Dictionary

All Word

7251 आफन्त ना. १. आपस; आपस्त ।
7252 आफन्त ना. २. नातेदार; आत्मीय व्यक्ति ।
7253 आफन्त ना. ३. नाताकुटुम्ब; बन्धुवर्ग ।
7254 आफन्त ना. ४. हितेच्छु; शुभेच्छु ।
7255 आफन्ती वि. आफन्तको; आफन्तसम्बन्धी; आत्मीय |
7256 आफल्नु स.क्रि. १. कुनै वस्तु पर पुग्ने गरी हुत्त्याउनु; फ्याँक्नु; फाल्नु; मिल्काउनु ।
7257 आफल्नु स.क्रि. २. छाड्नु; त्याग्नु; त्याग गर्नु ।
7258 आफल्नु स.क्रि. ३. हुर्याउनु; हुत्त्याउनु ।
7259 आफल्नु स.क्रि. ४. पर सार्न; टाढा पुऱ्याउनु; हटाउनु ।
7260 आफल ना. १. मिल्काउने काम; मिल्काइ ।
7261 आफल ना. २. मिल्काइएको वस्तु वा कुरो ।
7262 आफलताफल ना. १. छेलोखेलो ।
7263 आफलताफल ना. २. छिरलो ।
7264 आफलतोरी ना. साग मात्र खाइने एक प्रकारको ठुलो तोरी; पानीतोरी; सर्सिउँ ।
7265 आफलसिङ वि. बेवास्तासँग फालिएको; मिल्किएको; फाल्तु ।
7266 आफलाआफल ना. परस्परमा मिल्काउने काम; धेरैले एकैसाथ फालाफाल गर्ने काम ।
7267 आफलाइ ना. आफल्ने वा आफल्न लाउने भाव, क्रिया वा प्रक्रिया |
7268 आफलिनु अ.क्रि. फालिनु; फ्याँकिनु; मिल्काइनु; हुत्त्याइनु ।
7269 आफस ना. आपस; आपस।
7270 आफसे आफ क्रि.वि. आफैँं आफ; स्वयमेव; आफैँं नै; आफआफैँं ।
7271 आफस्त ना. आपस्त; आफन्त ।
7272 आफाल्नु स.क्रि. हे. आफल्नु; अफाल्नु।
7273 आफालिनु क.क्रि. आफल्ने काम गरिनु, आफलिनु; अफालिनु ।
7274 आफिस ना. अड्डा; कार्यालय ।
7275 आफुस ना. आपस; आफस ।
7276 आफू सर्व. १. आफैँँ स्वयम्; खास आफू नै ।
7277 आफू सर्व. २. तपाईं ।
7278 आफू सर्व. ३. पति; स्वामी ।
7279 आफू सर्व. ४. स्वयम् ।
7280 आफूखुसी क्रि.वि. १. आफ्नो इच्छानुसार; मनमाफिक; इच्छामुताबिक; राजीखुसीले । वि.
7281 आफूखुसी क्रि.वि. २. इच्छाअनुसारको; मनमाफिकको ।
7282 आफूमिल्दो वि. आफूअनुसारको; आफ्नो स्वभावसुहाउँदो ।
7283 आफूसक्के क्रि.वि. आफूले सकेजति; आफ्नो शक्तिले भ्याएसम्म।
7284 आफैँ / आफैँ क्रि.वि. १. आफू नै; म नै; स्वयम् नै ।
7285 आफैँ / आफैँ क्रि.वि. २. यहाँ नै; तपाईं नै ।
7286 आफैँ / आफैँ आफ क्रि.वि. प्रयत्न नगरीकनै; आफआफैँं; आफैँं नै; स्वयमेव; स्वतः ।
7287 आफ्नू / आफ्नो वि. आफ्नो; आफ्नो अधिकारको; निजी; स्वकीय |
7288 आफ्नू / आफ्नो मान्छे ना. १. आत्मीय व्यक्ति ।
7289 आफ्नू / आफ्नो मान्छे ना. २. लोग्ने ।
7290 आफ्नू / आफ्नो मान्छे ना. ३. स्वास्नी ।
7291 आबद्ध वि. हरतरहबाट बाँधिएको; बन्धनमा परेको; सम्बन्ध भएको ।
7292 आबन्ध ना. १. बन्धन ।
7293 आबन्ध ना. २. बाँध्ने डोरी; दाम्लो; जुइन् ।
7294 आबन्धक वि. बाँध्ने काममा प्रयोग हुने; बन्धनमा पार्ने ।
7295 आबन्धन ना. १. डोरी; बन्धन ।
7296 आबन्धन ना. २. फेरो ।
7297 आबन्धन ना. ३. छाँद ।
7298 आबरु ना. १. मानमर्यादा; इज्जत; सम्मान ।
7299 आबरु ना. २. लाज, सरम ।
7300 आबर्जे ना. गोस्वारा स्रेस्तामा भएको लगत वा आम्दानी, खर्चहरूबाट एक किसिमको कित्ता एकै महलमा पर्ने गरी रकमकलम छुट्टयाई लेखिएको कागत ।