Dictionary

All Word

72351 म्लान वि. ४. फोहोर; मैलो।
72352 म्लानता ना. म्लान हुनाको भाव, क्रिया वा अवस्था।
72353 म्लेच्छ वि. १. संस्कृत भाषा नबोल्ने (जाति); अनार्य जाति।
72354 म्लेच्छ वि. २. आर्य धर्मको पालना नगर्ने।
72355 म्लेच्छ वि. ३. नीच; अधम।
72356 म्लेच्छ वि. ४. पापी।
72357 म्लेच्छ वि. ५. फोहोरी।
72358 म्वाइँ ना. प्यारो गरेर कसैको गाला आदि कुनै अङ्ग चुम्ने काम; चुम्बन।
72359 म्वाइँ खानु टु. १. चुम्बन गर्नु।
72360 म्वाइँ खानु टु. २. अतिशय प्यार देखाउनु।
72361 म्वाल्या वि. धेरै; थुप्रै; मनग्य; प्रशस्त।
72362 १. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छब्बिसौँ वर्ण; तालव्य, अन्तःस्थ, सघोष, अल्पप्राण अर्धस्वर (इकार र अकारको सन्धि)।
72363 २. लेख्य रूपमा सो ध्वनि वा वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; बुढो य।
72364 यँका ना. तारबाजामध्येको एक बाजा।
72365 यचाँ ना. नरिवल, सुपारी आदि ताछ्ने हतियार।
72366 यकार ना. अन्तःस्थ वर्णसमूहको पहिलो अक्षर; 'य' अक्षर।
72367 यकिन ना. १. कथ्य. 'यक्किन' पनि। कुनै कामकुराको पक्कापक्की; निधो; ठहर; अठोट।
72368 यकिन ना. २. विश्वास; पत्यार।
72369 यकिनन् क्रि.वि. १. विश्वासपूर्वक; ठहऱ्याएर।
72370 यकिनन् क्रि.वि. २. निस्सन्देह; अवश्य नै।
72371 यकृत् ना. पेटभित्र फोक्सोमनि दायाँपट्टि रहने एक भित्री अङ्ग; कलेजो (जसले खाएका वस्तुहरू पाचन गर्दछ)।
72372 यक्ष ना. १. देवयोनिका विविध भेदमध्ये एक।
72373 यक्ष ना. २. कुबेरका प्रजागण।
72374 यक्ष ना. ३. कुबेर।
72375 यक्ष ना. ४. राई जातिको एक भेद; याखा।
72376 यक्षपति ना. यक्षहरूको राजा; कुबेर।
72377 यक्षप्रश्न ना. ज्यादै कठिन प्रश्न; उत्तर दिन नसके ज्यान दिनुपर्ने सवाल।
72378 यक्ष मल्ल ना. भक्तपुरमा वि. सं. १४८४ देखि १५३४ सम्म पचास वर्ष उपत्यका र त्यसका अधीनस्थ इलाकाको शासन गर्ने मल्लकालीन एक राजा।
72379 यक्षराज ना. कुबेर।
72380 यक्षिणी/यक्षी ना. १. यक्षजातिकी स्त्री; यक्ष नारी।
72381 यक्षिणी/यक्षी ना. २. कुबेरकी स्त्री।
72382 यक्षिणी/यक्षी ना. ३. दुर्गाको एक अनुचर शक्ति।
72383 यगण ना. छन्दशास्त्रअनुसार प्रत्येक तीन अक्षरमा पहिलो लघु र पछिल्ला दुई गुरु पर्ने एक गण; छन्दशास्त्रमा ISS चिह्नद्वारा सङ्केत गरिने एक गण।
72384 यजन ना. १. यज्ञ, होम आदि गर्ने काम।
72385 यजन ना. २. यज्ञस्थान।
72386 यजमान ना. १. वैदिक विधिद्वारा ब्राह्मणमार्फत यज्ञ आदि धार्मिक कार्य गर्ने व्यक्ति; यजमान।
72387 यजमान ना. २. यज्ञ गर्नेगराउने व्यक्ति; यष्टा; कर्ता।
72388 यजमान ना. ३. महादेवका अष्टमूर्तिमध्ये एक।
72389 यजमानी ना. १. यजनक्रिया; पुरोहित्याइँ; पुरेत्याइँ; जजमानी।
72390 यजमानी ना. २. यजमानकी पत्नी; जजमान्नी।
72391 यजु ना. चार वेदमध्येको दोस्रो वेद; यजुर्वेद।
72392 यजुर्वेद ना. प्रसिद्ध चार वेदमध्ये यज्ञयागादिका विधिको विस्तृत वर्णन भएको एक वेद वा शुक्लयजुर्वेद र कृष्ण-यजुर्वेद दुई भेदमा विभक्त दोस्रो वेद; चार वेदमध्येको एक वेद; यजुः।
72393 यजुर्वेदी वि. १. यजुर्वेदअनुसार कार्य गर्ने; यजुर्वेदका विधिहरूको पालन गर्ने; यजुर्वेद जान्ने। ना.
72394 यजुर्वेदी वि. २. ब्राह्मण, क्षत्रिय आदिको एक शाखा।
72395 यजुर्वेदीय वि. १. यजुर्वेदसम्बन्धी; यजुर्वेदको।
72396 यजुर्वेदीय वि. २. यजुर्वेद जान्ने; यजुर्वेदी।
72397 यजुर्वेदीय वि. ३. यजुर्वेदअनुसार काम गर्ने।
72398 यज्ञ ना. १. देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य।
72399 यज्ञ ना. २. दान, धर्म, लोकोपकार आदि उद्देश्यले गरिने शुभ कार्य।
72400 यज्ञ ना. ३. अग्निदेवता।