Dictionary

All Word

72401 यज्ञ ना. ४. विष्णु।
72402 यज्ञकर्म ना. हवन आदि गरिने कार्य; यज्ञ।
72403 यज्ञकुण्ड ना. वैदिक विधिले अग्निसंस्कार गरी हवन गर्नका निम्ति आगो बाल्ने खाडल; होमको आगो बाल्ने कुण्ड।
72404 यज्ञपति ना. १. विधि जान्ने ब्राह्मणलाई बोलाई वैदिक विधानले यज्ञ गराउने व्यक्ति; यजमान।
72405 यज्ञपति ना. २. विष्णु।
72406 यज्ञपशु ना. यज्ञमा बलि चढाइने मृग, छाग आदि पशु।
72407 यज्ञपात्र ना. यज्ञयागादिका काममा उपयोग गरिने, विभिन्न प्रकारका धातु, काठ आदिका भाँडाबर्तन (सुरो, घृतपात्र, चरुपात्र, चमर आदि)।
72408 यज्ञभूमि ना. यज्ञ गर्नाका लागि तयार गरिएको ठाउँ; यज्ञस्थल।
72409 यज्ञमण्डप ना. यज्ञ गर्नका निम्ति ध्वजा, पताका, तोरण, चौकाचँदुवा आदिद्वारा सुसज्जित गरिएको मण्डप।
72410 यज्ञशाला ना. १. यज्ञ गरिने घर वा स्थान।
72411 यज्ञशाला ना. २. यज्ञमण्डप।
72412 यज्ञशेष ना. यज्ञ गरेर बाँकी रहेको वस्तु; यज्ञमा प्रयोग गरेर बचेको सामान।
72413 यज्ञसूत्र ना. जनै; यज्ञोपवीत।
72414 यज्ञागार ना. यज्ञशाला।
72415 यज्ञाङ्ग ना. १. यज्ञका सरसामान।
72416 यज्ञाङ्ग ना. २. डुम्री वृक्ष।
72417 यज्ञीय वि. १. यज्ञसम्बन्धी।
72418 यज्ञीय वि. २. यज्ञका निम्ति उपयुक्त।
72419 यज्ञेश्वर ना. यज्ञका स्वामी; विष्णु।
72420 यज्ञोपवीत ना. १. द्विजजातिले गलामा धारण गर्ने यज्ञसूत्र; जनै।
72421 यज्ञोपवीत ना. २. यज्ञोपवीत धारण गर्नका निम्ति गरिने संस्कार; उपनयन; व्रतबन्ध।
72422 यज्ञ संस्कार ना. उपनयनसम्बन्धी संस्कार; व्रतबन्ध।
72423 यता क्रि.वि. उताको विपरीत पर्नेतिर; यसतर्फ; आफूतिर; वर।
72424 यताउता क्रि.वि. १. यता र उता; वरिपरि; जतासुकै।
72425 यताउता क्रि.वि. २. यतै आसपासमा; नजिकै; छेउछाउमा। ना.
72426 यताउता क्रि.वि. ३. गोलमाल; हराई वा मासिई भएको हिनामिना। वि.
72427 यताउता क्रि.वि. ४. छरपुस्ट; छरिएको।
72428 यताउता क्रि.वि. ५. छारस्ट; नष्ट।
72429 यताउति क्रि.वि. १. यतै वरिपरि; अगलबगल; नजिकै; वरतिर-परतिर।
72430 यताउति क्रि.वि. २. जताततै; सर्वत्र। वि.
72431 यताउति क्रि.वि. ३. जतासुकै अस्तव्यस्त रूपमा छरिएको; लथालिङ्ग भएको। ना.
72432 यताउति क्रि.वि. ४. काम महत्त्वपूर्ण नभए पनि त्यसका लागि गरिने अलमल।
72433 यताउति क्रि.वि. ५. हानिनोक्सानी; हरहिसाबमा भएको हिनामिना।
72434 यता न उता क्रि.वि. अलपत्र; कतै पनि नहुने चालमा।
72435 यति१ ना. १. सन्न्यास धारण गरेको योगी; सन्न्यासी।
72436 यति१ ना. २. ब्रह्मचर्यमा रहेको व्यक्ति; ब्रह्मचारी।
72437 यति१ ना. ३. वार्णिक छन्दका कवितामा पद, वाक्य आदिमा विश्राम गर्ने ठाउँ; विराम।
72438 यति१ ना. ४. रोकिने काम; अडान।
72439 यति२ वि. १. गनिएर, नापिएर वा तौलिएर कुनै वस्तु खास परिणाममा पुगेको; योजति; यो परिमाण बराबर; यत्ति।
72440 यति२ वि. २. अत्यन्त धेरै वा थोरै। क्रि.वि.
72441 यति२ वि. ३. थोरै; अलिकति।
72442 यतिको वि. १. आवश्यकताभन्दा पनि बढ्ता; यति धेरै; प्रशस्त।
72443 यतिको वि. २. योजतिको; यतिसम्मको।
72444 यतिखेर क्रि.वि. यति बेला; यस समयसम्म; अहिलेको समयमा।
72445 यतिन्जेल क्रि.वि. १. यस समयसम्म; अहिलेसम्म।
72446 यतिन्जेल क्रि.वि. २. यति लामो समयसम्म; यतिबेरसम्म; यतिन्ज्याल।
72447 यतिन्ज्याल क्रि.वि. यतिन्जेल।
72448 यति भङ्ग ना. वार्णिक छन्दमा निश्चित ठाउँको अडानलाई पालन नगर्दा पर्न आउने छन्ददोष; आवश्यक ठाउँमा विश्रान्ति नपर्दा हुने दोष; यतिभङ्ग हुँदा हुने एक काव्यदोष।
72449 यती ना. १. हिमालमा रहने, मनुष्यको जस्तै आकारको मानिएको एक प्रसिद्ध प्राणी; हिममानव; सोक्पा।
72450 यती ना. २. वनझाँक्री।