध ना. देशको शासनव्यवस्थाका विरुद्ध गरिएको अपराध; राज्यप्रति गरिएको अपराध; संविधानविरोधी अपराध।
74381 राजकाज सम्बन्धी वि. १. देशको शासनव्यवस्थासँग सम्बन्ध भएको; देशको जुनसुकै राजनीतिक व्यवहारसँग सम्बन्ध भएको।
74382 राजकाज सम्बन्धी वि. २. संविधानसँग सम्बन्धित।
74383 राजकाज सम्बन्धी मुद्दा ना. देशको राज्यसञ्चालनसँग सम्बन्ध भएको मुद्दा; देशको शासन-व्यवस्थासँग सम्बन्ध भएको मुद्दा; संवैधानिक रूपमा आपत्तिजनक अपराध गर्नेका विरुद्ध चलाइने मुद्दा।
74384 राजकाजी वि. राजकाजसित सम्बन्धित; राजकाजसँग सरोकार भएको।
74385 राजकीय वि. १. राज्यसित सम्बन्ध भएको; राज्यस्तरको।
74386 राजकीय वि. २. राजासँग सम्बन्धित।
74387 राजकीय परिषद् ना. राजसंस्थायुक्त; राष्ट्रको उच्चस्तरीय सभा; राज्य वा राजसभा।
74388 राजकीय प्राभियोक्ता ना. सरकारवादी हुने मुद्दामा सरकारका तर्फबाट कुनै मुद्दा चलाउने व्यक्ति; सरकारी पक्षबाट कसैका विरुद्ध मुद्दा चलाउने व्यक्ति।
74389 राजकीय सभा ना. सरकारी स्तरको सभा; मन्त्री र सरकारका प्रमुख व्यक्तिहरूको सभा।
74390 राजकुमार ना. १. राजाको पुत्र; राजाको छोरो; शाहजादा।
74391 राजकुमार ना. २. रौतेलो; कुमार; कुँवर; कमर।
74392 राजकुमारात्मज ना. राजकुमारको छोरो; राजाको नाति।
74393 राजकुमारी ना. १. राजाकी छोरी; राजकन्या; शाहजादी।
74394 राजकुमारी ना. २. मैयाँ; रौतेली।
74395 राजकुल ना. १. राजाको वंशपरम्परा; राजघराना; राजाको परिवार।
74396 राजकुल ना. २. राजप्रासाद; राजदरबार।
74397 राजकुल ना. ३. प्राचीन कालमा न्यायअन्यायको छानबिन हुने ठाउँ; दरबार; कचहरी।
74398 राजकुलो ना. सबभन्दा ठुलो कुलो; राजपैनी; गडकुलो।
74399 राजकोष ना. राजा वा सरकारको खजाना; राजस्व।
74400 राजकोषीय ना. सरकारी कोष वा राजस्वसम्बन्धी (नीति, सिद्धान्त आदि)।