Dictionary

All Word

7301 आबहवा ना. कुनै देशको सर्दीगर्मी वा स्वास्थ्यको दृष्टिबाट हुने प्राकृतिक स्थिति; जलवायु ।
7302 आबाद वि. १. मानिस बसेर गुल्जार भएको; बस्ती बसेको ।
7303 आबाद वि. २. खनजोत गरेर बालीनाली लगाउन सकिने पारिएको ।
7304 आबादी ना. १. बस्ती; बसोबास भएको ठाउँ ।
7305 आबादी ना. २. कुनै देशको जनसङ्ख्या; जनसमूह ।
7306 आबादी ना. ३. खनजोत गरेको जमिन ।
7307 आबा न काबा वि. होस हराएको; बेहोसी; सुद्धबुद्धि नभएको; ग्वाँजे ।
7308 आबा न चाबा वि. तेल न पानीको; बेकामको; अर्थ न बर्थको; व्यर्थको; बिनसित्तिको ।
7309 आबाल क्रि.वि. बालकलगायत; बालकदेखि लिएर ।
7310 आबालवनिता क्रि.वि. स्वास्नीमान्छे र केटाकेटी लगायत; स्त्री र बालकसमेत ।
7311 आबालवृद्ध क्रि.वि. बालकदेखि लिएर बुढासम्म; बुढो र बालकसमेत ।
7312 आभरण ना. १. शरीरमा लगाउने गहना; आभूषण ।
7313 आभरण ना. २. पालनपोषण; भरणपोषण ।
7314 आभा ना. १. कुनै वस्तु आदिमा देखा पर्ने चमक; कान्ति; दीप्ति ।।
7315 आभा ना. २. झलक; प्रतिबिम्ब; छाया ।
7316 आभार ना. १. गुणग्राहिता; कृतज्ञता; गुन ।
7317 आभार ना. २. कुनै वस्तु वा कार्यको बोझ; भारी ।
7318 आभार ना. ३. गृहस्थीको भार; परिवारलाई पालनपोषण रेखदेख गर्ने अभिभारा ।
7319 आभारी वि. १. अर्काले गरेको उपकार मान्ने; गुनिलो ।
7320 आभारी वि. २. कृतज्ञ ।
7321 आभास ना. १. नहुने कुरा पनि भएजस्तो हुने मिथ्या ज्ञान; भान; झझल्को।
7322 आभास ना. २. झल्को; अस्पष्ट सम्झना; छनक ।
7323 आभासित वि. १. नहुने कुरा पनि भएजस्तो देखिने ।
7324 आभासित वि. २. झझल्को लाग्ने वा लागेको ।
7325 आभिजात्य ना. उत्तम कुल वा वर्गमा जन्मनाको भाव वा अवस्था; कुलीनता; श्रेष्ठता ।
7326 आभिजात्यवाद ना. कुलीनता तथा शास्त्रीयतालाई बढी महत्त्व दिने एक सिद्धान्त ।
7327 आभीर ना. १. गाई पालेर जीविका चलाउने जाति; ग्वाला |
7328 आभीर ना. २. पाउमा एघार मात्रा र अन्तिम जगण हुने एक छन्द।
7329 आभीर ना. 3. भैरव रागको छोरो ।
7330 आभूषण ना. १. शरीरमा शोभा बढाउनाका निम्ति लगाइने रत्न आदि जडिएको गहना; अलङ्कार; गहनागुरिया; आभरण ।
7331 आभूषण ना. २. शृङ्गार; सजावट।
7332 आभूषित वि. गहना लगाएको; सिँगारिएको; रत्नादिका शृङ्गारले सजिसजाउ भएको; गहना, वस्त्र आदिले झरिझुट्ट भएको ।
7333 आभ्यन्तर वि. भित्रपट्टिको; भित्रको; भित्री; भित्री भागमा रहेको ।
7334 आभ्यन्तर कोप ना. भित्री जलन; मानसिक ईर्ष्या; डाहा ।
7335 आभ्यन्तर प्रयत्न ना. किलकिलेदेखि ओठसम्मको भागमा वर्णोच्चारणमा हुने विभिन्न प्राकृतिक प्रयत्न |
7336 आभ्यन्तरिक वि. आभ्यन्तर ।
7337 आभ्यासिक वि. अभ्याससम्बन्धी; अभ्यासबाट भएको; अभ्याससित सम्बन्धित ।
7338 आभ्युदयिक वि. १. कुनै माङ्गलिक कार्य वा अभ्युदयसित सम्बन्धित । ना.
7339 आभ्युदयिक वि. २. कुनै ठुला मड्गल, कार्य ( व्रतबन्ध, विवाह, सप्ताह आदि) मा पितृहरूका उद्देश्यले गरिने श्राद्ध; वृद्धिश्राद्ध, नान्दीमुख |
7340 आम ना. १. आउँ ।
7341 आम ना. २. रोग; व्याधि । वि.
7342 आम ना. ३. काँचो; कचिलो ।
7343 आम वि. १. मामुली; साधारण; सामान्य ।
7344 आम वि. २. सर्वसाधारणका लागिको; जनताका लागिको ।
7345 आमजनता ना. साधारण जनता; सम्पूर्ण जनता ।
7346 आममाफी ना. सर्वमाफी | ( राणाशासन समाप्त भएपछि श्री ५ त्रिभुवनबाट राणाहरूलाई आममाफी बक्सेको थियो । यस्तो माफी दिने अधिकार राष्ट्राध्यक्षमा मात्र हुन्छ) ।
7347 आमद ना. आम्दानी; आय ।
7348 आमरफ्त ना. १. आम्दानीखर्च ।
7349 आमरफ्त ना. २. आवतजावत (दिव्य.) ।
7350 आमदानी ना. हे. आम्दानी |