Dictionary

All Word

73501 रज ना. १. नारीहरू रजस्वला हुँदा निस्कने रगत; ॠतु।
73502 रज ना. २. फूलमा हुने केशर; पुष्पराग; पुष्पपराग।
73503 रज ना. ३. धुलो; छारो।
73504 रज ना. ४. सत्त्व, रज, तममध्ये सिर्जनाशक्तिको मुहान मानिने गुण; रजोगुण।
73505 रजक ना. धोबी।
73506 रजगज ना. १. ठाँटबाँट; तडकभडक।
73507 रजगज ना. २. मोजमज्जा; ढलीमली; ठसमस।
73508 रजगज ना. ३. रजाइँ; सुखसयल।
73509 रजत ना. १. चाँदी; धातुको एक जाति।
73510 रजत ना. २. सेतो रङ। वि.
73511 रजत ना. ३. सेतो; शुभ्र वर्णको; सुकिलो।
73512 रजत जयन्ती ना. संस्था, उद्योग, व्यक्ति, ऐतिहासिक घटना आदि पच्चिसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने उत्सव।
73513 रजतमय वि. १. चाँदीबाट बनेको; चाँदी चाँदी भएको; चाँदीले ढाकिएको।
73514 रजतमय वि. २. सेतो; शुभ्र वर्णको।
73515 रजनी ना. १. सूर्यास्तपछिको सन्ध्याबाट सुरु भई सूर्योदयपूर्वको उषासम्मको समय; रात्रि; रात।
73516 रजनी ना. २. निलो रङ बनाउने काममा आउने एक जातको वृक्ष।
73517 रजनी ना. ३. हलेदो।
73518 रजनीकर ना. १. चन्द्रमा।
73519 रजनीकर ना. २. कपुर।
73520 रजनीगन्धा ना. रातमा मगमग बास्ना चल्ने एक फूलको जात; हसिना।
73521 रजनीमुख ना. रातको मुख वा आरम्भबिन्दु; साँझ।
73522 रजनीरमण ना. रातमा हिँडडुल गर्ने ग्रह; चन्द्रमा।
73523 रजपुत ना. १. राजामहाराजाका सन्तान; राजाका छोरानाति; राजाको वंशपरम्परा।
73524 रजपुत ना. २. क्षत्रियहरूको कुलघरान एवं उच्चता जाहेर गर्ने वंशलाई बुझाउने संज्ञा।
73525 रजपुत ना. ३. भारतको राजपुताना प्रान्तका क्षत्रिय वंश; राजपूतखलक; भारतीय ठकुरी।
73526 रजबन्धकी वि. राजा वा राज्यले बन्धक राखेको; सरकारबाट बन्धक वा धितोमा परेको।
73527 रजबाधा ना. राज्य वा सरकारले ॠण लिएबापत धितो राखेको जमिन वा वस्तु; सरकारले धरौटी राखेको वस्तु।
73528 रजबाम ना. टाउको ठुलो हुने एक खालको बाम माछो; ठुलो बाम माछाको एक जात।
73529 रजबार ना. १. सानातिना राज्यको राजा; बाइसे-चौबिसेजस्ता राज्यका राजा; रजौटा।
73530 रजबार ना. २. राजघराना; राजखानदान।
73531 रजबार ना. ३. रजबाडा।
73532 रजवती ना. रजोवती।
73533 रजवाडा ना. १. सानोतिनो क्षेत्र वा अधिकार भएको राजा; रजौटो।
73534 रजवाडा ना. २. राजाका अधीनका सानातिना राज्य; करद राज्य; उपराज्य।
73535 रजस्थल१ ना. १. रजस्राव हुने स्थल, नारीको मासिक धर्ममा रगत निस्कने ठाउँ; पाठेघर।
73536 रजस्थल१ ना. २. रगत निस्कने ठाउँ; घाउ।
73537 रजस्थल१ ना. ३. फूलको केशर रहने ठाउँ; पुष्पपराग बन्ने ठाउँ।
73538 रजस्थल२ ना. राजदरबार रहेको ठाउँ।
73539 रजस्वला ना. १. नारी तरुनी भएपछि प्रत्येक महिनामा पर सर्ने काम; ॠतुधर्म; मासिक धर्म।
73540 रजस्वला ना. २. पर सरेकी आइमाई; रजस्राव भएकी स्त्री; नछुने।
73541 रजस्वला ना. ३. गर्भधारण गर्ने तत्त्वले युक्त भएकी आइमाई; उमेर पुगेकी नारी।
73542 रजहाँस ना. सेतो रङ, लामो घिच्रो र अग्ला खुट्टा भएको हाँस; राजहाँस।
73543 रजाइँ ना. १. राज्य गर्ने काम; राज्यको शासन वा सञ्चालन।
73544 रजाइँ ना. २. अख्तियारको एकलौटी उपयोग; रजगज; हैकम।
73545 रजाइँ ना. ३. मैमत्तापन; ढलीमली; ठसमस।
73546 रजाइँ ना. ४. सहीसही-बिसहीबिसही।
73547 रजिया ना. भरेर हिसाब निकाल्नुपर्ने वस्तुको चार माना बराबरको नापो; नाली।
73548 रजिस्टर ना. १. सिलसिला मिल्ने हिसाबले कुनै नगद वा जिन्सीको आयव्ययको लगत दर्ता गर्ने पुस्तक वा खाता।
73549 रजिस्टर ना. २. आएगएका पत्र, वस्तु आदिको विवरण उल्लेख गर्ने पुस्तिका; दर्ता वा चलानी कापी।
73550 रजिस्टर ना. ३. विद्यार्थी, कर्मचारी, मजदुर आदिको उपस्थिति जनाउने खाता; हाजिरकापी।