Dictionary

All Word

74101 रसायन विज्ञान ना. रसायनसम्बन्धी विधिलाई प्रदर्शन गर्ने विद्या।
74102 रसायनशास्त्र ना. पदार्थमा रहने अनेकानेक रसतत्त्वको विवेचना वा विश्लेषण गर्ने विद्या; रसायनविज्ञान।
74103 रसाल ना. १. आँप; आम्रफल।
74104 रसाल ना. २. उखु।
74105 रसाल ना. ३. कटहर। वि.
74106 रसाल ना. ४. रसले भरिएको; रसिलो।
74107 रसाल ना. ५. मिठो; मधुर; स्वादयुक्त।
74108 रसालु वि. रस वा स्वाद लिन जान्ने।
74109 रसालो ना. सिखर्नी।
74110 रसिनु अ.क्रि. १. प्रेम हुनु; परस्परमा आकर्षण बढ्नु; हिमचिम हुनु।
74111 रसिनु अ.क्रि. २. तरल पदार्थ अलिअलि गरी चुहुनु।
74112 रसिनु अ.क्रि. ३. दुईवटा धातुका वस्तुहरू परस्परमा रसाइनद्वारा जोडिनु।
74113 रसिनु अ.क्रि. ४. प्वाल परेको ठाउँ रसाइनद्वारा टालिनु; रसाइनु।
74114 रसिक वि. १. रस वा स्वाद लिने; पारख गर्न जान्ने।
74115 रसिक वि. २. आनन्दी; मगनमस्त।
74116 रसिक वि. ३. क्रीडाप्रेमी; खेलप्रिय।
74117 रसिक वि. ४. रसदार; स्वादिष्ठ। ना.
74118 रसिक वि. ५. सौन्दर्य, कला, साहित्य आदि विषयमा अनुराग भएको व्यक्ति; सहृदयी व्यक्ति; भावयुक्त व्यक्ति।
74119 रसिक वि. ६. काव्य र कलाको मर्म बुझ्न सक्ने व्यक्ति; रसज्ञ।
74120 रसिकता ना. १. रसिकको गुण वा भाव; रसिकपन; रसज्ञता।
74121 रसिकता ना. २. हँसीदिल्लगी; ख्यालठट्टा।
74122 रसित वि. १. रस भएको; रसयुक्त।
74123 रसित वि. २. रसाएको; चुहेको।
74124 रसित वि. ३. शब्द वा आवाज निकालिएको।
74125 रसिद ना. कुनै वस्तु वा पैसा बुझाउँदा बुझ्ने तर्फबाट बुझाउनेले लिइराख्ने पुर्जी; भर्पाई।
74126 रसिया ना. १. युवकयुवतीले परस्परमा प्रश्नोत्तर गरेर गाउने शृङ्गार रसयुक्त लोकगीत; तरुनी-तन्नेरी मिलेर गाइने दोहोरी; जुहारीको एक प्रकार।
74127 रसिया ना. २. झ्याउरे छन्दको एक प्रकार।
74128 रसिलो वि. १. धेरै रस भएको; रसैरस भरिएको।
74129 रसिलो वि. २. मिठो; स्वादिष्ठ।
74130 रसिलो वि. ३. सुन्दा आनन्द लाग्ने; सुमधुर।
74131 रसिलो वि. ४. मिजासिलो; रमाइलो कुरा गर्ने।
74132 रसिलो वि. ५. ठट्यौलो; रसिक।
74133 रसुवा ना. १. नेपालको वाग्मती अञ्चलको काठमाडौँ जिल्लाभन्दा उत्तरी भेकतिर रहेको एक पहाडी जिल्ला।
74134 रसुवा ना. २. सोही जिल्लाको उत्तरी भागमा पर्ने, आवतजावत गर्ने एक हिमाली भन्ज्याङ।
74135 रसेटो१ ना. १. रस पकाउने वा केही पकाउने चुलो; उखु, कागती, तित्री आदिको रस पकाउने ठुलो चुलो।
74136 रसेटो१ ना. २. पकाउने, पिँध्ने आदि धेरै कामधन्दाको टन्टा; झमेला।
74137 रसेटो२ ना. कुनै चिजबिजको थुप्रो वा डङ्गुर।
74138 रसौषध ना. पारो हालेर तयार गरिएको औषधी; धातुको भस्मको रसादि।
74139 रस्ता ना. १. बाटो; मार्ग।
74140 रस्ता ना. २. कुनै कार्यसम्पादन गर्ने उपाय; काम गर्ने कुनै पनि तरिका।
74141 रस्ताकिस्ता ना. १. कामकाज गर्ने प्रबन्ध; कार्यसञ्चालन गर्ने प्रबन्ध; रस्ता।
74142 रस्ताकिस्ता ना. २. विभिन्न प्रकारका आर्थिक कारोबार गर्ने बन्दोबस्त; रकमकलमका ठेकाहरूको लेनदेन गर्ने व्यवस्था।
74143 रस्याइ ना. रस्याउने वा थुप्य्राउने क्रियाप्रक्रिया।
74144 रस्याइनु क.क्रि. रस्याउने काम गरिनु; थुप्य्राइनु।
74145 रस्याउनु स.क्रि. १. कुनै वस्तुको डङ्गुर लगाउनु; रास पार्नु; थुपार्नु।
74146 रस्याउनु स.क्रि. २. मलत्याग गर्नु; थुस्स्याउनु (निन्दार्थमा )।
74147 रह ना. पानीको ठुलो दह; ताल; ह्रद।
74148 रहनु अ.क्रि. १. बस्नु; ठहर्नु; टिक्नु।
74149 रहनु अ.क्रि. २. मौजुद हुनु; उपस्थित हुनु; विद्यमान हुनु।
74150 रहनु अ.क्रि. ३. गतिमा अडान आउनु; रोकिनु; थामिनु।