Dictionary

All Word

73251 रक्षाबन्धन ना. १. श्रावण शुक्ल पूर्णिमाका दिन सप्तर्षिको पूजा गरेर नारीमा बाँधिने सूत्र; रिखीडोरो।
73252 रक्षाबन्धन ना. २. यज्ञ, देवार्चन आदि कार्य गरेपछि प्रसादस्वरूप नारीमा बाँधिने डोरो।
73253 रक्षाबन्धन ना. ३. रक्षासूत्र बाँध्ने काम।
73254 रक्षाबन्धन ना. ४. ॠषितर्पणी पूर्णिमा; जनैपुर्ने।
73255 रक्षासङ्घ ना. १. टोल, गाउँ, क्षेत्रहरूको शान्तिसुव्यवस्था र सामाजिक सहयोग गर्ने उद्देश्यले गठन भएको सङ्गठन। (यस्तै उद्देश्यले २००७ सालको आतङ्कको अवस्थामा नेपालको राजधानीमा यसको गठन भएको सङ्घ)।
73256 रक्षासङ्घ ना. २. समयसमयमा सरकारबाट जनतालाई वितरण हुने जिन्सी, नगदी आदि वस्तु सरोकारवाला क्षेत्रका व्यक्तिले प्राप्त गर्न सकून् भनी स्थानीय जनसमूहबाट बनेको समिति।
73257 रक्षासूत्र ना. रक्षाका निम्ति बाँधिने डोरो; रक्षाडोरो।
73258 रक्षिक वि. १. रक्षक; रक्षा गर्ने।
73259 रक्षिक वि. २. पहरेदार; पालो बस्ने।
73260 रक्षिका ना. १. रक्षा।
73261 रक्षिका ना. २. रक्षा गर्ने काममा खटिएकी नारी; रक्षा गर्ने स्त्री।
73262 रक्षित वि. १. सङ्कट, भय आदिबाट जोगाइएको; हानिनोक्सानी हुनबाट बचाइएको; रक्षा गरिएको।
73263 रक्षित वि. २. पालनपोषण गरिएको; सह्यारसम्भार गरिएको।
73264 रक्षित वि. ३. कुनै कामका निम्ति बँचोट गरिएको; साँचेर राखिएको।
73265 रक्ष्य वि. रक्षा गर्न योग्य।
73266 रक्साल ना. कुनै देवदेवीलाई इच्छासिद्धि भएमा जप, होम, बलि आदि गर्न गरिने कबोल; भाकल।
73267 रक्सिनु अ.क्रि. प्रशस्त घिच्नु; चाहिँदोभन्दा बढ्ता हसुर्नु।
73268 रक्सी ना. अन्न, फल, फूल आदि कुहाएर मर्चा मिलाई नशा लाग्ने बनाइएको मद्य; मदिरा; दारु।
73269 रक्सीबाज १. रक्सी खाने व्यक्ति; पियक्कड। वि.
73270 रक्सीबाज २. रक्स्याहा; जँड्याहा; नचाहिँदो हिसाबले रक्सीमा लाग्ने।
73271 रक्स्याहा वि. ज्यादै पियक्कड; रक्सी पिउनमा नामी; हदभन्दा बढ्ता रक्सी पिउने; रक्सीबाज।
73272 रखवार वि. सुरक्षाको काम गर्ने; रेखदेखको जिम्मेदारी लिने।
73273 रखवारी ना. १. हेरचाह गर्ने काम; सुरक्षा।
73274 रखवारी ना. २. भरणपोषण; सह्यारसम्भार।
73275 रखवारे वि. १. रेखदेख गर्ने; भरणपोषण;सह्यारसम्भार आदि गर्ने। ना.
73276 रखवारे वि. २. पालोपहरा बस्ने व्यक्ति; रुँगालो।
73277 रखवाला वि. १. रक्षा गर्ने; बचाउ गर्ने; रक्षक।
73278 रखवाला वि. २. रेखदेख, भरणपोषण वा सह्यारसम्भार गर्ने। ना.
73279 रखवाला वि. ३. पाले; कुरुवा बस्ने मान्छे; रखवारे।
73280 रखवाली ना. १. रक्षा गर्ने काम; रखवारी।
73281 रखवाली ना. २. पालोपहरा बस्ने काम; रुङ्ने काम; रुङाइ; कुराइ; हेरचाह।
73282 रखवालो वि. / ना. रखवाला।
73283 रखाइ ना. राख्ने भाव, क्रिया वा प्रक्रिया।
73284 रखाइनु क.क्रि. राख्ने काम गराइनु।
73285 रखाउनु प्रे.क्रि. राख्न लाउनु; राख्ने काम गराउनु।
73286 रखालो ना. १. रेखदेखको जिम्मेदारी लिने व्यक्ति; धरालो।
73287 रखालो ना. २. रुङ्ने मान्छे; कुरुवा।
73288 रखुवा वि. १. राखेको; स्थापना गरेको।
73289 रखुवा वि. २. रखवाला; धरालोको काम गर्ने। ना.
73290 रखुवा वि. ३. कुरुवा काम गर्ने व्यक्ति; पाले।
73291 रखेल्नी/रखौटी वि. १. गुप्त रूपले यौन सम्पर्क राखेर ल्याइएकी; ल्याइते। ना.
73292 रखेल्नी/रखौटी वि. २. बिहे नगरी त्यसै ल्याइएकी स्वास्नी।
73293 रखौटे वि. १. गुप्त रूपले सम्बन्ध राखेको (नाठो, लोग्ने )।
73294 रखौटे वि. २. ल्याइते; रखौटी (स्वास्नी)। ना.
73295 रखौटे वि. ३. दलाल; अह्रौटे; नोकर।
73296 रग ना. ऊनीको ओढ्ने कपडा; सिरकको सट्टा ओढिने बाक्लो वस्त्र; कम्बल।
73297 रगड्नु स.क्रि. १. कुनै वस्तुलाई केही साधनमा प्रशस्त घोट्नु; घिसोटेर दल्नु; रगेड्नु।
73298 रगड्नु स.क्रि. २. खल, सिलौटो, जाँतो आदिमा हालेर खुब पिँध्नु; खल गर्नु।
73299 रगड्नु स.क्रि. ३. काममा बेसरी जोत्नु; रगेड्नु।
73300 रगड ना. रगड्ने क्रिया वा प्रक्रिया।