Dictionary

All Word

74301 राक्से वि. १. फोहरी; मैलो। ना.
74302 राक्से वि. २. रासकोटी ठकुरीलाई पूर्व नेपालमा भनिने शब्द।
74303 राक्सेनी वि. १. राकस स्वभाव भएकी (स्त्री)। ना.
74304 राक्सेनी वि. २. रासकोटी महिला वा रासकोटीकी पत्नी।
74305 राख्नु स.क्रि. १. कुनै वस्तुलाई कुनै ठाउँमा थन्क्याउनु; एक ठाउँमा जतनसाथ रहन दिनु।
74306 राख्नु स.क्रि. २. जोगाउनु; साँच्नु; खर्च नगर्नु।
74307 राख्नु स.क्रि. ३. बसाउनु; बसाल्नु।
74308 राख्नु स.क्रि. ४. कुनै वस्तुको प्रतिष्ठा गर्नु; स्थापना गर्नु; थाप्नु।
74309 राख्नु स.क्रि. ५. विवाहविधि नगरी कुनै आइमाईलाई स्वास्नी बनाउनु; रखौटी तुल्याउनु।
74310 राखन ना. कुनै वस्तुको संरक्षण 'धरन' शब्दसँग समास हुँदा मात्रै, जस्तै- राखनधरन।
74311 राखनधरन ना. कुनै वस्तुको थान्कोमुन्को गर्ने काम; जोगाउ।
74312 राखफार ना. १. राख्ने र फेर्ने काम।
74313 राखफार ना. २. फेरफार गर्ने कपडा, गहना आदि।
74314 राखल ना. १. जीवनका आयुको सीमा; बाँच्नुपर्ने अवधि; आयु; परमायु।
74315 राखल ना. २. रक्षक भगवान्; विष्णु।
74316 राखलदास ना. १. विष्णुको भक्त।
74317 राखलदास ना. २. दासहरूका रक्षक विष्णु।
74318 राखाली ना. नेपालको एक प्रसिद्ध किराँत-जाति।
74319 राखिनु क.क्रि. राख्ने काम गरिनु; थान्कोमुन्को गरिनु; थन्क्याइनु।
74320 राग१ ना. १. सुरुवालको जाँघ वा चाकमा पर्ने फराकिलो भाग।
74321 राग१ ना. २. तिघ्राको अघिल्लो भाग।
74322 राग१ ना. ३. घोडाको काठीमा बसेर जाँघले च्याप्ने एक प्रक्रिया।
74323 राग२ ना. १. कुनै प्यारो विषय वा वस्तुप्रति हुने अनुराग; झुकाउ; प्रेमभाव; अनुरक्ति।
74324 राग२ ना. २. कुनै वस्तु वा विषयप्रतिको मोह।
74325 राग२ ना. ३. लोभ; लालसा।
74326 राग२ ना. ४. उमङ्ग; आनन्द; हर्ष।
74327 राग२ ना. ५. ईर्ष्या; द्वेष।
74328 राग२ ना. ६. कपुर, कस्तूरी, चन्दन आदिबाट तयार गरिएको, शरीरमा घस्ने लेप; अङ्गलेप।
74329 राग२ ना. ७. मेहँदी; माहुर।
74330 राग२ ना. ८. रसरङ्ग।
74331 राग२ ना. ९. अत्यन्त चर्को वा कडा गन्ध। १०. सङ्गीत-शास्त्रअनुसार स्वर र गायनप्रक्रियाद्वारा सुव्यवस्थित, सुन्दर र आकर्षक ध्वनिहरूको विशेष संयोजन; ध्वनिराग। (यसका औडव, षाडव र सम्पूर्ण तीन भेदका भैरव, मालकोश, हिण्डोल, दीपक, श्री र मेघ छ राग छन्।)
74332 राग२ ना. ११. पिरोपन; हरक।
74333 रागदरबारी ना. शास्त्रीय सङ्गीतको एक राग।
74334 रागद्वेष ना. १. मनमा जन्मिने घमन्ड, उत्तेजना, रिस आदि।
74335 रागद्वेष ना. २. आसुरी स्वभावको एक गुण; परस्परको व्यावहारिक पवित्रता कायम रहन नदिने मानसिक भाव; मनोमालिन्य; वैमनस्य।
74336 रागपरिवार ना. शास्त्रीय सङ्गीतका छवटा राग र तिसवटा रागिनी एवं तिनका शाखा-प्रशाखाहरूसमेत जम्मा चार सय चौरासी भेदको समुदाय।
74337 रागमाला ना. अनेक रागरागिनी क्रमबद्ध गरी गाइने गीत।
74338 रागरङ्ग ना. १. गानाबजानासम्बन्धी रामरमिता वा रौस।
74339 रागरङ्ग ना. २. चालचलन; रङ्ग-ढङ्ग।
74340 रागरागिनी ना. राग-परिवार।
74341 रागात्मक वि. रागले भरिएको; झुकाउ र प्रेमले परिपूर्ण।
74342 रागिनी ना. सङ्गीतशास्त्रका अनुसार छ रागका तिसवटा भेदको सामूहिक नाम (क्रमशः भैरव रागका-भैरव, वराटी, मधुमाधवी, सैन्धवी र बङ्गाली; मालकोशका-तोडी, गौरी, गुणकली, खम्बावती र ककुभ; हिण्डोलका-रामकली, देशाक्षी, ललित, विलावल र पटमन्जरी; श्रीका-मालश्री, आशावरी, धनाश्री, वसन्त र मारु; मेघका-टङ्क, मल्लार, गुर्जरी, भूपाश्री र देशकारी; दीपकका-देशी, कुमुदिनी, नट, केदारा र कान्धरा)।
74343 रागिलो वि. १. राग दिने; हरक आउने; पिरो।
74344 रागिलो वि. २. रागात्मक।
74345 रागी वि. १. रङ्गमा रँगिएको; रँगाइएको; रञ्जित; रङ्गिन।
74346 रागी वि. २. विषयवासनामा फँसेको; विषयलम्पट; विषयासक्त। ना.
74347 रागी वि. ३. प्रेमी; अनुरागी व्यक्ति।
74348 रागी वि. ४. राग गाउने व्यक्ति; गवैया; वस्ताज।
74349 राघव ना. १. दशरथका जेठा छोरा; रामचन्द्र।
74350 राघव ना. २. रघु नामक राजाका कुलमा उत्पन्न भएको व्यक्ति; रघुको सन्तान।